काठमाडौं- वन मन्त्रालयले हचुवाका भरमा ३१ वटा जिल्लाका सामुदायिक वनमा वार्षिक वृद्धिदरको सतप्रतिशत काठ काट्न दिने निर्णय गरेको छ। वनमन्त्री अग्नी सापकोटाको निर्णयपछि वन विभागको एक वर्षअघिको हरिया रुख काट्ने प्रयास सफल भएको छ। वन विभागको अघिल्लो नेतृत्वले पनि रुख काट्ने निर्णय गराउन पटकपटक प्रयास गरेको थियो। तत्कालीन वनमन्त्री महेश आचार्यले त्यसलाई रोकिरहेका थिए।
जानकारहरु भूकम्प पीडितहरुको वास्तविक मागको लेखाजोखा र कटान, बिक्रीवितरण अनुगमन संयन्त्र नै नबनाई गरिएको यो निर्णयले स्थानीय तहदेखि केन्द्रसम्म भ्रष्टाचार मौलाउने बताउ"छन्। मन्त्रालयले अहिलेसम्म भूकम्प पीडितलाई आवश्यक काठको वास्तविक आकडासमेत तयार गरेको छैन।
मन्त्री सापकोटाले भूकम्प प्रभावित जिल्लाका सामुदायिक वनको वार्षिक वृद्धिदरको सतप्रतिशत काट्न दिने निर्णय गरेका हुन्। यो निर्णय दुई वर्षका लागि गरिएको हो। वन प्रशासनले देशभरका सामुदायिक वनबाट अवस्था हेरेर वार्षिक वृद्धिदरको ६० देखि ७५ प्रतिशत काठ काट्न दिने व्यवस्था यसअघि गरेको छ। तर व्यवहारमा पचास प्रतिशतभन्दा काट्न नदिइएको सरोकारवाला बताउ"छन्।
पछिल्लो निर्णयले सामुदायिक वन उपभोक्ता समूह, ठेकेदार र जिल्ला वन कर्मचारीबीच मिलोमतोमा जथाभावी रुपमा काठ काट्ने र वितरण हुने सम्भावना बढेको जानकार बताउ"छन्।
'वन प्रशासनले अघिल्लो वर्षदेखि नै काठ काट्ने दाउ हेरिरहेको थियो। अहिले भूकम्प पीडितलाई बहाना बनाएर निर्णय गर्योन,' सामुदायिक वन उपभोक्ता महासंघका पूर्व महासचिव भोला भट्टराईले नागरिकस"ग भने, 'निर्णय गर्दैमा वास्तविक भूकम्प पीडितले काठ पाउ"छन् भन्ने के प्रत्याभूति छ? जंगल फडानी गर्ने काममा पनि ठूलै तस्करहरुको चलखेल छ।'
उनका अनुसार सामुदायिक वनको कार्ययोजना पनि वैज्ञानिक छैन। 'एउटा वनको कार्ययोजना सबैले नक्कल गरेका छन्। ती कार्ययोजनामा वनजंगलमा रुख पनि छैनन्। गलत कार्ययोजनालाई आधारमा मानेर सतप्रतिशत उत्पादन काट्दा वन मासिने सम्भावना बढी हुन्छ,' भट्टराईले भने।
सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष गणेश कार्की पनि काठ कटान र बिक्रीवितरण संयन्त्र बनाउनुपर्ने बताउ"छन्। 'सरकारी निर्णय स्वागतयोग्य छ। विकृति सबै क्षेत्रमा छन्। यहा" पनि हुन सक्छ। त्यसलाई नियन्त्रण गर्न सरकारले नागरिक समाज र सरोकारवालाको सहभागितामा संयन्त्र बनाएर मात्र काठ निकाल्ने र बिक्रीवितरणको काम गर्नुपर्छ,' उनले भने।
नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघका महासचिव भूपेन्द्रप्रसाद चौलागाईं काठ बिक्रीवितरणमा चलखेल गर्ने उद्देश्यले यो निर्णय गरिएको बताए। 'सरकारस"ग अहिले पनि तराईका वनजंगलमा पा"च करोड क्युबिक फुट काठ मौज्दात छ। त्यो काठ बिक्रीवितरण नगरेर पहाडका हरिया रुख काट्ने निर्णय किन गरियो?' उनको प्रश्न छ।
मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्य भने तराईको राष्ट्रिय वनमा ८ लाख क्युबिक फिटभन्दा बढी काठ नभएको बताउ"छन्। उनले चौलागाईंको तथ्यांक ६ वर्ष पुरानो भएको जानकारी दिए। 'छ वर्षअघिका ती काठ आगलागी, बाढी र कुहिएर सकिएका छन्। त्यो तथ्यांक वास्तविकमा आधारित छैन,' आचार्यले भने।
आचार्य पनि पीडितका लागि आवश्यक काठको वास्तविक आ"कडा नभएको स्वीकार गर्छन्। 'कति घर भत्किएका छन्! यो वर्ष कति परिवारले घर बनाउँछन् र अर्को वर्ष कति परिवारले घर बनाउ"छन् भन्ने कुरा स्पष्ट भइसकेको छैन,' उनले भने।
'तराईमा भएका काठ कसरी भूकम्प प्रभावित पहाडी जिल्लामा पुर्यालउन सकिन्छ र?' उनको प्रश्न थियो। आचार्यले अहिले काठ संकलनको निर्णय मात्र भएको र बिक्रीवितरण तथा अनुगमनका लागि छुट्टै संयन्त्र बनाउने गृहकार्य अन्तिम चरणमा पुगेको बताए। 'हामीले चलखेल र भ्रष्टाचार हुन नदिने बिक्रीवितरण कार्यविधि तयार गरिरहेका छौं,' उनले भने।
चौलागाईंले भने उपभोक्ता समूहका पदाधिकारी र वन प्रशासनबीच मिलोमतोमा यस्तो निर्णय भएको बताए। 'मन्त्रीले पनि मौज्दात काठ बिक्रीवितरण गर्न चाहनुहुन्न। मूल्य तोकेर सहुलियत दरमा बेच्न चाहनुहुन्न,' उनले भने।