यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट विचौलियाहरु पक्राउ
३१ असार २०७९
•
१ मिनेट पाठ
यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट विचौलियाहरु पक्राउ
नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भर्‍याङमा सेवाग्राहीलाई दुःख दिने विचौलियालाई पक्राउ गरेको छ। प्रहरी वृत्त स्वयम्भूको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबर्जस्ती तानी सरकारी काम कारबाहीमा बाधा–अवरोध गरी अनावश्यक दुःख दिने ६ जनालाई बिहीबार पक्राउ गरेको हो।




पक्राउ पर्नेमा उदयपुरका २४ वर्षीय अजय मगर र ३४ वर्षीय वीरबहादुर मगर, रौतहटका ३३ वर्षीय विश्वबल्लभ लामा र २४ वर्षीय सुवास योञ्जन लामा, झापाका २४ वर्षीय विशाल उप्रेती र सर्लाहीका २४ वर्षीय विमल पुलामी रहेका छन्। जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनीहरुले सेवाग्राहीबाट जबर्जस्ती बढी शुल्क लिने गरेकाले पक्राउ गरिएको हो।

पक्राउ परेका ६ जनामाथि मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४ को दफा ११८ को ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले जानकारी दिए। 
अर्को समाचार
सीमामा ठगिँदै नेपाली
१४ असोज २०७८
•
२ मिनेट पाठ
सीमामा ठगिँदै नेपाली
दसैंतिहार नजिकिएसँगै रोजगारीका लागि भारत गएका प्युठानस्थित नौवहिनी गाउँपालिका–५ का रामजान खत्री घर फर्किंदै थिए। भाडामात्र लिएर दसैंतिहार मनाउन घर फर्किएका उनी सीमावर्ती बजार रुपैडिहामा चोरको निसानामा परे र लुटिए। लुटिएको उनले नेपाल प्रवेश गरेपछि मात्र थाहा पाए। उनीसँगै अरु दुईजना पनि आएका थिए। ‘साथीहरुको पैसा लुटेराले लिएनन्,’ उनी भन्छन्, ‘चार हजार दुई सय भारतीय रूपैयाँ थियो, त्यही लिए ।’ आफू नेपाल प्रवेश गरेपछि मात्र आफू लुटिएको थाहा भएको उनी बताउँछन् ।




उनी एक उदाहरण मात्र हुन, रोजगारीका लागि भारत गएका धेरैजसो नेपाली लुटिने गरेका छन्। सीमावर्ती बजार रुपैडिहामा लुटेराहरु तथा विचौलियाले यतिबेला रोजगारीमा गएर दसैंतिहार मनाउन आउनेहरुलाई निसानामा पारेका छन् भने घर फर्किनेहरु आफ्नैबाट पनि लुटिने र ठगिने गरेका छन्। भारतीय बजार रुपैडिहामा नेपाली लुटिने गरेका छन्। अटो चालक तथा होटेल सञ्चालकहरु विचौलिया बनेर ठग्ने गरेको उनीहरु बताउँछन्। दैनिकरुपमा नेपाली ठगिने गर्छन्। नेपाल फर्किने अधिकांशलाई अटो चालकले ठग्ने गरेका छन्। निर्धारण गरिएको भाडाभन्दा मनोमानी ढंगले भाडा लिने गरेको दैलेखका डम्मर केसीले बताए। ‘भारतीय बजार रुपैडियास्थित रेल स्टेशनबाट सीमा क्षेत्रमा आउन ३० देखि ४० रूपैयाँसम्म भाडा लाग्छ,’ उनी भन्छन्, ‘तर उनीहरुले एक सयदेखि पाँच सय रूपैयाँसम्म लिने गर्छन्।’

यता नेपाल प्रवेश गर्दा पनि होटेल सञ्चालक र अटो चालक विचौलिया बनेर बढी पैसा असुली गर्ने गरेको उनी बताउँछन्। नेपालमै नेपालीले ठग्नु झनै दुर्भाग्य भएको भन्दै उनले भने, ‘वर्षाैंदेखिको यो पीडा परदेशीले केहिलेसम्म झेल्ने।’ ‘घर फर्किनेको ठूलो भीड छ,’ जाजरकोटका गोरख शाहले भने, ‘त्यही भीडमा लुटेराले लुटेको थाहा नै हुँदैन।’ विचौलिया र लुटेराहरुको बिगबिगीले घर फर्किने नागरिकले झन्झट सहनु परेको उनी बताउँछन्।

विचौलियाहरु रेल स्टेशनसम्मै पुग्ने गरेका छन्। रेल स्टेशनबाटै दसैंतिहार मनाउन गएकालाई विभिन्न प्रलोभन देखाएर आफ्नो होटेलमा होटल व्यवसायीले ल्याउने गरेको गुनासो सर्वसाधारणको छ। सीमा क्षेत्रबाट विभिन्न जिल्ला जाने सर्वसाधारणलाई होटेलमा राखेर आफूहरुसँग होटेल व्यवसायीले मोलमोलाइ गर्ने गरेको यातायात व्यवसायीहरु बताउँछन्। ‘सीमा गएर घर फर्किएका नागरिकलाई होटेल सञ्चालकले ल्याउँछन्,’ एक यातायात व्यवसायीले भने, ‘उनीहरुको भाडामा हामीसँग बार्गेनिङ गर्छन् र बार्गेनिङको पैसा आफू राख्छन्।’ जसले गर्दा यात्रु महँगो भाडामा पर्ने गरेको उनी बताउँछन्।

भारतबाट घर फर्किंदा ठगिने गरेका गुनासाहरु आउने गरेको नेपाल–भारत सीमा क्षेत्र जमुनाहका सशस्त्र प्रहरीका प्रहरी नायक निरीक्षक (सइ) अर्जुन कार्कीले बताए। ‘केही दिन अगाडि अटो भाडा महँगो लिएको गुनासो आएको थियो,’ उनी भन्छन्, ‘अटो चालकको पहिचान गरी कारबाही गरेका छौं।’ अहिले दैनिक सात सयदेखि एक हजार पाँच सयसम्म सर्वसाधारण नेपाल–भारत सीमा जमुनाह नाकाबाट घर फर्किन्छन्।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस