काठमाडौं- भारतीय दूतावासअगाडि धर्ना दिन गएका वरिष्ठ मानव अधिकारकर्मी कृष्ण पहाडीसहित तीन दर्जनलाई प्रहरीले पक्राउ गरेको छ। ६७औं विश्व मानव अधिकार दिवसका सन्दर्भमा मानव अधिकार तथा शान्ति समाजद्वारा 'नाकाबन्दी मानवताविरुद्धको अपराध हो, नाकावन्दी मानव अधिकारमाथि कुठाराघात हो' भन्ने मूल नारासहित सञ्चालित १० दिवसीय विशेष अभियानक्रममा दूतावासअगाडि धर्ना दिएको थियो।
भारतले लगाएको नाकाबन्दीका कारण नेपाल र नेपाली नागरिकको मानव अधिकार कुण्ठित हुन पुगेको भन्दै भारतलाई तत्काल नाकाबन्दी अन्त्य गर्न आग्रहसहित धर्ना आयोजना गरिएको थियो। दिउँसो १ बजे धर्ना सुरु हुनेबित्तिकै प्रहरीले पहाडीसहित गंगाधर अधिकारी, होमकान्त चौलागाईं, कृष्ण कँडेल, अर्जुन पराजुली, उत्तम पुडासैनी, रेणुका पौडेल, पुष्पा केसी, बटुकृष्ण ढुंगेललगायतलाई पक्रेको थियो। पक्राउ परेकालाई २ नम्बर प्रहरी गण रानीबारीमा राखिएको समाजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।