चितवन–भरतपुरका एकजना चिकित्सक अपहरण गरी बन्धक बनाएर राखेको आरोपमा तत्कालै आरोपित पक्राउ परेपछि चितवन प्रहरीले ठुृलो सफल्ताको रुपमा प्रचार गरेको घटनाका सवै अभियुक्तलाई जिल्ला अदालतले भने सफाइ दिएको छ।बालरोग विशेषज्ञ डा. नारायणबहादुर थापालाई अपहरण गरी बन्धक बनाउने आरोप लागेका अभियुक्तहरुले अदालतबाट आइतबार सफाइ पाएका छन्।
चिकित्सक अपहरण अभियोगमा भरतपुर उपमहानगरपालिका–८ का घनश्याम पौडेल, नुवाकोट विदुर नगरपालिका–९ का सचिन भनिने सखम खवास, सुनसरी धरान नगरपालिका–१५ बस्ने जुने लिम्बु विरुद्ध मुद्दा दायर भएको थियो। गत वर्षको फागुन ३ गते उनीहरु पक्राउ परेका थिए । चिकित्सक थापालाई उनी कार्यरत नारायणी सामुदायिक अस्पतालबाट अपहरण गरेर लगेको प्रहरीले जानकारी दिएको थियो।
अस्पतालबाट मोटरसाइकलमा राखेर भरतपुरको होटल आइसल्याण्ड जंगल रिसोर्टको कोठा नम्बर १ सय ४ मा थुनेर राखेका थापासँग ३० लाख रुपैयाँ मागिरहेको अवस्थामा उद्दार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले तत्कालै पत्रकार सम्मेलन मार्फत जानकारी सार्वजनिक गरेको थियो।
चिकित्सक थापाविरुद्ध चैनपुर ३ बस्ने रिता पुरीले नाता कायम गरी पाउ भनि दायर गरेको मुद्दा मिलाइ दिने बाहनामा अभियुक्तहरुले थापासँग पटक पटक पैसा माग गरेको र अपहरण गरेर असुल्न खोजेको प्रहरीको भनाइ थियो । अपहरण गर्नुअघि पटक पटक गरेर थापासँगबाट १३ लाख रुपैयाँ असुली सकेको जानकारी प्रहरीले दिएको थियो ।
घटनापछि प्रतिकृया दिँदै चिकित्सक थापाले रिता पुरीले आफुलाई अनावश्यक रुपमा बद्नाम गराउन खोजेको र पैसाका लागि युवाहरु परिचालन गरेर अपहरण गरेको बताएका थिए । तर अदालतमा बयान दिँदा अपहरणमा संलग्न भनिएका पौडेललगायत व्यक्तिहरुले आफूलाई केही नगरेको बताएको अदालत स्रोतको भनाइ छ । यसैका आधारमा आरोपितले सफाइ पाएका हुन् ।
रिताले आफूुले जन्माएको नवजात शिशुको हत्या गरेको आरोपमा अदालतमा मुद्दा चलेको छ। यो मुद्दाका कारण रिता पुर्पक्षका लागि भरतपुर कारागारमा छिन् । श्रीमान विदेश भए पनि चकित्सक थापासँगको शारीरिक सम्पर्कका कारण बच्चा जन्मेको बयान रिताको रहेको छ । अपहरणमा मुछिएका व्यक्तिहरु डकैत कार्यमा पनि संलग्न रहेको प्रहरीको भनाइ थियो ।
घनश्याम पौडेल र सखम खवास नवलपरासीको डकैत काण्डमा संलग्न भएर केही समय परासी कारागारमासँगै बसेको प्रहरीको भनाइ थियो। ६८ साल जेठ १२ गते नवलपरासी कावासोतीका सूर्यप्रसाद शर्माको घरमा खुकुरी देखाइ ४१ लाख ५९ हजार लुटेको र सोही वर्ष असार ३० मा शिवमन्दिरकी मीना पौडेलको घरबाट १० लाख ४४ हजार लुटेको आरोपमा उनीहरु जेल परेको प्रहरीको भनाइ थियो ।