भक्तपुरको नगरकोट पुग्ने सडक निर्माणमा ढिलाई भएपछि दवावस्वरुप सोमबार नगरकोटको वडा कार्यालय सडकमा सारेर काम गरिएको छ। टेबललगयतका सामानसहित सडकमा लगेर व्यंग्यस्वरुप वडा कार्यालयबाट हुने काम सडकमै गरिएको हो।
भक्तपुरबाट नगरकोट पुग्ने अधिकांश सडक जिल्लाको चाँंगुनारायण नगरपालिका वडा नं ६ नगरकोटमा पर्दछ। त्यसकारण चाँंगुनारायण नगरपालिका वडा नं ६ को कार्यालयले व्यंग्यस्वरुप दवाव दिन वडा कार्यालय नगरकोट सडकमा सारेर सेवा दिएको हो।
विहान १० बजे कार्यालय समयमै मेचटेवल वडाको लामा टोल सडकमा राखेर वडाको काम गरिएको थियो। वडाबासीहरुले वडा अध्यक्षबाट त्यही सडकमै पुगेर काम लिएका थिए। चाँंगुनारायण नगरपालिका ६ का वडा अध्यक्ष धनबहादुर लामाले सडक निर्माण छिटो सम्पन्न गर्न दवाव दिन व्यंग्यस्वरुप यसो गरिएको जनाए। ‘विहान १० बजेदेखि सडकमै टेबल राखेर सेवाग्राहीको काम थालेको हुँं, वडा अध्यक्ष लामाले नागरिकसँंग भने, ‘जे गर्दा पनि सडक पुननिर्माणमा ढिलाई भएकाले दवावस्वरुप यो काम गरेको हुँं।’ यसो गर्दा पनि प्रभाव नभए दवावमूलक कार्यक्रमलाई अझ अघि वढाउने योजना वडा अध्यक्ष लामाले सुनाए।
टेबुलकुर्सीसहित वडा कार्यालय सडकमा पुगेकाले वडाबासीले त्यही पुगेर सेवा लिएका थिए। वडा अध्यक्ष लामाले भक्तपुर नगरकोट सडक तत्काल निर्माण गर भन्ने ब्यानर नै टाँसेर राखिएको टेवलमा बसेर वडाबासीलाई सेवा पुर्याएका थिए।
अध्यक्ष लामाले भने, ‘धेरै समय भयो सडक बनेन। ठेकेदार र सरकारको ध्यानाकर्षण गर्न मैले सडकबाट नै जनताको काम गरेको हुँ।,’ दुई वर्षभित्र सकाउने योजनासहित सुरु भएको काम आठ वर्ष भइसक्दा पनि सकेको छैन। भक्तपुरको कमलविनायक भत्केको पाटीबाट नगरकोट पुग्ने १६ किलोमिटर लामो सडक आर्थिक वर्ष २०७२र७३ भित्र सम्पन्न गरिसक्ने गरी एक्जिम बैंक इन्डियाको सहयोगमा विस्तार कार्य भएको थियो। आरामाली इन्फ्रा पावर लिमिडेट र शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालिले संयुक्त रुपमा सडक निर्माणको जिम्मा पाएको थियो। सडक विभाग अन्तर्गतको भक्तपुर( नगरकोट( सिपाघाट सडक विस्तार योजना अन्तर्गत काम भएको हो।
चार मिटर फराकिलो चौडाईको दुई लेनको सडकलाई सात मिटरको चार लेन फराकिलो गरी कालोपत्रे बनाउने योजना चलिरहेको छ। तर त्यो कछुवा गतिमा छ। नगरकोट नाल्दुम पर्यटन बिकास समितिका अध्यक्ष नवीन गुरुङले सडक बनाउन चाँंगुनारायणका नगर प्रमुख, सासद, मन्त्री, प्रधानमन्त्रीसम्म पुग्दा पनि कुनै प्रगति हुन नसकेको दुःखेसो पोखे। सडककै कारण नगरकोट आउने पर्यटकहरु अन्यत्र जाने गरी नगरकोट पर्यटकविहीन हुन बाध्य भएको उनले बताए।
सडक विभागअन्तर्गत भक्तपुर( नगरकोट( सिपाघाट सडक विस्तार योजनाले ३१ करोडको लागतमा विस्तार कार्य गरिरहेको छ। पहिलो चरणमा भक्तपुर( नगरकोट जाने सडक विस्तार सुरु गरेको हो। सडक साँघुरो हुँदै गएको, सडक मिचेर घर टहरा, पसल निर्माण विस्तार हुँदै गएर अव्यवस्थित भएपछि आयोजनाले मापदण्ड विपरितको घरटहरा भत्काउँदै २०७१ सालबाट सडक विस्तार गर्न सुरु गरेको थियो। पहिलो चरणको योजनापछि नगरकोटबाट करिव २० किलोमिटरको सिपाघाटसम्मको सडक विस्तार गर्ने योजना रहेको जनाइएको छ।
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।
त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।
उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।
'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'
प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।
सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।