दशक अघिसम्म इटहरीको बुढी खोला नदी जुन मसानघाटले परिचित थियो। त्यहाँ जान प्रायः सवै डराउँथे। मसानघाट पश्चिम नजिकै वडा नं. ४ मा धार्मिक कार्य गर्नका निम्ति श्री कृष्ण प्रणामी मन्दिर थियो। बुढी खोला नदी छेउमा जताततै फोहोर थियो।
खोलामा अनाधिकृत रुपमा ढुंगा, गिट्टी र बालुवा उत्खनन् गरेर वस्ती कटानको उच्च खतरा थियो। तर, त्यही मसानघाट र मन्दिर दुवैको रुप यतिवेला वद्लिएको छ। जुन बुढी गंगा जमुना मुक्ति घाटको नामले चिनिएको छ। त्यही मुक्तिघाटमा सन्ध्याकालिन महा आरती गरिने भएको छ।
इटहरीलाई धार्मिक आस्थाको केन्द्र बनाउन सहयोग पुग्ने उद्देश्यले महा आरती गर्न लागिएको हो। साउनको प्रत्येक सोमवार र त्यसपछिको महिनाको अन्तिम सोमवार महा आरती गरिने महाशिव गंगा आरती आयोजक समितिले विहीबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ।
सो घाटमा विसर्जन भएका सम्पूर्ण आत्माको बैकुण्ठ बासको कामनाका लागि आरती गर्न लागिएको जानकारी दिइयो। यहाँ १० करोड खर्चेर शव अन्त्येष्टि गर्ने व्यवस्थित आर्यघाट र मन्दिर पुर्नःनिर्माणको काम गरिएको छ।