उदयपुर–खोलामा माछा मार्ने क्रममा विद्युत लाईनबाट करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। त्रियुगा नगरपालिका–१२ र रौता ९ बीचको सीमास्थल मुर्कुचीनजिकै त्रियुगा खोलामा बुधबार साँझ माछा मार्न लाग्दा करेन्ट लागेर त्रिनपा १२ कुभिण्डेका १४ वर्षीय सुबास कटुवालको मृत्यु भएको हो।स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाए अनुसार विद्यालय छुट्टीपछि बजारमा केस काटेर घर हिडेका उनलाई साथीहरुले माछा मार्न भनेर खोलातर्फ लगेका थिए। गाईघाटबाट मुर्कुचीतर्फ लगिएको विद्युतको लाइटेन्सन लाइनबाट हुक गरी खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा झट्काले सख्त घाइते भएका सुबासको केहीबेरमै मृत्यु भएको अस्थायी प्रहरी चौकी सुकौराले जनाएको छ। मृतक रामबहादुर कटुवालका छोरा रहेको प्रहरीले बताएको छ।
करेन्ट लागेर बेहोस भएका उनलाई स्थानीयले उद्धार गरी स्वास्थ्य चौकी राजाबासतर्फ उपचारार्थ लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी निरीक्षक राजेन्द्र बस्नेतले बताए। सदरमुकाम गाईघाटदेखि २९ किलोमिटर उत्तरमा पर्ने सो क्षेत्रमा केही दिनयता विद्युत लाईनबाट हुक गरी खोलामा माछा मार्ने क्रम बढेको स्थानीयको भनाइ छ। करेन्ट लगाएर माछा मार्ने क्रम बढेको कुरा स्थानीयले प्रशासन र नेपाल विद्युत प्राधिकरणलाई जानकारी गराइएएको भए पनि कसैबाट चासो नदिएका कारण दुर्घटना भएको गाविसका पूर्व उपाध्यक्ष गजेन्द्र खड्काले बताए।