चितवन–राइनो राइडर अर्थात गैडा चढ्ने व्यक्तिको पहिचान बनाएका चितवन सौराहाका मल्लु महतोको १०४ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको छ।३० वर्षको हुँदा साथीहरुसँग पाँच रुपैयाँ बाजी राखेर जंगलमा गैंडामाथि चढेपछि मल्लुको बारेमा धेरै परपरसम्म चर्चा भएको थियो। त्यो चर्चा अझ पनि कम भएको छैन। चितवनको पुरानो बस्ती पदमपुरका मल्लुका साइला छोरा गिरिधारी सौराहामा पर्यटन व्यवसाय सुरु गर्ने अगुवाका रुपमा परिचित छन्।
पछिल्लो समय सौराहामा बस्ने मल्लुलाई स्वदेशी विदेशी पर्यटकहरुले भेटेर गैंडा चढ्दाको अनुभव उत्सुकता पुर्व सुन्ने गर्दथे। सौराहाले पर्यटन र संरक्षणमा समर्पित एकजना पाका व्यक्ति गुमाएको क्षेत्रीय होटल संघ सौराहाका वरिष्ठ उपाध्यक्ष सुमन घिमिरेले बताए।