चितवन—चितवन र कास्कीका विद्यालयमा कक्षा ६ मा पढ्ने छोरीका अभिभावकलाई सरकारले विशेष निमन्त्रणा पत्र पठाउँदै छ। महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर रोग रोक्नका लागि सरकारले खोप कार्यक्रम सुरु गरेको हुँदा अभिभावकको हात हातमा पत्र पुराउने तयारी गरेको छ।
दुई जिल्लापछि आउँदो वर्ष सवै जिल्लामा खोप कार्यक्रम चलाउने सरकारको योजना छ।
ह्युमन पापीलोमा भाइरस (एचपीभी)का कारण महिलाहरुमा पाठेघरको क्यान्सर हुने खतरा रहन्छ। यौन कार्यमा नलाग्दै सो भाइरसविरुद्धको खोप दिएमा क्यान्सरबाट बचाउन सक्ने भएकाले कक्षा ६ मा पढ्ने किशोरीहरुलाई यो पटकदेखि स्कुलमै खोप दिन सुरु गरेको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका खोप अधिकृत भरत भण्डारीले जानकारी दिए।
'यो खोप नौदेखि १३ वर्षसम्मको उमेरमा लगाए प्रभावकारी हुन्छ। त्यसैले नेपालमा यो खोप सुरु गर्दा कक्षा ६ मा पढ्ने छात्राहरुलाई छनौट गरेका हौं' भण्डारीले भने। विश्वका ५० देशमा यो खोप दिने गरिए पनि नेपालमा सरकारले पहिलो पटक सुरु गर्न लागेको हो। यसअघि केही गैर सरकारी संस्थाले पाठेघरको क्यान्सरविरुद्धको खोप दिने गरेका थिए।
एउटा खोपलाई दश हजार रुपैयाँ पर्छ। १३ वर्षको उमेरभित्रै खोप लगाए दुई पटक लगाउनु पर्छ। सरकारले निःशुल्क खोप लगाउँदै छ। ग्लोबल भ्याक्सिन एलायस्न (जिभीए)को सहयोगमा सरकारले यो कार्यक्रम सुरु गरेको हो। चितवनमा पुस १६ गते सुरु गरेको २२ मा सक्ने लक्ष्य छ। दोस्रो मात्राका खोप असारमा दिने तयारी छ । कास्कीमा पनि यही समयमा खोप सुरु हुने छ ।
दुई जिल्लालाई गरेर ३० हजार डोज खोप आएको छ । चितवनमा स्कुल पढ्ने सात हजार तीन सयजना र स्कुल नआउने सात सयजनालाई खोप दिने तयारी रहेको चितवन जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थय प्रशासक मधुसुधन कोइरलालाले बताए । सरकारले नेपालमा विभिन्न खालका ११ खोप दिदै आएको छ । जुन शिशु जन्मेदेखि १५ महिना हुँदा दिइ सक्नु पर्ने खालका छन् ।
बाल स्वास्थ्य महाशाखाका खोप अधिकृत भरत भण्डारीका अनुसार विश्वमा वर्षेनी दुई लाख ७० हजार महिला पाठेघरको मुखमा हुने क्यान्सरका कारण मर्ने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । जसमध्ये ८५ प्रतिशत महिला नेपाल जस्तो विकासोन्मुख देशका छन्। भरतपुर क्यान्सर अस्पतालको क्यान्सर रजिष्ट्री कार्यक्रम अनुसार नेपालमा वर्षेनी १० हजार महिलालाई यो रोग लाग्छ ।
'नेपालमा पाठेघरको मुखको क्यान्सरको समस्या विकराल छ । हामी विपन्न विरामीलाई एक लाख रुपैयाँसम्मको सहयोग गर्न सिफारिस गर्छौ । त्यो समितिमा हप्तामा १० निवेदन आउँछ । जसमा ७० प्रतिशत क्यान्सरका विरामी हुन्छन्' चितवन जनस्वास्थ्य कार्यालयका प्रमुख कोइरलाले भने ।
पाठेघरको क्यान्सर ५३ देखि ६४ वर्षका महिलालाई देखिने गरेको छ । यसको सुरुमा केही लक्षण हुँदैन । भाइरस संक्रमण भएको १५ वर्षपछि क्यान्सर देखा पर्न थाल्छ । त्यसैले यौन जिवनमा प्रवेश गर्नुभन्दा पहिले नै खोप लगाउनु प्रभावकारी हुने भण्डारीले बताए । पाठेघरको क्यान्सर हुने विभिन्न कारणहरु छन् । जसमध्ये ७० प्रतिशत कारण पापीलोमा भाइरस नै हो ।
'खोप लगाएपछि पापीलोमा भाइरसका कारण पाठेघरको मुखको क्यान्सर हुने सम्भावना रहँदैन । तर यो क्यान्सर अन्य कारणले पनि हुने हुँदा ३० देखि ६० वर्षसम्मका महिलाले प्रत्येक पाँच वर्षको फरकमा पाठेघरको परीक्षण गराउनु आवश्यक छ' भण्डारीले भने । यो खोप स्वयमसेवीकाले नभएर स्वास्थ्यकर्मील मात्रै लगाइदिने छन् । चितवनम अढाई सय स्वास्थ्यकर्मी यसका लागि खट्दै छन् ।