'औषधि नपाए त बाँच्नै गाह्रो'
१४ मंसिर २०७२
•
१३ मिनेट पाठ
'औषधि नपाए त बाँच्नै गाह्रो'
झापा- जहाँ उपचार हुन्छ, त्यहाँ औषधि छैन। जहाँ औषधि छ, त्यहाँ उपचार गर्न उनको आर्थिक बुताले भ्याउँदैन। बिरामी छोरीको पेटको शल्यक्रियाका लागि तेजेश्वरी सहनी यतिबेला चारतिर भौंतारिइरहेकी छन्।

दक्षिण झापाको कुमरखोदको मजदुर परिवारकी सहनीसँग छोरीलाई निजी अस्पतालमा लगेर उपचार गर्ने आर्थिक हैसियत छैन। मेची अञ्चल अस्पतालमा उनलाई धेरै कुरा निःशुल्क हुन्छ। तर, अञ्चल अस्पताल केही महिनायता औषधि अभावको मारमा आफैं थलिएको छ। 'आन्दोलन र नाकाबन्दीले दबाई सकिएको छ अरे,' सहनीले भनिन्, 'बाहिरबाट दबाई किनेर ल्याउने भए अपरेसन हुन्छ भनेका छन्। मसँग औषधि किन्ने पैसा छैन।'

२७ वर्षीया छोरी अञ्जुको पेटमा समस्या भएका कारण जतिसक्दो छिटो शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन्। छोरीको उपचार कर्म नै प्रभावित बनेपछि तेजेश्वरी दिक्क छिन्। 'यस्ता आन्दोलन, नाकाबन्दीले पनि हामी गरिबलाई त मार्ने रहेछ नि,' गाउँमा कृषि मजदुरी गर्ने उनले सुस्केरा छाडिन्, 'हुनेलाई त जताततै छ, हामीलाई कहीँ न कहीँ।'

लामो मधेस आन्दोलन र नाकाबन्दीले अञ्चल अस्पतालमा शल्यक्रियाका लागि चाहिने सुई तथा औषधिका साथै 'लाइफसेभिङ ड्रग्स' सकिँदा निर्धन नागरिकको उपचारथलो यो अस्पतालको सेवा पूरै प्रभावित छ।

आफ्नो काखेबच्चा बिरामी भएर ल्याएका घेराबारी–४ का मनसिंह राजवंशीले अञ्चल अस्पतालका विशेषज्ञ चिकित्सकसँग जँचाए। चिकित्सकले चारथरि औषधि लेखिदिए। सरकारले निःशुल्क वितरण गर्ने तीमध्ये जम्मा एकथरि औषधि मात्रै उनले पाए। बाँकी तीनथरि औषधि उनले बाहिर किन्नुपर्ने भयो। रिक्सा मजदुरी गर्ने उनले किन्न नसक्ने मात्रै बताएनन्, चिकित्सक स्तब्ध हुने खालको कुरा सुनाए। उनले भने, 'अरू पैसा भएपछि किन्छु सर' भन्दै उनी हिँडेको चिकित्सकहरू बताउँछन्। 'सक्ने र हुनेहरूले त जहाँबाट पनि औषधि खरिद गर्न सक्छन्, उपचार गर्न सक्छन्,' मेची अञ्चल अस्पतालका प्रमुख डा. पीताम्बर ठाकुर भन्छन्, 'तर, असहाय, गरिब, असक्तहरूको बिजोग भयो। हामीले चाहेर पनि भनेजति औषधि दिन सकेका छैनौं।' लामो आन्दोलनक्रममा अस्पतालमा औषधि आपूर्ति ठप्प हुँदा सबैभन्दा ठूलो मार निर्धन र सीमान्त समूहका नागरिकलाई परेको उनको भनाइ छ।

असहाय र अशक्त बिरामीलाई सरकारले उपलब्ध गराउने निःशुल्क सेवा भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा पूर्ण प्रभावित छ। बिरामीले प्रयोगशाला, एक्स–रे, अल्ट्रासाउन्ड, इसिजी र औषधिलगायत अस्पतालबाट प्राप्त हुने सबै सेवा पाउने गर्छन्। विपन्न, अशक्त, अपांगका लागि निःशुल्क सेवा उपलब्ध गराउने सरकारी नीति र अभ्यास भए पनि मधेस आन्दोलन तथा नाकाबन्दीका कारण औषधि आपूर्ति हुन नसक्दा यो सेवा प्रभावित भएको हो। अस्पतालमा औषधि आपूर्ति हुन नसक्दा उनीहरू निःशुल्क सेवाबाट वञ्चित छन्।

भदौ अन्त्यतिर औषधि आपूर्तिकर्ता पक्षसँग अस्पतालले औषधि खरिद आदेश गरे पनि फर्मले मधेस आन्दोलन तथा नाकाबन्दीका कारण औषधि आपूर्ति गर्न नसकेको अस्पतालले जनाएको छ। 'अहिले अस्पतालमा एन्टिबायोटिक ट्याब्लेट, इन्जेक्सनलगायत औषधि अभाव छ। प्रसूतिका बेला, शल्यक्रियामा प्रयोग हुने धेरै औषधि छैनन्,' ठाकुरले भने।

गरिब तथा असहाय नागरिक सहुलियत उपचारका लागि अञ्चल अस्पताल आउने गरेका छन्। १२ भन्दा बढी विशेषज्ञ चिकित्सकको सेवा सजिलै पाइने अवस्थाले पछिल्लो समयमा अञ्चल अस्पतालमा सर्वसाधारणको भिड लाग्ने गरेको छ। तर, उनीहरूकै लागि भनेर सरकारले प्रदान गरेको सेवा पाउन नसक्ने अवस्था नाकाबन्दीले ल्याएको छ। 'यो आन्दोलन र नाकाबन्दीले हामीजस्ता गरिबलाई मार पर्योे,' अस्पताल परिसरमा भेटिएका बाहुनडाँगीका ६७ वर्षे हरिकेशर दर्जीले भने, 'डाक्टरले जाँच्न त जाँचिदिए तर निःशुल्क पाउने औषधि नै रहेनछ, हामी मारमा पर्यौंक। भात नखाँदा मान्छे बाँच्छ तर औषधि खान नपाउँदा मर्छ, यसबारेमा सबैले बु‰नुपर्छ कि पर्दैन?'

सहुलियतको उपचारका लागि सरकारले झन्डै सात वर्षदेखि अस्पताललाई बजेट उपलब्ध गराइरहेको छ। 'यो सुविधा लिन विभिन्न प्रक्रिया पुर्यालउनुपर्छ,' अस्पताल स्रोतले भन्यो, 'सम्बन्धित चिकित्सकले बिरामी जाँचेर आवश्यकताअनुसार निःशुल्क फारामका लागि सिफारिस गर्छन्। ती फाराममा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टले हस्ताक्षर गरेपछि यो सेवा पाइन्छ।' अञ्चल अस्पताल मात्रै होइन, नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनका कारण झापामा जीवनदायी औषधिको हाहाकार छ। नाकाबन्दी र आन्दोलनका कारण सहज रूपमा औषधि आपूर्ति हुन नसक्दा हाहाकार भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

सरकारी स्वास्थ्य केन्द्रमा पनि औषधिको हाहाकार छ। जिल्लाका स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र तथा इलाका स्वास्थ्य केन्द्रलगायत अञ्चल अस्पतालमा समेत झाडापखालाका रोगीलाई प्रयोग गरिने जीवनजल, एन्टिबायोटिकलगायत अत्यावश्यक औषधि नहुँदा समस्या भएको हो। जिल्लाका सरकारी स्वास्थ्य केन्द्रमा उपलब्ध हुनुपर्ने न्यूनतम ७० प्रकारका औषधिमध्ये मुस्किलले ४० प्रकारका औषधि उपलब्ध भए पनि अहिले जनस्वास्थ्य कार्यालयको गोदाममा ५ प्रतिशत मात्र औषधि रहेको स्टोरकिपर राजन आचार्यले बताए। उनले भने, 'मुस्किलले ५ प्रतिशत औषधि आकस्मिक सेवाका लागि चाहिन्छ भनेर मौज्दात राखिएको छ।'

कार्यालयले जिल्लाका अञ्चल अस्पताल, ६ प्राथमिक स्वास्थ्य केन्द्र, ६ इलाका स्वास्थ्य केन्द्र र ३८ स्वास्थ्य केन्द्र गरी ५१ सरकारी स्वास्थ्य केन्द्रलाई औषधि उपलब्ध गराइरहेको छ। अहिले ती स्वास्थ्य केन्द्रले जनस्वास्थ्यमा औषधि माग गरिरहेको भए पनि स्टोरमा पर्याप्त औषधि नहुँदा दिन नसकिएको आचार्यले बताए। 'मासिक ७० देखि ९० प्रतिशत औषधि झापाका सरकारी स्वास्थ्य केन्द्रमा खपत हुन्छ,' आचार्यले भने, 'अहिले औषधि अभाव हुँदा बिरामीलाई स्वास्थ्यकर्मीले सिफारिस गरेअनुसारका सबै औषधि पाउने अवस्था छैन।'

