झापा– झापाको मेचीनगर–४ मा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । सूर्यवन क्षेत्र नजिकैको मेचीनगरमा बुधबार राति चार वटा हात्ती बस्तीमा पसेको स्थानीयवासीले जनाएका छन् । हात्तीको डरले घरबाट निस्केर भाग्न खोज्दा ६८ वर्षीय डम्बरबहादुर कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस क्षेत्रमा हात्तीले पहिल्यैदेखि आंतक मच्चाउँदै आएको छ ।
यस क्षेत्रमा हात्तीले पहिल्यैदेखि आंतक मच्चाउँदै आएको छ ।