श्यामशिला किवीको नमूना पकेट क्षेत्र
१९ असार २०७९
•
५ मिनेट पाठ
श्यामशिला किवीको नमूना पकेट क्षेत्र
भोजपुरको पौवादुङमा गाउँपालिकाको श्यामशिलालाई किवी पकेट क्षेत्रका रूपमा विकास गरिएको छ। यहाँको कूल १२ दशमलव ५१ वर्गकिलोमिटर भ–ूभागमध्ये उपयुक्त जमिनलाई समेटेर गाउँपालिकाले किवीको नमूना पकेट क्षेत्रका रूपमा विस्तार थालेको हो।




यहाँका ९० कृषकले पछिल्लो समय ३०० बढी रोपनी क्षेत्रमा व्यावसायिक किवीखेती गरिरहेका छन्। पकेट क्षेत्र निर्धारण गरेसँगै गाउँपालिकाले कृषकलाई आर्थिक तथा प्राविधिक सहयोगसमेत गरिरहेको छ। यो क्षेत्रमा गाउँपालिकाले विभिन्न आर्थिक वर्षमा गरी रु ५० लाख बढी सहयोग गरिसकेको गाउँपालिकाको प्रमुख प्रशाकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। गाउँपालिकाले प्रोत्साहन गरेसँगै उत्सुक भएर किवीखेतीमा लागेको उनको भनाइ छ।

उनले भने, 'हामीले किवीको यो क्षेत्रलाई उपयुक्त क्षेत्रका रूपमा लिएका छौँ। यहाँको हावापानी किवीका लागि निकै उपयुक्त छ। हामीले यहाँ कृषकलाई लक्षित गरेर  ५० लाखको हारहारीमा लगानी गरिसकेका छौँ।'

‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमलाई निरन्तरता दिँदै सामूहिक खेतीमा जोड दिने गाउँपालिकाको भनाइ छ।  सामूहिक कृषि गर्ने र बाँझो जमिनमा ठूला कृषिफार्म सञ्चालन गरी राम्रो गर्ने फार्म तथा कृषकलाई प्रोत्साहन  गर्दै कृषिमा नमूना बनाउने योजना रहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए। जमिनको उत्पादकत्व र भूमिको प्रकारका आधारमा विभिन्न वडामा कृषि पकेट क्षेत्रका कार्यक्रम सञ्चालन भइरहेको राईको भनाइ छ। त्यस्तै गाउँपालिकाभित्रका सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान गरी विकास भइरहेको उनले बताए।  

अध्यक्ष राईले भने,'समृद्ध पौवादुङमा बनाउने उद्देश्यले कृषि क्षेत्र,  भौतिक निर्माणसँगै समग्र विकासमा जुटेका छौँ। कतिपय कामको नतिजा आउन थालेको छ। खासमा हाम्रो गाउँपालिकाको केही क्षेत्र सुक्खाग्रस्थ छन्। ती क्षेत्रमा पनि प्लाष्टिक टनेलको व्यवस्था गरेर खेती विस्तारमा जोड दिएका छौँ। विषेशगरेर बहुवर्षीय बालीका रूपमा किवीसँगै कागती र एभाकाडोको खेतीलाई पनि प्राथमिकताका साथ विस्तार गरिरहेका छौँ। यी बालीबाट दीर्घकालसम्म आम्दानी लिन सकिन्छ।'

गाउँपालिकाले प्रोत्साहनमूलक कार्यक्रम ल्याएपछि कृषकसमेत उत्साहित भएर किवीखेती गरिरहेका छन्। यहाँका स्थानीयवासी राजेन्द्र तामाङले २५ रोपनी बढी क्षेत्रमा ३०० बढी किवीखेती गरिरहेको बताए। तामाङले गाउँपालिकासँगको साझेदारी लगानीमा खेती विस्तार गरेको जानकारी दिए। किवीखेतीको लागि  सात लाख बढी लगानी गरिसकेको उनले बताए। कृषक तामाङले भने, 'मैले तीन–चार चार वर्षअघिबाट खेतीको थालनी गरेको हुँ। सुरुमा मैले आफैँले इलामबाट बिरुवा ल्याएर विस्तार थालेको थिए। अहिले गाउँपालिकाले पकेट क्षेत्र नै निर्धारण गरेर काम थालेको छ। अहिले गाउँपालिकासँगको साझेदारीमा यसको थप विस्तारमा लागेको छु।'

तामाङले किवी लगाएको ठाउँमा तरकारी खेतीसमेत विस्तार गर्ने सोच रहेको बताए। साथै उनले विभिन्न परिकार बनाएर बिक्री गर्ने योजना रहेकोसमेत जानकारी दिए। आफ्नो जग्गाबाहेक अन्य जग्गालाई लिज तथा भाडामा लिएर थप विस्तार गर्ने योजना रहेको पनि सुनाए।  'मैले किवीको भविष्य निकै राम्रो देखेको छु, त्यही सोचेर म खेतीमा लागेको हुँ। अहिले मेरो बगानमा भएको किवीले पहिलोपटक फल दिन थालेको छ। किवी लगाएर बाँकी रहेको ठाउँ तरकारी खेती गर्ने योजना छ। यहाँबाट पनि थप आयआर्जन गर्ने मेरो योजना छ', कृषक तामाङले भने।  

गाउँपालिकाले यहाँको भूगोल निर्धारण गरेर विभिन्न बालीहरूको खेतीमा जोड दिएको जनाएको छ। माथिल्लो भेग भएकाले श्यामशिलालाई किवी पकेट क्षेत्र,  गाउँपालिकाको वडा नं ३ च्याङग्रे, ४ बास्तिम, ५ सानोदुम्मा, ६ ठुलोदुम्मामा अकबरे खुसार्नी, मौरीपालन र एभोकाडोको खेतीको पकेट क्षेत्र निर्धारण गरिएको छ।  

त्यस्तै  वडा नं २ तिवारी भञ्याङको सडकभन्दा माथिदेखि वडा नं १ श्यामशिलाको वडा कार्यालय मुनिको भूगोललाई आलु, बन्दाकोभी र काउलीको खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्ने योजनाका साथ काम भइरहेको गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिए।  उपाध्यक्ष राईले भने, 'गाउँपालिकामा हामीले कृषिलाई अलि प्राथमिकता दिएको छौँ। विभिन्न ठाउँमा भूगोलअनुसारका खेती भइरहेका छन्। अबको पाँच वर्षमा यो गाउँपालिकालाई पूर्णरूपमा कृषिमा आत्मनिर्भर बनाउने हामीले लक्ष्य लिएका छौँ।'

स्थानीय देवराज राईले पनि गाउँपालिकाको सहयोगमा किवी व्यावसायिक खेती थालेको जानकारी दिए। गाउँमा किवीखेती अभियानका रूपमा सञ्चालन भइरहेको उनको भनाइ छ। गाउँपालिकाको सहयोगले निम्न आयस्तर भएका कृषकलाई खेतीमा लाग्न मद्दत मिलेको उनको भनाइ छ। कृषक राईले भने, 'किवी गर्ने मेरो पनि सोच थियो, धेरै मात्रामा विस्तार गर्न निकै ठूलो लगानी लाग्ने हुँदा अलिअलि लगाएको थिएँ। गाउँपालिकाले ७५ प्रतिशत अनुदान दिएपछि हामीलाई धेरै सहयोग मिलेको छ। यो क्षेत्रका मजस्ता धेरै साथीहरू व्यावसायिक खेतीमा हुनुहुन्छ।'

यहाँका विभिन्न पकेट क्षेत्रमा लगाइएका बालीलाई कृषि प्राविधिकले आवश्यकरूपमा अनुगमन तथा हेरचाह गर्दै आएका छन्। कृषकले लगाएको किवीमा रोग किराबाट बचाउन कृषि प्राविधिकले स्थलगतरूपमा अनुगमनसमेत गर्दै आएको पौवादुङमा गाउँपालिका कृषि शाखा प्रमुख बर्तेन्द राईले बताए।  

प्रमुख राईले भने, 'हामीले उहाँहरूलाई अनुदान सहयोग गरेर मात्र पनि भएन। प्रत्येक किसानले लगाएको किवीलगायत बालीको समयअनुसार अनुगमन गर्दै प्राविधिक सल्लाहसमेत दिँदै आएका छौँ। खेती विस्तार भएपछि यसको उचित ढङ्गले हेरचाह आवश्यक हुन्छ। बहुवर्षीय बाली भएकाले एकपटक हुर्काएपछि सामान्यरूपमा  मलजल गरेर दशौँ वर्ष आम्दानी लिन सकिन्छ। त्यही भएर हामीले यहाँका कृषकलाई यसको खेतीमा प्रोत्साहन गरिरहेका छौँ।'

गाउँपालिकाले कृषकलाई आर्थिकरूपमा सक्षम बनाउने लक्ष्यसहित थालेको कृषिको योजनाबद्ध विकास प्रशंसायोग्य रहेको स्थानीयवासीले बताउँदै आएका छन्। योजनाबद्धरूपले कृषिमा थालिएको कामले केही न  केही परिवर्तन आउने उनीहरुको बुझाइ छ। कृषकले उत्पादन गरेका कृषिउपजलाई बजारीकरणमा गाउँपालिकासँगै सरकारले ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ।

एकपटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने भएपछि कृषक अन्य बाली हटाएर व्यावसायिक किवीखेतीमा लागेका छन्। जिल्लाको भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिकाको ४ नं नागीको लुङ्गिन, वडा  नं ५ को मझौले, पौवादुङमा गाउँपालिका, आमचोक गाउँपालिकालगायत ठाउँमा पनि किसानले किवीखेती गरिरहेका छन्। किवी प्रतिकेजी २५० देखि  ३०० मा बजारमा बिक्री हुने गरेको छ। यसलाई एक हजार ५०० मिटरदेखि दुई हजार ४०० मिटरसम्मको उचाइमा खेती गर्न सकिने कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
२ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस