धराने विकासको मोडल हेर्न हेटौडाबाट आए दुई युवा
२५ असार २०७९
•
५ मिनेट पाठ
धराने विकासको मोडल हेर्न हेटौडाबाट आए दुई युवा
मेयर हर्क साम्पाङलाई भेट्न हेटौडाबाट आएका सुवास लामा र देवेन्द्र दुलाल।
हेटौडा ४ पारिजातपथस्थित गोधुली गुडविल कम्प्युटर स्कुलका दुई शिक्षक सुवास लामा र देवन्द्र दुलाल शुक्रबार कक्षा लिन गएनन्। उनीहरुले विद्यार्थीहरुलाई कक्षा नलिने सूचना पहिल्यै दिइसकेको थिए।  




कम्प्युटर पढाउन छोडेर उनीहरु स्कुटरमा पूर्व हान्निए। उनीहरुको गन्तव्य थियो, पूर्वको चर्चित सहर धरान। इटहरीमा आएर बास बस्दा रातको २ बजिसकेको थियो। उनीहरु धरान घुम्न आएका होइनन्, न कोही आफन्त वा साथीभाईलाई भेट्ने काम थियो। काम थियो त, धरानका मेयर हर्कराज राई( साम्पाङ) को जनश्रमदानका काम हेर्ने, र उनलाई भेट्ने।

उनीहरु बिहानै धरानको वडा नं १४ स्थित पञ्चकन्या जंगलमा पनि पुगे। त्यहाँ मेयर साम्पाङको आह्वानमा सयौं धराने जनताहरु फलफुलको विरुवा आफै लिएर पुगेका थिए। केही ढिला गरी पुगेको कारण जंगलमा मेयर साम्पाङसँग उनीहरुको भेट हुन सकेन। दिउँसो मेयर साम्पाङ धरान वडा २० स्थित पकुवा खोलाबाट पानी ल्याउने कामको लागि श्रमदान गर्न गएका थिए। हेटौडाबाट आएका सुवास र देवेन्द्र मेयरलाई पछ्याउदै खोला र भीरमा पुगे। दुवैले मेयर साम्पाङलाई त्यही भेटे।

एउटा स्थानीय तहका एक जनप्रतिनिधिलाई भेट्न कोषौं दूरीमा रहेको अर्को स्थानीय तहका जनता किन मरिहत्ते गरेका होलान्? यही प्रश्न तेस्र्याउदा सुवास भन्छन्,‘हर्क सरको काम र विकासको मोडल हेर्न आएका हौं। सोसियल मिडियाबाट हेरिरहेका थियौं, एकपटक भेटेर र प्रत्यक्ष हेरौं भन्ने लागेर आएको हो।’

उनले भनेजस्तै अहिले धरानका मेयर साम्पाङले गरेको काम हेर्न धरान बाहिरका जनताहरु पनि आउने गरेका छन्। कतिपयले मेयर साम्पाङको विकासको मोडल भनेर चर्चा पनि गर्न थालेका छन्। मेयर भएलगत्तै साम्पाङले उपमहानगरको सुविधा रहेको चार चक्के गाडी नचढ्ने घोषणा गरे। उनी अहिले पनि अधिकतर ठाउँमा आफ्नै मोटरसाइकल आफै चलाएर पुग्छन्।

सार्वजनिक विदाको दिन प्रत्येक शनिबार वृक्षारोपण कार्यक्रमको नेतृत्व गर्छन् भने दिउँसो पकुवा खोलाबाट पानी ल्याएर वडा ११ र १७ का बासिन्दालाई वितरण गर्ने काममा श्रमदान गर्न पुग्छन्। उनको यो योजनालाई सयौं धराने जनताले पनि श्रमदान गरेर साथ दिइरहेका छन्। हरेक शुक्रबार धरानको विभिन्न चोकमा लागुऔषधविरुद्ध प्ले कार्डसहित मेयर साम्पाङ आफै उभिन्छन्, र धरानलाई लागुऔषध दुव्यर्ससनबाट मुक्त गर्न सचेतना अभियान गरिरहेका छन्। सफा धरान, स्वच्छ धरान बनाउने उनको अभियानलाई देश विदेशबाट डस्विन ठुलो संख्यामा सहयोग भइरहेको छ।

मेयर हर्क साम्पाङलाई भेट्न हेटौंडाबाट सुवास र देवेन्द्र आएको थाह पाएपछि स्वागत गर्दै धरानेहरु।
सार्वजनिक विदाको दिन साथीभाई, परिवारसँग समय बिताउन छोडेर जनताको लागि श्रम गर्ने मेयर साम्पाङ अचम्मकै व्यक्ति भएको हेटौडाबाट आएका सुवासले प्रतिक्रिया दिए। उनले भने,‘अचम्म लागिरहेको छ, कोही व्यक्ति यस्ता पनि हुनुहुदो रहेछ भनेर। वास्तवमा हामी जो युवाहरु छौं, यस्तै नेतृत्व आउनुपर्छ भन्ने चाहेका हौं।’

सुवास र देवेन्द्रले मेयर साम्पाङलाई भेट मात्र गरेनन्, उनीहरु पनि भीरमाथि चढेर खानेपानीको पाइपलाई वलियो तारको हुक लगाएर रुखमा झुण्ड्याउने काम पनि गरे। उक्त कठिन कामलाई धराने जनताहरु सबै मिलेर सहज बनाएको देख्दा ज्यादै खुशी लागेको देवेन्द्रले बताए। ‘हामी एक दिन आएर केही क्षण काम गर्दैमा हुने त केही पनि होइन, तर हौसला मिलोस् भन्ने चाहन्छौ। हर्क सर पनि हामी आएको देख्दा खुशी हुनुभयो,’उनले भने,‘गर्यो भने के हुदैन? यहाँ युवा, केटाकेटी, वृद्ध आमाबुबाहरु सबै एक जुट भएको देख्यौं, ज्यादै खुशी लाग्यो।’

काठमाण्डौंका बालेन्द्र साह र धरानका हर्क साम्पाङ दुवै सही व्यक्ति भएको तर साम्पाङ भुँई मान्छे भएको उनीहरुको ठम्याई छ। ‘बालेन्द्र काठमाण्डौं जस्तो विकसित र अवसर भएको ठाउँमा पहिल्यै सेलिब्रेटीकोरुपमा परिचित भएका युवा थिए,’सुवास भन्छन्,‘तर हर्क साम्पाङ माटो आएका भुँईमान्छे हुन् भन्ने लाग्छ।’ दुवैले विकास निर्माणमा जनताको सहभागिता गराउने धरानको विकासको मोडल हेटौडा र अन्य ठाउँको लागि अनुकरणीय भएको पनि बताए।  

धरानका मेयर साम्पाङले पकुवाको पानी ल्याएर वडा ११ र १७ का बासिन्दालाई खुवाउने योजना बनाएका थिए। उनको योजनालाई दैनिक सयौं धराने जनताले श्रमदान गरेर साकार बनाउदै गएका छन्। यो योजना ठेक्का विना नै जनताको श्रमदान, जनताको आर्थिक सहयोगमा पुरा हुन लागेको छ। तीन सातामा ८० प्रतिशत काम सकिएको उक्त योजना कार्यान्वयनको लागि कमाण्डरको जिम्मा पाएका पुर्वव्रिटिश लाहुरे दत्तकुमार लिम्बु बताउँछन्। मेयर साम्पाङ आफै पनि जनताको साथ र सहयोग पाएर अचम्मित छन्।

‘म आफै अचम्मित छुँ, धराने जनताले मेरो योजना, परिकल्पनालाई यति धेरै साथ हिनुहुन्छ भन्ने लागेको थिएन,’उनले भने,‘यो काम ठेक्का लगाएको भए कति खर्च हुन्थ्यो? कति समय लाग्थ्यो? तर जनता आफै जुटेर छोटो समयमा सकिन लाग्यो। यसरी नै विकासमा जनतालाई पनि सँगै लिएर अरु पनि योजनाहरु कार्यान्वयन गछौं।’

धरान: शनिबार सार्वजनिक विदाको दिन। देशभरका जनप्रतिनिधिहरु शनिबार कहाँ के गर्छन् भन्ने जानकारी कमै पाइन्छ। तर, धरानका मेयर हर्क साम्पाङ भने हरेक शनिबार जनताकै लागि पसिना चुहाउदै श्रम गरिरहेका भेटिन्छन्।

मेयरमा निवार्चित भएयता उनले प्रत्येक शनिबार बिहानै वृक्षरोपण गदै आएका छन्। त्यसपछिको समय उनी धरान २० स्थित पकुवा खोलाको पानी वडा नं ११ र १७ का बासिन्दालाई खुवाउने गरि भइरहेको काममा खर्चन्छन्। जस्तो, आज बिहान उनले वडा नं १४ स्थित पञ्चकन्या जंगलमा फलफुलका विरुवा रोपे। त्यसपछि उनी हान्निए, पकुवा खोलाको पानी ल्याउन पाइप विछ्याउने काम भइरहेको स्थानतर्फ।

अहिले वडा नं ११ को सिमाना रहेको सर्दु खोला पारी पट्टी खानेपानीको पाइप विछ्याउने काम भइरहेको छ। ठुलो भीर भएको कारण पाइप विछ्याउने काम निक्कै कठिन छ। तरपनि धरानका युवाहरुको जोश र जाँगर कम भएको छैन। उनीहरु डरलाग्दो र जोखिमपुर्ण भीरमा पनि काम गरिरहेका छन्।  

आज शनिबार मेयर साम्पाङ पनि सोही स्थानमा पुगे। उनी पनि जनतासँगै भीरमाथि पुगेर पाइप विछ्याउने र तारले बाँधेर झुण्ड्याउने काममा खटिए। त्यसक्रममा उनी एक पटक भीरमा चिप्लेर पनि लडेका थिए। पहिरोले पाइपलाई क्षति नपुगोस् भनेर तारले बाँधेर पाइपलाई रुखमा झुण्ड्याइएको छ। पकुवामा इन्टेक ट्यांकी निर्माण भइसकेको छ भने पाइप विछ्याउदै आइरहेको ठाउँसम्म पानी परीक्षण पनि भइरहेको छ। 
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
३० मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस