चितवन-हात्तीको आचरण विपरित काम गरेको भन्दै संरक्षणकर्मीले विरोध गरेपछि सौराहामा हुने हात्ती महोत्सवको मुख्य गतिविधि हात्ती दौड प्रतियोगिताको आयोजकहरुले नाम परिवर्तन गरेका छन् ।महोत्सवका बारेमा जानकारी दिन सोमबार बिहान सौराहामा भएको पत्रकार सम्मेलनमा हात्ती दौडलाई 'इलाफेन्ट फाष्ट वाक' नामाकरण गरेको महोत्सव मुल संयोजक सुमन घिमिरेले बताए ।
सौराहामा १२ वर्षदेखि हात्ती दौड हुँदै आएको छ । हात्ती दौड सुरु भएसँगै संरक्षणकर्मीले विरोध गर्दै आएका छन् । 'यो कार्यक्रम हात्ती मैत्री बनाउँदै लैजान हामी सचेत छौं । विस्तारै महोत्सवको ढाँचा परिवर्तन गर्दै आएका छौं' मुल संयोजक घिमिरेले भने । हात्तीलाई गत वर्षदेखि एक तर्फी दौडाउँदै आएकोमा यो पटक दौडको रुपमा नभएर हात्तीलाई छिटो हिडाउने मात्रै कार्यक्रम रहेको उनले बताए ।
यो पटक पुस ११ गते सुरु भएको कार्यक्रम पुस १५ गतेसम्म सञ्चालन हुने छ । अन्तराष्ट्रिय हात्ती दौडको नामाकरणमा सुरु भएको कार्यक्रमलाई पछिल्ला केही वर्षयता हात्ती महोत्सव भनेर प्रचार गर्दै आइएको छ ।
हात्तीका छावाहरुको फुटबल र हात्ती सुन्दरी प्रतियोगीता पनि सञ्चालन हुने छ । 'यो पटक हात्तीलाई नदौडाइ छिटो हिँडाएर विजेता घोषित गराउन खोज्दै छौं । यो कार्यक्रम कस्तो हुन्छ ? यदी प्रभावकारी भएन भने अर्को वर्षबाट हात्ती दौडको कार्यक्रम रोक्छौं । अन्य कार्यक्रम थपेर महोत्सव जारी नै रहन्छ' घिमिरेले भने ।
हात्ती जस्तो पूर्ण घरपालुवा भइ नसकेको भिमकाय जनावरलाई दौडाउनु हात्तीको स्वभाव विपरितको काम भएको संरक्षणकर्मीहरुले बताउँदै आएका थिए । पर्यावरण र पशु अधिकारका क्षेत्रमा काम गर्ने जिल्लाका विभिन्न व्यक्तिहरुले मंसिर २३ गते हात्ती दौड रोक्न माग गर्दै आयोजकहरुलाई ज्ञापनपत्र बुझाएका थिए ।
'हात्ती यस्तो जनावर हो जस्ले आफ्नो स्वभाव विरोधी काम सहन सक्दैन । त्यसो भएमा तनावमा आएर प्रतिरोध गर्छ । त्यसैले हात्ती दौड हात्तीको आचरण विरोधी काम हो भन्दै आएका छौं' ज्ञापनपत्र बुझाउनेमध्येका त्रिविका सह प्रध्यापक तथा पशु चिकित्सक डा.कृष्ण काफ्लेले भने । संरक्षणकर्मीहरु छावाको फुटबलको पनि विरोधमा छन् ।