सीमा सुरक्षामा राज्यकै बेवास्ता
२३ मंसिर २०७२
•
१० मिनेट पाठ
सीमा सुरक्षामा राज्यकै बेवास्ता
झापा- आपसी सम्बन्ध राम्रो हुञ्जेल केही तयारी नगर्ने तर सम्बन्ध चिसिँदा विकल्प खोज्न हतारिने नेपाली प्रवृत्ति सीमा सुरक्षामा पनि देखापरेको छ। पछिल्लो समय सीमा क्षेत्रमा भइरहेको भारतीय आक्रमणपछि नेपाली प्रशासन 'प्रोएक्टिभ' जस्तो देखिएको छ।




सुनसरी, झापालगायत ठाउँमा भारतीय फौजले नेपाली भूमिमा ताण्डव देखाएपछि तारन्तार सुरक्षा बैठक भए। सीमा सुरक्षाबारे बहस चलिरहेका छन्। तर, भारतीय पक्ष केही समय संयम रहनासाथ सेलाइहाल्ने नेपाली उत्साह यसपटक पनि त्यत्तिकै सेलाउने शंका सुरक्षा अंगभित्रैकाले गर्न थालिसकेका छन्। 'अस्ति केही दिनसम्म जोडतोडले छलफल भए,' झापाका एक सुरक्षा अधिकारीले भने, 'अहिले फेरि विषय सेलाएजस्तो छ। यस्तै पारा हो भने सीमा सुरक्षा बलियो बन्दैन।'

छिमेकी मुलुकसँगको अन्तर्राष्ट्रिय सीमामा नेपाली सुरक्षा निकायलाई धेरै जिम्मेवारी दिइँदा काम प्रभावहीन बनेको छ। त्यसका कारण भारतीय नाका सुरक्षा दृष्टिले बलियो तर नेपाली सीमा भने लगातार कमजोर हुँदैछ।

१२ वर्षअघि भारतले नेपालसँगको सीमामा आफ्नो अर्धसैनिक बल (एसएसबी) परिचालन गरेको थियो। त्यसबेला थोरै ठाउँमा मात्रै एसएसबीको पोस्ट स्थापना गरेर सीमामा सतर्कता देखाएको भारतीय पक्षले एक दशकको बीचमा प्रत्येक किलोमिटरको दूरीमा फौज खडा गरेको छ। नेपाली भूभाग पूरै घेर्नेगरी फौज खटाएको उसले नेपाली सीमालाई उच्च प्राथमिकता दिएको छ। तर, आफू सधैं रक्षात्मक अवस्थामा रहेर पनि सीमामा सुरक्षा सतर्कता कसिलो पार्न नेपाली पक्ष चुक्दैछ। यही कमजोरीको परिणाम नेपाली पक्षले बारम्बार भारतीय पक्षको थिचोमिचो र अन्याय सहन गर्नु परिरहेको छ।

'हरेक दृष्टिले नेपाल सधैं रक्षात्मक अवस्थामा रहनुपर्ने देश हो,' झापाका एक उच्च सुरक्षा अधिकारी भन्छन्, 'तर ठीक उल्टो अवस्था छ। भारत लगातार सीमा बलियो पार्दै लैजाँदैछ। हाम्रो कमजोर हुँदै जाँदैछ।'

ती सुरक्षा अधिकारीका अनुसार यसको दृष्टान्त केही दिनअघि झापाको केचनामा देखियो, जहाँ अत्याधुनिक हतियारसहितका १३ भारतीय सुरक्षाकर्मी नेपालमात्रै पसेनन्, सर्वसाधारणलाई कुटपिट पनि गरे। नेपाली सुरक्षाकर्मीसमेतलाई बन्दुक तेर्स्याए। त्यसअघि सुनसरीको हरिपुरमा नेपालभित्रै पसेर नेपालीलाई गोली प्रहार गरे। सीमा सुरक्षाका लागि खटाइएको सुरक्षा टोलीलाई नाकाबाट हुने अवैध ओसारपसार नियन्त्रणदेखि झैझगडा मिलाउनेसम्मको दायित्व दिइँदा सर्वाधिक महŒवको कामचाहिँ ओझेलमा परेको छ। नेपाली सेना र नेपाल प्रहरीको पनि उत्तिकै सहभागिता र दायित्व भए पनि पछिल्लो एक दशकभन्दा बढी समयदेखि सीमा सुरक्षाको जिम्मा सशस्त्र प्रहरी बलले एकलौटी लिएको छ।

सशस्त्र प्रहरी गठन नगर्दासम्म त सीमा सुरक्षा लगभग लथालिंग नै थियो। तर, सशस्त्र प्रहरी गठनपछि 'स्पेसलाइज्ड' गरेरै सीमा सुरक्षाको जिम्मा सशस्त्र प्रहरी बललाई दिइएको हो। पछिल्लो समय भन्सार छलेर हुने तस्करी तथा चोरी नियन्त्रण गर्ने दायित्व पनि सशस्त्र प्रहरीकै काँधमा छ। त्यति मात्रै होइन, दंगा नियन्त्रणदेखि झैझगडा मिलाउनेसम्मका काममा पनि सशस्त्र प्रहरी अघि सर्ने गरेको छ। 'स्पेसलाइज्ड गरेर जाँदा राम्रो नै हुन्थ्यो,' सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाका प्रमुख एसपी शान्तिकुमार कार्की भन्छन्, 'तर आर्थिक अभाव र जनशक्ति अभावबीच राज्यले जे गरिरहेको छ, यो नै लाख हो।' गलत मार्ग प्रयोग गरेर ल्याइएको सामग्री भन्सारको दायरामा ल्याउनु नै सशस्त्र प्रहरीको दायित्व रहेको कार्कीले बताए। 'सीमा स्तम्भ निरीक्षण गर्नु, सुरक्षा गर्नु र सीमा क्षेत्रमा हुने सबै प्रकारका आपराधिक गतिविधि नियन्त्रण गर्छौं,' उनले भने।

झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्रलाई सुरक्षा प्रदान गर्न सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाको मातहतमा ५ बोर्डर आउट पोस्ट स्थापना गरिएको छ। बाहुनडाँगी, केचना, घेराबारी, टाँघनडुब्बा र गौरीगञ्जमा बोर्डर आउट पोस्ट स्थापना गरिएको छ। त्यसैगरी, सशस्त्र प्रहरी बल राजस्व भन्सार सुरक्षा गुल्म काँकभिट्टाले पनि सीमा क्षेत्रमा अपराध नियन्त्रण र सीमा सुरक्षाको जिम्मेवारी पाएको छ। झापासँग जोडिएको भारतसँगको १ सय १८ किलोमिटर लामो अन्तर्राष्ट्रिय सिमाना सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्टमा कार्यरत सुरक्षाकर्मीले रेखदेख गर्छन्। एउटा बोर्डर आउट पोस्टमा ५० देखि ७० सुरक्षाकर्मी हुन्छन्। यसरी हेर्दा पनि करिब २ सय ५० जना सशस्त्र प्रहरीले ८ सय ७३ सीमास्तम्भ नियमित निरीक्षण गर्नुपर्ने बाध्यता छ।

'नेपालतिर हामी जति छौं पारिपट्टि (भारततिर) दसौं गुणा बढी फौज छन्, उनीहरूलाई हामीलाई जस्तो २२ थरि जिम्मेवारी छैन,' नेपाल प्रहरीका अवकाशप्राप्त अधिकृत लक्ष्मी तिम्सिना भन्छन्, 'हाम्रोचाहिँ जिम्मेवारी पनि धेरै, संख्या र प्रविधि पनि कमजोर छ। फेरि सीमामा खटिँदा तस्करीको नाममा कमाइधन्दा बढी चलाउँछन्। यसले सीमा सुरक्षाको काम प्रभावहीन बनेको हो।'

सीमाको गतिविधि हेर्ने भनिए पनि सशस्त्र प्रहरी बललाई राज्यले 'अलराउन्डर' को भूमिका दिएको छ। सरकारले सीमा क्षेत्रको सुरक्षा र अपराध नियन्त्रण गर्ने जिम्मेवारी सशस्त्र प्रहरीलाई दिएको छ। तर, सशस्त्र प्रहरीलाई 'अलराउन्डर' बनाउन सरकारी कार्यादेशमा मुलुकको कुनै भागमा दंगा र सशस्त्र विद्रोह भए, आतंककारी गतिविधि भए, नागरिक अपहरित भए, गम्भीर प्रकृतिको अशान्ति फैलिएमा परिचालन गर्ने गरी व्यवस्था गरिएको छ। त्यसैगरी, प्राकृतिक विपत्ति र महामारी नियन्त्रण गर्ने जिम्मेवारी पनि सशस्त्र प्रहरीलाई नै दिइएको छ। सार्वजनिक महत्वको भौतिक संरचना र स्थानको सुरक्षा गर्ने र विशिष्ट व्यक्तिको सुरक्षाको जिम्मा पनि सशस्त्रले नै पाएको छ।

बाह्य आक्रमण भएमा राज्य र नागरिकको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइए पनि त्यति बेला सशस्त्र प्रहरीलाई सेनाको मातहतमा रही सहयोग पुर्यााउने जिम्मेवारी तोकिएको छ। सीमा सुरक्षाको जिम्मेवारी भनिए पनि जनशक्तिको अभाव, भौतिक संरचना र पर्याप्त स्रोतसाधनको अभावबीच सशस्त्र प्रहरीले धेरै काम गरिरहेको छ। जसका कारण, उसको कुनै पनि काम चित्तबुझ्दो नहुने सुरक्षा विश्लेषक बताउँछन्।

नेपाल–भारत सीमाबारे जानकारहरू नेपाली पक्षले सीमा क्षेत्रमा सुरक्षा कसिलो पार्न ढिलो भइसकेको बताउँछन्। 'नेपाली भूमिमा सशस्त्र युद्ध उत्कर्षमा पुग्दा भारतले आफ्नो सीमा फौजले घेर्योक,' अन्तर्राष्ट्रिय सम्बन्धका विद्यार्थी विजय पौडेल भन्छन्, 'त्यसयताको लामो समयसम्म पनि नेपालले संवदेशनशीलता नदेखाउनु चलाख र हेपाहा छिमेकीलाई खेल्न मैदान सजिलै उपलब्ध गराउनु हो।' सीमा क्षेत्रमा परिचालन गरिने फौजलाई एउटा मात्रै जिम्मेवारी दिएर 'स्पेस्लाइज्ड' गर्नुपर्ने उनको भनाइ छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस