काठमाडौं–प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अनुसन्धान प्रकृयाको आधुनिकिकरण वैज्ञानिकीकरण र केन्द्र र तत्लो निकायबीच सहकार्य भए जस्तोसुकै अपराध पनि पत्ता लगाउन सकिने बताएका छन्।अपराध अनुसन्धान विभागको ६० औं स्थापना दिवसमा आयोजित कार्यक्रममा उनले 'प्रहरीले चाह्यो भने जे पनि पत्ता लगाउन सक्षम रहेको तर खोजी नगर्ने' जनविश्वास बलियो रहेको उल्लेख गर्दै यो आंशिक सत्य भएको दाबी गरे।
'प्रहरीले चाह्यो भने जे पनि पत्ता लगाउन सक्छ भन्नेमा आंशिक सत्यता मात्रै छ,' कार्यक्रममा उनले भने, 'आधुनिकिकरण, वैज्ञानिकीकरण र समन्वय हुने हो भने यो पूर्ण सत्य हुन्छ।' प्रहरीले १२ वर्षसम्म नसुल्झिएको अपराधको अनुसन्धानसमेत सुल्झाएर अनुसन्धानमा संगठनको दखल पुष्टि गरिसकेको उल्लेख गर्दै उनले अपराध नियन्त्रणमा भूमिका रहेको निकाय संगठित भएर अन्तर्राष्ट्रिय संगठनसँग समन्वय हुन सके थप प्रभावकारी नतिजा आउने बताए।
विभाग स्थापना दिवसको अवसर पारेर विभागले बिहीबारबाट डिजिटल फरेन्सिक ल्याब सञ्चालनमा ल्याएको थियो। अर्यालले ल्याबको उद्घाटन गर्दै ९० प्रतिशत अपराधमा प्रविधि जोडिने गरेको उल्लेख गर्दै अनुसन्धान पद्दतीमासमेत प्रविधिको उपयोग अनिबार्य बनेको बताए ।
विभागका प्रमुख एआइजी विज्ञानराज शर्माले अपराध अनुसन्धानको प्रकृया निक्कै जटिल प्रकृया भएकाले लगन, एकाग्रता र प्रविधिको प्रयोग अनिवार्य भइसकेको बताए। आपराधिक घटना नसुल्झदा संगठनले सधै ती घटना कहिले सुल्झन्छ भन्ने प्रश्नको सामना गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले 'समयानुकुल प्रविधिको प्रयोग बढाउँदै लैजाँदा सफल अनुसन्धानको संख्या समेत बृद्धि भएको बताए ।
विभागका डिआइजी नवराज सिलवालले पछिल्लो समय अपराधको बृद्धीदर न्युन रहेको जानकारी दिँदै अनुसन्धान प्रकृयालाई वैज्ञानिक, प्रविधिमैत्री र प्रभावकारी बनाउन दक्ष जनशक्ति बढाएर १० प्रतिशत पु¥याउन, अनुसन्धान उपसमुहको गठन, क्षेत्रीय प्रयोगशाला स्थापना, पोलिग्राफ र डिजिटल फरेन्सिकल्याबको प्रयोगलाई प्राथमिकता दिइएको जानकारी दिए।