सोमबार अबेर साँझ टाटा सुमोले ठक्कर दिएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। रौतहटको दुर्गा भगवती गाउँपालिकामा टाटा सुमोले ठक्कर दिँदा तीन जना घाइते भएकामा एक जनाको उपचारको क्रममा वीरगंजमा मृत्यु भएको हो।
दुर्गाभगवती गाउँपालिका २ भलोहियामा घर अगाडि बसेर छलफल गरिरहेको अवस्थामाना ४ च १०३१ नम्बरको टाटा सुमोले तीन जनालाई ठक्कर दिएर घाइते बनाएको थियो। घाइते हुनेमा स्थानीय ६० वर्षीया भरोसी महतो, ४० वर्षीया संगीता पाण्डे र ६० वर्षीय रामजी दास रहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये भरोसी महतोको उपचारको क्रममा वीरगंजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। अन्य दुई घाइते मध्ये दासको सुकदेव चोकमा रहेको शिव दर्शन अस्पतालमा र पाण्डेको वीरगंजमा रहेको न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि सुनील मल्लले जानकारी गराएका छन्।
तीव्र गतिमा गाडी चलाई मानिसहरुलाई कुल्चने गाडीका चालक फरार छन्। चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। गाडीमा सबार तीन जनामध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ जारी राखेको छ। प्रहरीको नियन्त्रणमा रहेका दुर्गा भगवती गाउँपालिका ५ बडहर्वाका जितेन्द्र प्रताप सिंह पनि गाडीले ठक्कर दिएपछि फरार भएका थिए।
मानिसलाई कुल्चने टाटा सुमो प्रहरीको नियन्त्रणमा इलाका प्रहरी कार्यालय पिपरामा रहेको छ।