दोहोरो नागरिकताको विवादमा मुछिएका वीरेन्द्रनगर नगरपालिकाका कार्यपालिका सदस्य नवराज गुरुङसँग जिल्ला प्रशासन कार्यालय सुर्खेतले १५ हजार धरौटी लिएर तारेखमा छोडेको छ। दुई दिनको बयानपछि सोमबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले १५ हजार रुपैयाँ धरौटी लिएर तारेखमा छोड्न आदेश दिएका हुन्।
नेकपा एमालेबाट वीरेन्द्रनगर नगरपालिकाको कार्यपालिका सदस्य निर्वाचित भएपछि गुरुङविरुद्ध दोहोरो नागरिकता लिएको उजुरी परेको थियो। नेपाली कांग्रेसकातर्फबाट कार्यपालिका सदस्यका उम्मेदवार यामबहादुर विकले गुरुङले दोहोरो नागरिकता लिएको भन्दै असार २ गते प्रशासनमा उजुरी दिएका थिए। उजुरीसँगै कार्यपालिका सदस्य गुरुङले लिएका दुई वटा नागरिकताको प्रतिलिपी पनि पेश गरिएको थियो।
बयानका क्रममा गुरुङले जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट २०२८ कात्तिक ३ गते लिएको नागरिकता आफ्नो नभएको बताएका छन्। गुरुङले पहिलो नागरिकता आफ्नो नभएकाले छानवीन गर्न पनि माग गरेका छन्। ‘दुई दिनको बयानका क्रममा आरोपित गुरुङले २०२८ साल कात्तिक ३ गते जारी गरिएको नागरिकताको फोटो र हस्ताक्षर आफ्नो नभएको दावी गर्दै जाँची पाउँ भनेका छन्,’ प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘मुद्दाको अन्तिम टुंगो नलागेसम्मका लागि १५ हजार रुपैयाँ धरौटी लिएर तारेखमा छोडिएको छ।’
प्रमुख जिल्ला अधिकारी रिजालले सनाखत गर्ने व्यक्तिलाई झिकाउन पनि आदेश दिएका छन्। ‘प्रहरीमार्फत सनाखत गर्ने मानिस झिकाउन आदेश दिएको छु,’ उनले भने, ‘सनाखत गर्ने व्यक्तिको बयानपछि मुद्दाको अन्तिम टुंगो लाग्छ।’ गुरुङले बयानका क्रममा एसएलसी उत्तीर्ण गरेपछि २०३० सालमा नागरिकता बनाएको बताएका छन्।
प्रशासनका कर्मचारीका अनुसार गुरुङले पहिलो नागरिकता आफ्नो नभएको बताए पनि फोटो, हस्ताक्षरलगायतका सबै विवरणहरु दुरुस्तै मिल्छन्। गुरुङले २०२८ सालमा लिएको नागरिकता प्रमाणपत्र नम्वर ११८७५ छ भने २०३० सालको जन्म मिति राखेर लिएको नागरिकता प्रमाणपत्र नम्वर १७१२२ छ।