'स्वास्थ्यकर्मीले सिफारिस गरेजति औषधिको आधासमेत बिरामीले भेट्दैनन्,' आचार्यले भने, 'कमसेकम ५ औषधि सिफारिस गर्दा ३ वटासम्म त दिन पाऊँ न, त्यो पनि अवस्था छैन।' बाराको पथलैयास्थित केन्द्रीय कार्यालयको मेडिकल स्टोरबाट कोटामा औषधि आउने गरेको छ। केही औषधि विराटनगरबाट पनि मगाउने गरिएको आचार्यको भनाइ छ। 'सरकारले तोकेका औषधि अहिले निकै कम मात्र प्राप्त भएका छन्,' आचार्यले भने, 'केही स्थानीय बजारबाट खरिद गरेर काम चलाउनुपरेको छ।'

स्वास्थ्य सेवा विभागले ग्लोबल टेन्डरमार्फत औषधि खरिद गर्ने गरेको छ। जनस्वास्थ्यले औषधि माग गरे पनि मधेस आन्दोलनका कारण पठाउन नसक्ने पथलैयास्थित केन्द्रीय कार्यालयको मेडिकल स्टोरले जवाफ पठाउने गरेको छ। कार्यालयले पनि माग भएका जिल्लामा चाहेर पनि तत्काल औषधि पठाउन नसक्दा सबैतिर जीवनदायी औषधि हाहाकार भएको हो।

काँकडभिट्टा स्वास्थ्य केन्द्रमा सरकारले उपलब्ध गराउने न्यूनतम ७० प्रकारका औषधिमध्ये अधिकतर छैनन्। केन्द्रमा अत्यावश्यक औषधि अभाव देखिन थालेको छ। केन्द्रका एक स्वास्थ्यकर्मीका अनुसार गर्भवतीका लागि प्रयोग गरिने आइरन चक्की, एन्टिबायोटिक एमोक्सी, कोटि्रनलगायत अत्यावश्यक औषधि अभाव छ। केन्द्रमा पर्याप्त औषधि नभएपछि ५ दिनका लागि सिफारिस गर्नुपर्ने औषधि ३ दिनका लागि ३ प्याकेट जीवनजल दिनेलाई १ प्याकेेट दिएर पठाउनुपरेको उनको भनाइ छ।

झापाली औषधि व्यवसायीकहाँ पर्याप्त औषधि छैन। 'संघमा करिब साढे चार सय व्यवसायी आबद्ध छन्,' नेपाल औषधि व्यवसायी संघ मेचीका अध्यक्ष श्याम कोइरालाले भने, 'कुनै व्यवसायीका पसलमा पनि अत्यावश्यक औषधि पर्याप्त छैन।' कोइरालाका अनुसार अहिले जिल्लामा पेन्टाप्राजोल इन्जेक्सन, एट्रोपिन, एडिलिनलगायत ड्रप मात्र होइन, आइसियु, सिसियुमा चाहिने औषधिसमेत हाहाकार छ। करिब साढे ६ सय खुद्रा औषधि व्यवसायीलाई औषधि उपलब्ध गराउँदै आएको सर्जिड्रप मेडिकोका सञ्चालकसमेत रहेका कोइराला बजारमा मागअनुसार औषधि आपूर्ति गर्न नसकेको बताउँछन्।

जाडो मौसम सुरु भएलगत्तै देखा पर्ने विभिन्न संक्रमणयुक्त रोग र त्यसको निदानका लागि आवश्यक पर्ने औषधि उपलब्ध नहँुदा बिरामी थप समस्यामा पर्ने गरेको मनीषा मेडिकल हल काँकडभिट्टाका सञ्चालक दिलीप सुवेदी बताउँछन्। जाडो सुरु भएपछि अन्य दिनको तुलनामा बिरामीको चाप ह्वात्तै बढ्ने गरेको बताउँदै सुवेदी भन्छन्, 'रोगको प्रकृतिअनुसार औषधि सिफारिस गर्योअ, बजारमा औषधि नै पाइँदैन।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस