छुट्टाछुट्टै दुर्घटनामा आठको मृत्यु
०२ माघ २०६६
•
६ मिनेट पाठ
छुट्टाछुट्टै दुर्घटनामा आठको मृत्यु
उपेन्द्र लामिछाने/अजीत तिवारी, वीरगन्ज/विराटनगर माघ २- शनिबार भएका छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। मोरङमा ३, झापामा २, सप्तरीमा १ र हेटौंडामा २ जनाको मृत्यु भएको हो। यी घटनामा दुई दर्जनभन्दा बढी घाइते भएका छन्। दुर्घटनाको मुख्य कारण बाक्लो हुस्सु बताइएको छ।

ट्रिपरको ठक्करबाट शनिबार दिउसो हेटौंडामा दुई युवकको मृत्यु भएको छ। हेटौंडाबाट वीरगन्जतर्फ जाँदै गरेको ना १ क २७२८ नम्बरको ट्रिपरको ठक्करले  दिउँसो करिब ३ बजे हेटौंडातर्फ जाँदै गरेका दुई  मोटरसाइकललाई एकै पटक ठक्कर दिँदा दुवैका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।  एक जना घाइतेसमेत भएका छन्।

ट्राफिक प्रहरीका असई डण्डीराज आचार्यका अनुसार मृत्यु हुनेमा ना १ प ७२८६  नम्बरका मोटरसाइकल चालक  चुरियामाई–२ निवासी रामबहादुर महत र ना २ प ५०६७ नम्बरका मोटरसाइकल चालक पर्सा निर्मलबस्तीका वेदबहादुर खड्का छन्। खड्का नेपाली सेनामा कार्यरत् रहेको प्रहरीको प्रारम्भिक जानकारी छ। त्यसैगरी रामबहादुर महतको पछाडि बस्ने सुमन पौडेल भने बाँच्न सफल भएका छन्। उनको हेटौंडा अस्पतालमा उपचार हुँदैछ।

तीब्र गतिमा आएको ट्रिपरले उल्टो साइडमा गएर मोटरसाइकललाई  ठक्कर दिएको  प्रहरीले जनाएको छ। सामान्य घाइते ट्रिपर चालकको पनि उपचार हुँदै गरेको छ। 

पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङको बेलबारीमा पूर्वबाट पश्चिमतर्फ आइरहेको को १ ख १०१३ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। दुर्घटनामा मोरङ बनिगामा–१ का २२ वर्षीय मनोज भगत, सोही ठाँउका ३८ वर्षीय गोपाल परियार र बनिगामा ५ का ३५ वर्षीय नेम नारायण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। नेमनारायणको घट्नास्थलमै मृत्यु भएको र बाँकीको विराटनरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

घाइतेमध्ये ६ जनाको अवस्था चिन्ताजनक छ। उनीहरुको उपचार विराटनगरस्थित न्युरो अस्पताल र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ। दुर्घटनामा गम्भीर घाइते हुनेमा बनिगामा–१ का ३० वर्षीय पुरन्धर साह, बनिगामा ५ का ४० वर्षीय शिवनारायण चौधरी र मोरङ रामपुर–९ की ३५ वर्षीया शिरु चौधरी छन्। घाइते अन्य यात्रुको अवस्था समान्य छ। अन्य घाइतेको इटहरीस्थित सामुदायिक अस्पताल, बेलबारीलगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उता शनिबार नै झापाको सतासीधाममा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ। मे १ ख ८५६ नम्बरको बसले वा ३५ प ८८७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार मोरङ केरौनकी २३ वर्षीया तारा कटुवालको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक झापा शिवगन्जका अनन्त राजवंशी गम्भीर घाइते छन्। झापामै शुक्रबार राति पूर्व पश्चिम राजमार्गको झापा सुरुङ्गा–२ मा एउटा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको सिक्किमका ४५ वर्षीय बालकृष्ण दाहाल छन्।

यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुरमा शनिबार भएको दुर्घटनामा सवारीको ठक्करबाट एक भारतीय युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत लुधियाना घर भएका १७ वर्षीय सिकेन्दर नाम गरेका व्यक्ति छन्। नम्बर नखुलेको सवारी साधनको ठक्करबाट घाइते अवस्थामा कल्याणपुर–२ मा भेटिएका सिकेन्दरको उपचारको क्रममा सगरमाथा अञ्चल अस्पताल राजविराजमा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने सवारी साधनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्राय: सबै दुर्घटना बाक्लो हुस्सुका कारण भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

यता मौसममा सुधार नआएका कारण विराटनगरमा शुक्रबार बिहानदेखि रोकिएको विमान सेवा शनिबार अपराह्नदेखि सुचारु भएको छ। मौसम सफा नहुँदा विमान सेवा अवरुद्ध भएपछि सयौं यात्री अलपत्रमा परेका छन्।
अर्को समाचार
दुर्घटनामा आठको मृत्यु
२० माघ २०७६
•
५ मिनेट पाठ
दुर्घटनामा आठको मृत्यु
काठमाडाैं – सुनसरी र सर्लाहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी आठजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको रामधुनीमा आइतबार बिहान हायस र बस आपसमा ठोक्किँदा पाँचजनाको मृत्यु भएको हो भने १२ जना घाइते भएका हुन्। त्यस्तै सर्लाहीमा शनिबार राति भएका दुई दुर्घटनामा तीनजनाको मृत्यु भएको हो।

रामधुनीमा भएको दुर्घटनाका सबै मृतक हायसमा सवार यात्रु हुन्। बिहान साढे ७ बजेतिर रामधुनी–२ मा चन्द्रगढीबाट काठमाडौं जाँदै गरेको ना५ख ३१५७ नम्बरको हायस र पोखराबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना६ख ७९५ नम्बरको बस आपसमा ठोक्किएका थिए। उक्त दुर्घटनामा परी घटनास्थलमै मृत्यु हुनेमा धादिङ बैरेनी घर भएका २८ वर्षीय दीपक खड्का, झापा भद्रपुर घर भई काठमाडौं–२३ बस्ने ७५ वर्षीय हेमराज कोइराला र ६५ वर्षीया डोलमाया कोइराला रहेको प्रहरीले जनाएको छ। सोही दुर्घटनामा परी भक्तपुर बस्ने १७ वर्षीया गरिमा गौतम र झापा भद्रपुर–१० का ४५ वर्षीय टंकप्रसाद काफ्लेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा उपचारका क्रममा मृत्यु भएको हो।उक्त दुर्घटनामा परी घाइते हुनेमा१० जना हायसका र तीनजना बसका यात्रु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ट्राफिक प्रहरीका अनुसार घाइतेमध्ये झापा धरमपुर–९ का ३७ वर्षीय होमबहादुर कार्की र झापाकै ३५ वर्षीया सावित्रा राईको अवस्था गम्भीर छ। कार्कीको बिपी धरान र राईको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

दुर्घटनामा परी घाइते हुने बाकी १० जनामा हायसमा सवार झापा दमक–३ कै ३० वर्षीय बमबहादुर बस्नेत, भद्रपुरका १२ वर्षीय विन्यास काफ्ले, मोरङ पथरी–३ का ४९ वर्षीय डिल्लीराम सापकोटा, भद्रपुर–१० की ४१ वर्षीया ताराकुमारी राय र ३८ वर्षीया माया काफ्ले छन्। त्यस्तै झापा कचनकवल–२ का २५ वर्षीय श्रीकृष्ण चौहान, काठमाडौं अनामनगरका सुधीर श्रेष्ठकी सात वर्षीया छोरी अग्रता र सोही ठाउँकी २८ वर्षीया रमुना श्रष्ेठ पनि घाइते भएका छन्। घाइते हुने अन्यमा बसमा सवार हेटौंडाका ३८ वर्षीय वेदनाथ घिमिरे, मोरङ लेटाङ–२ का ३७ वर्षीय खगेन्द्र नेपाल, झापा कमल–२ का २६ वर्षीय राजकुमार शर्मा छन्। घाइतेहरूको धरान बिपीसहित विराटनगरको गोल्डेन र इटहरीको एपेक्स हस्पिटलमा उपचार भइरहेको छ। ‘बिहानको समयमा दुवै सवारीसाधन तीव्र गतिमा रहेको र हायसले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको पाइयो,’ जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले भने।

त्यसैगरी सलाहीको गोडैता नगरपालिका–७ मोहन चोकमा नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार सर्लाही मलंगवा–२ निवासी २० वर्षीय उपेन्द्र सोनार र २० वर्षीय राजेन्द्र यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। बरहथवास्थित लौकठ हीरापुरबाट सदरमुकाम मलंगवातर्फ आइरहेको बिआर३०एच ६७९८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चारचक्के सवारीसाधनले ठक्कर दिएको थियो। मोटरसाइकल चलाइरहेका सोनारको घटनास्थलमै तथा यादवको सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा उपचार गर्दागर्दै आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिएर फरार रहेको सवारीसाधनको खोजी भइरहेको प्रहरीको भनाइ छ।

यस्तै लालबन्दी–१६ परवानीपुरमा शनिबार साँझ मोटरसाइकलको ठक्करबाट एक स्थानीय वृद्धाको मृत्यु भएको छ। रानीगन्जबाट परवानीपुरतर्फ गइरहेको ना१९प २१६० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७० वर्षीया जोककुमारी थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस