काठमाडौं- काँधमा क्यामेरा र ब्याग भिरेर काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा डुलिरहेका एक पर्यटक वैशाख १२ गतेको भूकम्पले गरेको विध्वंश देखेर अचम्मित थिए। जीवनमा कहिल्यै भूकम्पको धक्का महसुस नगरेको बताउने यी स्पेनी नागरिक क्रिस्टियन अर्गुदो भत्किएका संरचना देख्दा जति आश्चर्यचकित थिए, उति नै त्रसित पनि।'भूकम्प आउँदा यहाँ भएका मान्छेलाई कस्तो फिल भएको थियो होला?' उनले भने, 'अहिले यति बेलै त्यस्तै भूकम्प आयो भने?' आफ्नो नजर भत्किएका संरचनातिर डुलाइरहँदा उनको भाव भने त्रस्त नै देखिन्थ्यो।
क्रिस्टियन काठमाडौं उपत्यका घुम्न नेपाल आएका होइनन्। उनी अन्नपूर्ण बेसक्याम्पका लागि आएका हुन्। 'मलाई काठमाडौं घुम्ने रहर थियो। तर अहिलेको अवस्था देखेपछि यहाँ बस्नुभन्दा त पहाडतिरै हिँड्नु ठिक लाग्यो,' उनले भने।
अघिल्ला वर्षमा उपत्यकाका दरबार क्षेत्रहरूमा पर्यटकको चहलपहल निकै बाक्लो हुन्थ्यो। कोही ट्रेकिङ गरेर सुस्ताइरहेको बेला काठमाडौंका पुराना गल्ली चहारिरहेका हुन्थे त कोही काठमाडौं नै घुम्न आएका भेटिन्थे।
पर्यटकीय क्षेत्र वरपरका व्यापारीलाई सामान बिक्री गराउन भ्याइनभ्याई हुन्थ्यो। विभिन्न देशबाट विश्व सम्पदा सूचीमा रहेका सांस्कृतिक सम्पदा अवलोकन गर्न दैनिक हजारभन्दा धेरै पर्यटक आउँथे। थाङ्का, नेपालका प्राकृतिक सम्पदाका तस्बिर खरिद गरिरहेका पर्यटकको संख्या ठूलो हुन्थ्यो। तर वैशाख १२ गतेको भूकम्पमा तीनै सहरका सम्पदामा क्षति पुगेपछि अहिले अवस्था ठिक विपरीत भएको छ। निषेधित क्षेत्रको बोर्ड र टेको लगाएका सम्पदा नियाल्न अहिले पर्यटकहरुको आगमन त्यति देखिँदैन। अधिकांश व्यापारीको अनुहार मलिन देखिन्छ।
यसैबीच, मधेसी मोर्चाको आन्दोलन र भारतको नाकाबन्दीले पर्यटन क्षेत्र झन् मर्कामा पर्योल। क्रिस्टियनजस्ता नेपाल घुम्न आउने पर्यटक टे्रकिङका लागि अन्य स्थानमा जाने भए पनि केही दिन काठमाडौं, ललितपुर, भक्तपुर, स्वयम्भू, पशुपति घुम्ने उनीहरूको प्याकेज नै हुन्छ। तर सांस्कृतिक सम्पदामा पुगेको क्षतिका कारण अहिले उपत्यकाभित्र पर्यटक घुमाउनका लागि स्थानहरू सीमित बनेका छन्। उनीहरूलाई काठमाडौंबाहिरको गन्तव्यमा पुर्या उन पनि ट्राभल एजेन्टलाई हम्मेहम्मे परिरहेको छ।
'रेस्टुरेन्टको मेनु ठूलो भए पनि पाक्ने सामग्री थोरै हुन्छ,' क्रिस्टियनले भने, 'ब्लकेडले गर्दा पकाउनको लागि ग्यास छैन र सामग्रीहरू पाउन ग्राहो छ भन्छन्।' कहिल्यै यस्ता किसिमका समस्या नभोगेका उनी र उनको समूहलाई यो पनि आफैंमा नौलो अनुभव थियो।
'हामीलाई पनि घरपरिवारले यस्तो बेला नेपाल नजान सुझाएका थिए,' उनले भने, 'निकै पहिलादेखि नै प्लानिङ गरेकाले क्यान्सिल गर्न मन लागेन। तर भूकम्पको यो रूप देखेपछि त क्यान्सिल गरेको भए हुन्थ्यो जस्तो पनि लाग्छ।'
पर्यटक आगमनमा कमी
सरकारी तथ्यांकले नेपाल घुम्न आउने पर्यटकको संख्यामा कमी आएको देखाउँछ। सन् २०१४ को जनवरीदेखि अक्टोबरसम्म नेपाल भ्रमणमा हवाई मार्गबाट आउने कुल पर्यटक संख्या ६ लाख ५२ हजार ६ सय ५५ रहेकोमा यस वर्षको सोही अवधिमा ४६ प्रतिशतले कमी आई ३ लाख ३ सय २५ पर्यटकमात्र भित्रिएका छन्। हवाई मार्गबाट आउने पर्यटकको बसाइ अवधि गत वर्ष १२.४ दिन रहेकोमा सन् २०१५ को जनवरीदेखि अक्टोबरसम्मको अवधिमा ६ दिनमा सीमित भएको छ।
दुई साताअघि देशको वर्तमान अवस्थाबारे श्वेतपत्र जारी गर्दै सरकारका अर्थमन्त्री विष्णु पौडेलले यो वर्ष पर्यटक आगमन ह्वात्तै घटेको तथ्यांक प्रस्तुत गरेका थिए। पौडेलले श्वेतपत्रमा उल्लेख गरेअनुसार, अघिल्लो वर्षको असोज–कात्तिकमा पर्यटकीय होटलका कोठा ९० देखि ९५ प्रतिशत भरिएकोमा चालू वर्षको यही अवधिमा १५ देखि २० प्रतिशतमात्र भरिएको छ। असोज–कात्तिक (सेप्टेम्बर, अक्टोबर) सबैभन्दा धेरै विदेशी नेपाल आउने समय हो।
हवाई इन्धन उपलब्ध हुन नसक्दा दुईतर्फकै लागि आवश्यक इन्धन बोक्नुपरेकाले अन्तर्राष्ट्रिय उडान पूर्ण यात्रु क्षमतामा सञ्चालन हुन सकेका छैनन्। आन्तरिक उडान पनि ७५ प्रतिशतसम्म कटौती भएकाले पर्यटकको संख्यामा कमी आएको छ। संस्कृति तथा पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्याय ट्राभल, टुर, ट्रेकिङको व्यापार १५ प्रतिशतले घटेको बताउँछन्।
मारमा पर्यटन व्यवसाय
पर्यटन व्यवसायीका अनुसार, अगस्टदेखि नोभेम्बरसम्म नेपालमा पर्यटनका लागि 'पिक सिजन' हो। सरकारी तथ्यांकअनुसार, समग्र पर्यटन क्षेत्रको रोजगारीमा अघिल्लो वर्षको यही अवधिको तुलनामा २६ प्रतिशतले कमी आएको छ। आवश्यक पर्ने आधारभूत इन्धनको व्यवस्था हुन नसक्दा धेरैजसो रेस्टुरेन्ट बन्द छन्। सञ्चालनमा रहेकाहरूले पनि मेनुको सूची कटौती गरेर 'नाकाबन्दी मेनु' ल्याएका छन्।
नेपाल पर्यटकीय हिसाबले निकै राम्रो गन्तव्य थियो। सडक र हवाई मार्गबाट बर्सेनि १० लाखको हाराहारीमा पर्यटक नेपाल आउँथे। पदयात्राका लागि अन्नपूर्ण, खुम्बुलगायतका क्षेत्रहरू चर्चित छन्। पहिला प्राकृतिक प्रकोपको पीडा र अहिले नाकाबन्दीले यो क्षेत्र थप समस्यामा रहेको नेपाल एसोसियसन अफ ट्राभल एन्ड टुरिज्मका पूर्वअध्यक्ष रामकाजी कोने बताउँछन्। 'हुन त भूकम्प र नाकाबन्दीले नछोएको क्षेत्र त कुन होला र?' उनी भन्छन्, 'देशको अर्थतन्त्रमा भारी योगदान पुर्या उने यो क्षेत्र धरासायी बन्दै गएकोमा हामी चिन्तित छौं।'
पहिला भूकम्प गए पनि अन्य ठाउँलाई लक्षित गरेर 'नेपाल घुम्न आऊ, घुम्नका लागि नेपाल सुरक्षित छ' भनेर प्रचारप्रसार भएको थियो। कोने त अब त्यो अवस्था पनि नरहेको बताउँछन्। 'बोलाएर मात्र के गर्ने, इन्धन अभावका कारण उनीहरूले रुचाएको ठाउँ घुमाउन पनि सक्दैनौ,' उनले भने, 'होटलमा राम्रो सुविधा नै नभएपछि कसरी राम्ररी बस्न सक्छन् र!'
