काठमाडौं- एमबिबिएस तहको भर्नामा शुल्क सीमा, योग्यता सूची र नेपाली विद्यार्थीको पहुँच बढाउने गरी भएका सरकारी निर्णय र सर्वोच्चको आदेश छल्न खोज्ने मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालय (केयु) ले साथ दिएको छ।
मनपर्दी शुल्क, विद्यार्थी छनोट र भर्नाको बाटो खुला गर्ने गरी केयुले मातहत कलेजलाई चारबुँदे गोप्य निर्देशन दिएको छ। केयुअन्तर्गत स्कुल अफ मेडिकल साइन्सेसका डिन डा. नरेन्द्रबहादुर राणाले उपकुलपतिलगायत अन्य पदाधिकारीलाई समेत गुमराहमा राखेर कलेजलाई फाइदा हुने गरी निर्देशन दिएका छन्। केही कलेज सञ्चालकको उपस्थितिमा आइतबार होटल द्वारिकाजमा बसेर राणाले कलेजलाई पठाउने पत्रको मस्यौदा तयार गरेको उच्च स्रोतले जनाएको छ।
सोही मस्यौदामा टेकेर मंगलबार केयुअन्तर्गत आठ कलेजका नाममा जारी भर्ना निर्देशनमा उपत्यकाबाहिरका कलेजको हकमा शुल्क सीमा तोकिएको छैन। मन्त्रिपरिषदले उपत्यकाभित्रका कलेजमा ३५ लाख र उपत्यकाबाहिरका कलेजमा फ्याकल्टी बोर्डले तोक्ने निर्णय गरेको थियो। केयुअन्तर्गत काठमाडौं मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाहेक सबै उपत्यकाबाहिर छन् जसमा मणिपाल पोखरा, कलेज अफ मेडिकल साइन्सेस भरतपुर, नेपालगन्ज, नोबेल, लुम्बिनी र विराट मेडिकल कलेज छन्।
केयुअर्न्तगतका कलेजले गत वर्षकै आधारमा नेपाली विद्यार्थीसँग ५५ लाखसम्म शुल्क असुलिरहेका छन्। अदालतले अघिल्लोपटक कलेजमा फारम भर्न दिएको तीन दिनको समय अपर्याप्त भएको भन्दै नयाँ सूचना जारी गर्नुपर्ने निर्देशन दिएकोमा सोसमेत नगरी केयुले पुरानै निर्णयलाई आधिकारिकता दिएको छ। केयुले कलेजलाई दिएको निर्देशनको प्रतिलिपि नागरिकसँग सुरक्षित छ।
सुरुमा केयुले चालु शैक्षिक सत्रका लागि असोज ९ गते प्रवेश परीक्षा लिएर त्यसको नतिजाका आधारमा कात्तिक ११ देखि १३ गतेसम्म फारम भर्ने र कलेज छनोटको समय दिएको थियो। तर, उक्त समय अपुग भएको, शुल्कसीमा र मेरिट लिस्टमा समेत चलखेल भएको भन्दै केयुलाई विपक्षी बनाएर विद्यार्थीको तर्फबाट अदालतमा रिट परेको थियो। उक्त रिट उपर सर्वोच्चले १३ गते नै भर्ना प्रक्रिया स्थगत गर्न अन्तरिम आदेश दियो। पछिल्लोपटक अदालतले मंसिर १५ गते शुल्क, योग्यता सूची लागू गर्न आदेश दिएको थियो। लगत्तै अत्तिएका कलेज सञ्चालकसँग पटक–पटक छलफलपछि कलेज अनुकूल हुने र नेपाली विद्यार्थीभन्दा विदेशी विद्यार्थी भर्नामा प्राथमिकता दिने गरी विश्वविद्यालयले यस्तो निर्देशन दिएको हो।
अदालतले मेरिट लिस्ट (योग्यता सूची) का आधारमा मात्रै भर्ना गर्न दिएको निर्देशनलाई समेत केयुले अटेर गरेको छ। अदालतले विश्वविद्यालले मेरिट लिस्ट (योग्यता सूची) का नाममा उच्च माविको नतिजालाई ३० प्रतिशत र प्रवेश परीक्षाको नम्बरलाई ७० प्रतिशत गर्ने गरी भएको निर्णयसमेत औचित्यपूर्ण नभएको ठहर गरेको थियो। यसले सबै विद्यार्थीको प्लस टुको प्रतिशत सबैलाई थाहा नहुने हुँदा उजुरी र न्यायालय जाने बाटोसमेत सहज नहुने बुझाइ कलेज सञ्चालकको छ। तर, केयुले सोही व्यवस्था कायम गरी कलेजअनुसार नै नयाँ सूची निकाल्न निर्देशन दिएको छ। सो नयाँ सूची मंसिर २७ गते प्रकाशन हुने केयुले जनाएको छ।
केयुले ठूलो संख्यामा कलेजलाई म्यानेजमेन्ट सिटका नाममा सिट तोकेर यसको व्याख्या गर्ने छुट दिएको छ। म्यानेजमेन्ट सिटमा मेरिट प्रणाली लागू नहुने गरी चलखेलको ठाउँ छाडिएको छ। त्यसमा पनि अधिकांश कलेजले विद्यार्थी भर्ना फारमसमेत नभराईकन एकमुस्ट ५० देखि ५५ लाख तिर्ने भए मात्रै भर्ना गर्ने भन्दै फर्काइरहेका छन्।
त्यसैगरी कुल सिटको ५० प्रतिशतभन्दा बढी विदेशी विद्यार्थी भर्ना गर्न नपाइने नियममा समेत केयुले मौन बसेर कलेजलाई चलखेलको ठाउँ छाडिदिएको छ। यसअघि प्रवेश परीक्षाबिनै भारतीय विद्यार्थीलाई चर्को शुल्क र पाससम्मको ग्यारेन्टी गरेर भर्ना गर्दै आएका थिए। अदालतले यो वर्ष विदेशी विद्यार्थीको हकमा समेत परीक्षा लिनुपर्ने निर्देशन दिएपछि केयुले आगामी २१ तारिखमा उनीहरूका लागि प्रवेश परीक्षा निर्धारण गरेको छ। तर, यस्तो प्रवेश परीक्षामा कडाइ गर्दा कलेजले भारतीय विद्यार्थी नपाउने भएकाले त्यसका लागि समेत 'सेटिङ' मिलाएको उच्च स्रोतको दाबी छ।
द्वारिकाजमा भएको बैठककै क्रममा डिन राणाले भारतीय विद्यार्थी ४० देखि ४५ वटा प्रश्नको उत्तरमा टिक नलगाई छाड्ने र पछि सबैलाई पास गराउने व्यवस्था गर्ने बचन दिएपछि कलेजले फारम भरेका जति सबै भारतीय विद्यार्थीलाई पढाउनै थालिसकेका छन्। अहिले नोबेल मेडिकल कलेजमा ९५, भरतपुर मेडिकल कलेजमा १ सय ५, मणिपालमा ६७, नेपालगन्जमा ९०, लुम्बिनी मेडिकल कलेजमा ५, विराटमा ३६, नेपाल मेडिकल कलेजमा २२ र काठमाडौं मेडिकल कलेजमा २३ जना विदेशी विद्यार्थीले फारम भरेका छन्। ती सबैलाई भर्ना गराउन सके कलेज सञ्चालकलाई एक विद्यार्थी नेपाली भर्ना गर्नुभन्दा १५ देखि २० लाख अतिरिक्त आम्दानी हुने भएकाले केयुका केही पदाधिकारीको मिलेमतोमा खेल भइरहेको छ।
उच्च स्रोतका अनुसार त्यसका लागि कलेज अफ मेडिकल साइन्सेस भरतपुरका सञ्चालकको नेतृत्वमा नोबेल र नेपालगन्ज मेडिकल कलेज व्यवस्थापनले ५ करोड बुझाउने ग्यारेन्टी गरेका छन्। 'पैसा उठाउन आएको टोली काठमाडौंको होटल मनास्लुमा बसेर बाँकी कलेज सञ्चालकसँग पैसा उठाइरहेको छ,' स्रोतले भन्यो, 'केही कलेजले डिनलाई आफैं मिलाउने भन्दै पैसा दिन इन्कार गरेपछि घटना छताछुल्ल भएको हो।'
काउन्सिल प्रवक्ता डा. कृष्ण अधिकारीले शुल्क सीमा र मेरिट सूचीलगायत विषयमा मन्त्रिपारिषद निर्णयलाई काउन्सिलले समेत कार्यान्वयन गर्ने निर्णय गरिसकेको भन्दै त्यो बाहिर जाने कलेजलाई कानुनअनुसार कारबाही हुने बताए।