फेरियो व्यवस्था, फेरिएन बादी समुदायको जीवनशैली
२६ असार २०७९
•
४ मिनेट पाठ
फेरियो व्यवस्था, फेरिएन बादी समुदायको जीवनशैली
बादी समुदायको बस्ती। फाइल तस्बिरः नागरिक
खाँडाचक्र नगरपालिकाको नजिकै सडकछेउछाउ भाडाका घरमा बस्दै आएका छन्। बादी समुदाय यस बस्तीमा धेरै समस्या छन्।




‘नेपालमा व्यवस्था फेरियो स्थानीय सरकार आयो अब त राम्रो घरमा बस्न पाइन्छ भन्ने आशामा रहेकी यस बस्तीकी गंगा बादी अहिले पनि भाडाकै घरमा बस्न बाध्य भएको बताउँछिन्। उनी भन्छिन्, ‘हाम्रो समस्या समाधानमा कसैले चासो देखाएनन्, जब चुनाब आउँछ, तब मात्र नेताहरू हाम्रो घरसम्म आइपुग्छन् र समस्या समाधान गर्ने आश्वासन दिन्छन्।

चुनावी एजेन्डा बनाएर बादी बस्ती पुग्ने नेताहरू जग्गा, जमिन, रोजगारी र घर बनाइदिने बताउँदै फर्किए तर फेरि यो बस्तीमा आएनन् र समस्या ज्यूँका त्यूँ रहेका छन्।’ वर्षाैंदेखि यिनै पीडाबाट गुज्रिरहेका खाँडाचक्र नगरपालिका–१ का कृष्ण बादी निर्वाचनमा आफ्नो बस्तीको एजेन्डा बने पनि अहिले समस्या समाधान भने हुन नसकेको बताउँछन्। ‘जग्गा जमिनविना यहाँ बस्न थालेको २१ वर्ष बित्यो,’ उनले भने, ‘अहिलेसम्म नेताहरूको कमाइ खाने भाँडो र चुनावी एजेन्डा मात्र भयौं।’ कालिकोटमा बस्दै आएका १४ घरपरिवार बादी समुदायलाई २१ वर्ष बितिसक्दा पनि सरकारले अझै व्यवस्थापन गर्न सकेको छैन।  

दुई घरपरिवारलाई ६ वर्ष पहिला जनता आवासले घर बनाइदिएको थियो। ती पनि वर्षाले भत्किनलागेका छन्। अरू सबै भाडाका घरमा बस्दै आएका छन्। अहिले उनीहरू बिहानदेखि साँझसम्म अरूकै घरमा ज्याला मजदुरी गरेर साँझबिहानको छाक टारिरहेका छन्। अहिले उनीहरूसँग न त जमिन छ, न त आफू बस्ने घर नै छ ? ‘हामीलाई भोट दिनुहोस्, तपाईको अमूल्य भोटले हामीले जित्यौं भने समस्या हल गर्नेछौं,’ गिता बादीले गुनासो गरिन्। तर, जितेपछि फर्केर नआएको उनले बताए।

२०६५ सालमा सरकारले बादी समुदायका महिलालाई यौनशोषणमुक्त र पुनःस्थापनाको घोषण गरे पनि अहिलेसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन। बादी समुदायका महिलालाई यौनकर्मीको रूपमा हेर्ने गरेको उनीहरू बताउँछन्। २०६५ पुस २३ गतेको मन्त्रिपरिषद् निर्णयले बादी महिलालाई यौनशोषणमुक्त र पुनःस्थापनाको धोषणा गरेको थियो।  

घोषणा भएको वर्षौं बितिसक्दा पनि त्यसको कार्यान्वयन नभएको र बादी समुदायले अहिले पनि यौनशोषणको समस्या झेल्दै आएको छ। वर्षाको समयमा झन् धेरै समस्या थपिने गरेको छ। भाडाका घर पनि भत्किँदै गएका छन्। ‘अब काहाँ बस्ने हो, ज्यान जोगाउन राति आफन्तको घरमा सुत्न जाने गरेका छौं,’ गिता बादीले बताइन्।

शिक्षाको महुँचबाट वञ्चित

बादी समुदायका किशोरीकिशोरी अहिले पनि शिक्षाको पहुँचबाट वञ्चित भएका छन्। बिहान बेलुकाको छाक टार्नका लागि घरमा काम गर्नुपर्ने बाध्यताले स्कुल नगएको १४ वर्षीया रेसमा बादीले बताइन्। उनी जस्तै बादी समुदायकै १३ वर्षीया गिता बादी पनि स्कुल नगएर घरकै काममा व्यस्त छिन्। उनी भन्छिन्, ‘कापी, कलम, झोला किन्ने पैसा छैन्। स्कुल जान ड्रेस किन्ने पैसा छैन, कसरी जानु स्कुल ?’ बादी समुलायकी गंगा बादीले घरमा काम गर्नुपर्ने बाध्यताले बालबालिकाले स्कुल देख्न नपाएको स्वीकार गरिन्। अहिले पनि यस समुदायका पुरुषले मदिरा पिएर पत्नीलाई पिट्ने गरेकाले त्यस्ता पुररुषहरूलाई व्यावहारिक शिक्षा दिनुपर्ने महिलाहरूको माग छ।

१५ वर्षमै आमा

कानुनले २० वर्ष नपुगदासम्म बिहा गर्न बन्देज लगाएको छ तर कालिकोटलगायत दुर्गम जिल्लाका किशोरी १५ वर्षमै आमा बन्ने गरेका छन्। काकिलोटको बादी बस्तीकी बसन्ती (नाम परिवर्तन) १५ वर्षमै आमा बनेकी छिन्। ‘बालविवाह गर्न हुन्न भन्ने तालिमै लिएकी थिएँ,’ बसन्ती भन्छिन्, ‘तर के गर्नु, खानलाउनकै लागि बिहा गर्नुपर्‍यो।’ आफूजस्तै किशोरीले राम्रो लगाएको, मीठो खाएको देख्दा बिहा गर्ने रहर जागेको बताउँछिन् बसन्ती। ‘पढ्ने, लेख्ने र जागिर खाने मन मलाई पनि थियो,’ बसन्ती भन्छिन्, ‘तर बिहा गरेपछि सबै बाटा बन्द भए।’ उनी सदरमुकामकै एउटा होटलमा श्रम गरिरहेकी छन्। उनका पति रोजगारीका लागि भारतमा छन्। कालिकोटमा अझै पनि बालविवाह, छाउपडी प्रथा, जातीय छुवाछुतजस्ता कुप्रथा कायमै छन्। अहिले पनि महिनावारी हुँदा छाउपडी बस्ने गरेको बसन्ती बताउँछिन्। बसन्ती छाउगोठमै थिइन्। मन भएर पनि कुप्रथा तोड्न नसकेकामा उनी दुःखी छन्।  

बादी समुदाय कर्णाली राजमार्ग आसपासमा गिटी कुटेर जीवन बिताउँदै आएका छन्। बादी समुदायमा बालकदेखि वृद्धसम्म गिटी कुट्ने र होटलमा काम गर्ने गर्छन्। सरकारले आफ्ना लागि केही नगरेको उनीहरू बताउँछन्। जिल्लाको बादी बस्तीमा १६ घरधुरीमा ४६ को बसोबास छ, जसमध्ये १९ बालबालिका छन्। उनीहरू अधिकांश विद्यालय जाँदैनन्। केहीको बसन्तीको झैं सानैमा बिहा हुने गरेको छ। स्थानीय सरकार बादी समुदायको यो समस्या सुल्झाउने योजनामा भएको अधिकारीहरू बताउँछन्।

आशा निराशामा परिणत हुँदै

स्थानीय सरकार आएपछि बादी समुदायलाई आफ्नो दैनिकी फेरिने आशा थियो। तर, उक्त आशा सबै निराशामा परिणत हुँदै गएको संगीता बादी बताउँछिन्। ‘सरकारले आश्वासन दिएअनुसार नै घर र लालपुर्जा मात्र दिएको भए पनि गाँस र कपासको त व्यवस्था आफैं गरिहाल्ने थियौं,’ घर र लालपुर्जा नहुँदा सेवासुविधाबाट वञ्चित हुँदै आएका उनीहरू सरकारले आफूहरूलाई जग्गा र घर बनाइदिन्छ कि भने आशामा छन्। खाँडाचक्र नगरपालिकाले जग्गा दिन नमिल्ने र सुकुम्बासी आयोगमा उनीहरूले निवेदन दिएको जनाएको छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस