काठमाडौं-वनमन्त्री अग्नी सापकोटाले राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिका अध्यक्षलगायत चार सदस्यको नाम सिफारिसमा ढिलाइ गर्दा समितिको गुरुयोजना तथा नयाँ कार्यक्रम तर्जुमामा अवरोध भएको छ ।
समितिका अध्यक्षसहित चार जना सदस्यले राजीनामा दिएको १९ दिन बितिसक्दा पनि मन्त्रीले समितिका पदाधिकारी सिफारिसमा ढिलाइ गरिरहेका छन् ।
समितिको सरकारसँग सम्पर्क गर्ने माध्यम वन मन्त्रालय भएकाले त्यहा"का पदाधिकारी नियुक्तिको सिफारिस पनि वनमन्त्रीले नै गर्ने प्रावधान छ । उनको सिफारिसका आधारमा पदाधिकारीको नियुक्ति मन्त्रिपरिषदले गर्ने प्रावधान समितिको गठन आदेश, २०७१ मा छ ।
'समितिमा अध्यक्षसहित विज्ञ सदस्यहरु हुनुहुन्थ्यो । उहा"हरुको सुझावअनुसार गुरुयोजना बनाउने काम अन्तिम अवस्थामा पुगेको थियो । तर एकाएक सबैले छोडेपछि पुस मसान्तसम्ममा अन्तिम रुप दिने भनिएको चुरे संरक्षण गुरुयोजना निर्माण कार्य ढिलो हुने भएको छ,' समिति स्रोतले भन्यो ।
गुरुयोजना निर्माणमा संलग्न एक प्राविधिकका अनुसार विज्ञ सदस्यहरुले गुरुयोजनाका विभिन्न खण्ड र क्षेत्रहरुको जिम्मा लिएका थिए । 'उहाँ हरुको प्रत्यक्ष संलग्नतामा काम भइरहेको थियो । तर अहिले सुझाव र सल्लाह दिने कोही पनि छैनन्,' उनले भने, 'जसले गर्दा हामी प्राविधिकलाई काम अघि बढाउन समस्या भएको छ ।'
उनका अनुसार स्थानीय तहमा निर्धारित कार्यक्रम सञ्चालन भइरहे पनि समिति अन्तर्गतका कार्यक्रम संशोधनमा समस्या आएको छ । 'पूर्व निर्धारित कार्यक्रम, नीति र नियम परिमार्जन र संशोधनमा गर्न पाइएको छैन,' ती प्राविधिकले भने ।
उनले गुरुयोजना निर्माणका क्रममा आएका कठिनाइ र अस्पष्टताबारे रायसुझाव लिन पनि असजिलो भएको जानकारी दिए । 'सदस्यसचिवलाई सोधेर गर्ने कामभन्दा विज्ञ सदस्यस"ग सम्पर्कमा रहेर गर्ने काम धेरै छन् । हामी अभिभावकविहीन भएका छौं,' उनले भने, 'जतिसक्यो छिटो अध्यक्ष र सदस्यको नियुक्ति भयो भने हामीलाई काम गर्न सजिलो पर्छ ।' वनमन्त्री अग्नी सापकोटाले सम्बन्धित विषयका विज्ञ र विशेषज्ञ खोज्दा केही ढिलाइ भएको स्वीकार गर्दै भने, 'यथाशिघ्र पदाधिकारी नामावली सिफारिस हुन्छ ।'
'समितिमा समावेशी र विज्ञहरु राख्ने प्रावधान रहेछ । यी दुवै कुरा मिलाउँदा ढिलो भएको हो,' उनले भने, 'महŒवपूर्ण नियुक्ति भएकाले गृहकार्य गर्दा अलि समय लागेको हो ।'
वनमन्त्री सापकोटाको असहयोगका कारण तत्कालीन अध्यक्ष रामेश्वर खनालसहित चार सदस्यले राजीनामा दिएपछि समितिका नियमित कामबाहेक कार्यक्रम तर्जुमा, नीतिनियम बनाउने र संशोधन गर्ने काम अवरुद्घ भएको हो ।
समितिलाई समयमै पूर्णता नदिइँदा चुरे संरक्षणका लागि गठित समिति नै भंग हुने त होइन भनी शंका गर्नेहरु पनि छन् । एमाले नेतृत्वको सरकार र एमालेको पकडमा रहेको संस्था सामुदायिक वन उपभोक्ता महासंघले समितिको स्थापनाकालदेखि नै विरोध गर्दै आएकाले चुरे संरक्षणकर्मीले यस्तो आशंका गरेका हुन् ।
चुरेमा सरकारले आफ्नो कार्यक्रम प्रत्यक्ष सञ्चालन गर्दा आफूहरुको कार्यक्षेत्र सा"घुरिने डरले महासंघले समितिको विरोध गर्दै आएको छ । अर्कातर्फ चुरेका ढुंगागिटी र त्यहा"का काठ निकाल्न नपाएको समूह पनि समितिको विरोधमा छ ।
'समिति विघटन हुने हल्ला बिल्कुलै गलत हो । मैले सबैको सुझावसल्लाह लिन्छु । तर कसैको प्रभावमा परेर कुनै पनि गलत निर्णय गर्दिनँ,' मन्त्री सापकोटाले भने ।
समितिका सदस्यसचिव अन्नपूर्णनन्द दासले पूर्वनिर्धारित कार्यक्रम सुचारु रहेको जानकारी दिए । 'सामाजिक परिचालन लगायत भौतिक पूर्वाधार निर्माणका काम भइरहेका छन् । यी कामका लागि बजेट पहिले नै स्वीकृत गरेर फिल्डमा पठाइसकेका छौं । कुनै अवरोध छैन,' उनले भने ।
समितिका सदस्यसचिवलाई नया" नीतिनियम बनाउने र पुरानालाई संशोधन गर्ने र कार्यक्रम परिमार्जित गर्ने अधिकार दिइएको छैन । 'निर्देशिका र अवधारणा बनाएर नियमित कामकारबाही सुचारु गरिरहेको छु, बा"की काम पदाधिकारी आउनुभयो भने हुन्छ,' दासले भने । पूर्वनिर्धारित कार्यक्रममध्ये केहीलाई संशोधन गर्नुपर्ने माग स्थानीय तहबाट आइरहेको जानकारी उनले दिए ।
गुरुयोजना निर्माणका लागि स्थलगत सबै कार्यक्रम सकेर समितिको विज्ञ समूहले गुरुयोजनाको खाका तयार गरिसकेको छ । त्यही खाकामा छलफल गर्न गत १५ गते समितिले कार्यक्रम राखेको थियो । चुरेस"ग सरोकार राख्ने सबै सांसदको उपस्थितिमा गर्न लागिएको कार्यक्रममा आफूलाई प्रमुख अतिथि नबनाएको र मन्त्री भएपछि बेवास्ता गरेको भन्दै मन्त्री सापकोटाले असहयोग गरेपछि तत्कालीन अध्यक्ष खनालले गत १० गते राजीनामा दिएका थिए । त्यही दिन थप चार सदस्यले राजीनामा दिएका थिए । उनीहरुको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गरिसकेको छ ।
सरकारले समितिमार्फत गुरुयोजना निर्माणलगायत चुरे संरक्षणका विविध कार्यक्रम सञ्चालन तथा फिल्ड अफिस स्थापनाका लागि भनेर यस आर्थिक वर्षका लागि मात्र १ अर्ब ९६ करोड रुपैयाँ बजेट छुट्याएको छ । यसमध्ये बढी ५ प्रतिशत रकम मात्र प्रशासनिक खर्चका लागि छुट्याइएको छ । बा"की रकम गुरुयोजना र फिल्डका कार्यक्रममा खर्च गर्ने जानकारी सदस्यसचिव दासले दिए ।
अघिल्लो सरकारले २०७१ असार २ गते इलामदेखि कञ्चनपुरसम्मका ३६ जिल्लाको १२.८ प्रतिशत भूभागलाई चुरे संरक्षण क्षेत्र घोषणा गरेको थियो । त्यही दिन समिति गठनको निर्णय गरी रामेश्वर खनाललाई अध्यक्ष नियुक्त गरेको थियो । त्यतिबेला तत्कालीन मन्त्रीले समितिको कामकारबाहीमा कुनै हस्तक्षेप नगर्ने प्रतिबद्घता जनाउँदै खनाललाई अध्यक्ष बन्न मनाएका थिए ।
सरकारले त्यही दिन ०७१ साउन १ देखि लागु हुने गरी ढुंगागिटी र बालुवा निकासीमा प्रतिबन्ध लगाएको थियो । भदौ १३ गते थप चारजना सदस्य नियुक्त गरेको थियो ।