भूकम्पले नदिएको पीडा नाकाबन्दीले दिएको उनको गुनासो छ। 'भूकम्प गए पनि पर्यटकका लागि सुरक्षित छ भनेर अन्य ट्रेकिङ रुटबारे जानकारी दिएकै थियौं,' उनले भने, 'अहिले पनि सबैले आआफ्नो क्षेत्रबाट सरकारलाई दबाब दिइरहेका छौं।' उनका अनुसार, एक जना पर्यटक एयरपोर्टमा ओर्लिदा ९ जनाले प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी पाउँछन्। अहिले यो अवस्था छैन।
तराईमा जारी आन्दोलन र नाकाबन्दीका कारण देशको आर्थिक मुद्दा संकट परेको पर्यटन वर्ष २०११ का राष्ट्रिय संयोजक योगेन्द्र शाक्य विश्लेषण गर्छन्। 'हामीले यो समस्या सडकबाट होइन सदनबाट सुल्झाउनुपर्छ भनेर दबाब दिइरहेका छौं,' उनी भन्छन्।
अहिले देशका विभिन्न पर्यटकीय स्थलमा पर्यटकको चहलपहल निकै घटेको छ। ठमेलमा बाँसुरी र पोस्टकार्ड बिक्री गर्दै आएका व्यापारी, सारंगी बजाउनेदेखि ठूला होटल, ट्राभल एजेन्सीसम्मको व्यवसाय चौपट भएको छ। देशको कुल ग्राहस्थ उत्पादनमा करिब ५ प्रतिशत योगदान गर्ने पर्यटन उद्योगले ठूला होटल र ट्राभल एजेन्सीलाई मात्र नभई अन्य क्षेत्रलाई समेत योगदान पुगिरहेेको शाक्ले बताए। 'अहिले विभिन्न होटल सञ्चालन त भइरहेका छन्, नाकाबन्दीका कारण पर्यटक नै आउन छाडिसके,' उनले थपे, 'पर्यटकहरू आए पनि इन्धन अभावले अहिले सेवासुविधा दिनै मुस्किल छ।'
अहिलेको अवस्थामा पर्यटक आए पनि उनीहरूले खोजेजस्तो खाना खुवाउन सकिने अवस्था छैन। अधिकांश होटलले अहिले दाउरामा खानेकुरा पकाउन थालेका छन्। नेपालको पर्यटन व्यवसायले १० वर्ष लामो सशस्त्र द्वन्द्वमा समेत यस्तो दयनीय अवस्था भोग्नु नपरेको पर्यटन व्यवसायीहरू बताउँछन्।
भूकम्पपछि काठमाडौंका सबै सम्पदा पूर्ण रूपमा क्षति नभएकाले पर्यटकहरू पशुपति, स्वयम्भू, नारायणहिटी दरबार घुम्ने गरेको संस्कृति तथा पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताए। 'दरबार स्क्वायरमा पनि पर्यटक आइरहेका छन्,' उनी भन्छन्, 'हामीले पुनर्निर्माण तथा पर्यटकीय क्षेत्र प्रवर्द्धनका कार्यक्रम अघि बढाइरहेका छौं।'
उनका अनुसार, मन्त्रालयले पहिलो चरणमा १ अर्बमा ४६ वटा कार्यक्रम र त्यसपछि ३ अर्ब लागतमा कार्यक्रम गर्ने लक्ष्य लिएको छ। यसका लागि अर्थ मन्त्रालयलाई प्रस्ताव गरिसकेको र विभिन्न देश र संस्थाले पुरातात्िवक सम्पदाको पुनर्निर्माण गरिदिन लागेको उनले बताए। 'पाटनको पुरातात्िवक सम्पदाको पुनर्निर्माणका लागि चीन सरकारसँग समझदारी पत्र (एमओयु) भइसकेको छ। काठमाडौं दरबार स्क्वायर युनेस्कोले बनाउने भएको छ,' उनले जानकारी दिए।
भूकम्पले १६ जिल्लाका ६ सय ९१ वटा ऐतिहासिक संरचनामा असर गरेको थियो। पुरातत्व विभागका अनुसार, यीमध्ये १ सय ३१ वटा संरचना पूर्ण रूपमा नष्ट छन् भने ५ सय ६० वटामा क्षति पुगेको छ। विभागले काठमाडौं उपत्यकाभित्रका १ हजार १ सय ४५ वटा स्मारकको तथ्यांक संकलन गरेको छ।
भूकम्पका कारण नेपालका २० जिल्लाका सम्पदामा ठूलो असर परेको छ। ती सम्पदाहरूको पुनर्निर्माणका लागि विभागले भूकम्प गएको दिनदेखि नै कर्मचारीलाई विभिन्न स्थानमा परिचालन गरेको विभागका महानिर्देशक भेषनारायण दाहाल बताउँछन्। रेकर्ड राख्ने, इन्भेन्ट्री बनाउने र ती सम्पदा जस्ताको त्यस्तै बनाउनको लागि राष्ट्रिय–अन्तराष्ट्रिय दातृ निकायसँग पत्राचार गर्ने काम ती कर्मचारीले गदर्ैैछन्।
सरकारले पुनर्निर्माण प्राधिकरणको गठन गर्ने भने पनि विधेयक पारित हुन ढिलो भएपछि पुनर्निर्माणको प्रक्रिया अनिश्चित बनेको छ। प्राधिकरणको गठन भई बजेट विनियोजन हुन नसकेपछि विभागले क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण र संरक्षणका लागि संस्कृति तथा पर्यटन मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग २ अर्ब रुपैयाँ माग गरेको छ।
पर्यटन वर्ष २०११ का राष्ट्रिय संयोजक योगेन्द्र शाक्यका अनुसार धेरैभन्दा धेरै पर्यटक नेपालमा घुम्नमात्र नभई यहाँका पुराना मठ–मन्दिर, पाटी–पौवा र दरबारको अवलोकनका लागि पनि आउँछन्। 'नेपालमा पर्यटक खालि हिमाल हेर्न आउँछन् भनेर सोच्नु गलत हो,' उनले भने, 'यहाँका पुराना मन्दिर र दरबारहरूले पनि उनीहरूलाई आकर्षित गर्छ।'
'पर्यटकलाई कुनै प्राकृतिक प्रकोपका कारण गाह्रो–साङ्ग्रो परेको छ भनेर बुझाउन सजिलो हुन्छ,' उनी भन्छन्, 'उनीहरूलाई राजनीतिक कारणले गर्दा समस्या भइरहेको छ भन्यो भने नकारात्मक असर पर्छ। पुनः फर्किएर आउँदैनन् र कसैलाई जान पनि सुझाउँदैनन्।'
मानवनिर्मित समस्याले पर्यटन क्षेत्रमा दीर्घकालीन नकारात्मक असर हुने उनको तर्क छ। २०११ मा पर्यटन वर्ष मनाउँदा पनि सबैले राजनीतिक दललाई बन्दहडताल नगरिदिन आग्रह गरेका थिए। 'अहिले मधेसमा यस्तो भइरहेको छ, त्यसैले हामी संकटमा छौं भनेर भन्यौ भने उनीहरू आत्तिन्छन्,' उनले भने, 'नेपालमा कुनै पनि बेला जे पनि हुन सक्छ भनेर उनीहरू त्रसित हुन्छन्।'
काठमाडौं दरबार स्क्वायरबाट बाहिरिँदै गर्दा क्रिस्टियनको मनमा उब्जिएको प्रश्न थियो, 'मैले भूकम्पअघि यी दरबारहरूको फोटो हेरेको थिएँ। एकदमै लोभलाग्दो थियो। के अब फेरि यी त्यत्तिकै सुन्दर देखिन्छन्?'
सरकारी आश्वासन
सरकारी अधिकारीहरूका अनुसार कुनै पनि सम्पदाको पुनर्निर्माण गर्नु भनेको बाटो, घर र पुल बनाएजस्तो होइन, यो बनाउन निकै समय लाग्छ। नेपालमा पहिलोजस्तो जनशक्ति पनि छैन। पहिले तालिम प्रदान गरेर जनशक्तिकै विकास गर्नुपर्छ। काठमाडौं महानगरपालिकाका प्रमुख रुद्रसिंह तामाङ भन्छन्, 'काम भइरहेको छ तर यो कहिले पूरा हुन्छ, समय तोक्न सकिँदैन।'
भूकम्पले ध्वस्त संरचनाहरूको पुनर्निर्माणका लागि निरन्तर काम भइरहेको सरकारी अधिकारी दाबी गर्छन्।
ऐतिहासिक सम्पदालाई पुरानै रूपमा फर्काउन धेरै व्यवधान छन्। पहिलो समस्या त यो क्षेत्रमा जनशक्तिको अभाव छ। पुनर्निर्माण क्रममा काठ, इँटाकै अभाव देखिन सक्छ।
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका भूकम्पले क्षति पुगेका सम्पदाको पुनर्निर्माणका लागि विभागसँग सहकार्य सुरु गरेको छ। विभागले काष्ठमण्डप र माजुदेवलको ड्रइङ डिजाइन दिइसकेको छ। काष्ठमण्डपको पुनर्निर्माणबाट काम सुरु गर्ने महानगरपालिका सम्पदा तथा पर्यटन विभागका प्रमुख नारायणबाबु भट्टराई बताउँछन्। 'विभागले इन्जिनियरसँग मिलेर डिजाइन बनाइरहेको छ। त्यो प्राप्त भएपछि काम अगाडि बढाउँछौं,' उनले भने।
यस्ता सम्पदा स्वामित्वको जिम्मेवारी पुरातत्व विभागको भएकाले आफूहरू विभागको सुपरिवेक्षणमा अगाडि बढ्ने उनले बताए। विभाग, गुठी संस्थान र महानगरपालिकाले ती संरचना बनाउन कुन सामग्री कसरी राख्ने भन्ने कुरा निर्धारण गरेपछि काम सुरु हुनेछ।
यस्ता सम्पदाको पुनर्निर्माण महानगरपालिका एक्लैले गर्न नसक्ने भएकाले अन्य निकायको सहयोगसँगै नगद र प्राविधिक सहयोग आवश्यक पर्ने उनको भनाइ छ। 'कुनै मन्दिर अलिअलि मात्र चर्किएको छ। त्यसलाई मर्मत गर्ने कि पूरै पुनर्निर्माण गर्ने भन्ने निर्णय गर्न कठिन भइरहेको छ,' भट्टराईले समस्या दर्शाए।
विश्व सम्पदा सूचीमा परेका क्षेत्र, पुरातात्विक महत्व बोकेका क्षेत्र र पुरातात्िवक महत्वबाहिर परेका क्षेत्र गरी ३ खालका सम्पदामा भूकम्पको क्षति पुगेको छ। यसका लागि महानगरपालिकाले ९२ करोड बराबरको आवश्यकता पहिचान गरेर विपद्पछिको आवश्यकता आँकलन (पिडीएनए) मा उल्लेख गरेको छ।
'कैयौं वर्षअघि बनेको भवन जस्ताको त्यस्तै स्वरूपमा बनाउन पनि समस्या पर्ने हुनाले धेरै कुरा अड्केको छ,' काठमाडौं महानगरपालिकाका प्रमुख रुद्रसिंह तामाङले भने, 'यसको पुनर्निर्माणका लागि समय र पैसाको लगानी थुप्रो हुन जान्छ।' महानगरपालिकाले २ अर्ब रुपैयाँको लागतमा थापाथलीको कालमोचनदेखि टेकुसम्म सम्पदा मार्ग बनाउन लागेको पनि उनले जानकारी दिए। यसका लागि कम्तीमा ५ वर्ष समय लाग्ने महानगरपालिकाको अनुमान छ।