पश्चिम नेपालको सुदूरपश्चिममा आज बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । केन्द्रीय भूकम्पमापन केन्द्र काठमाडौँका प्रमुख लोकविजय अधिकारीले बिहान ४ बजेर २ मिनेटमा बाजुरा जिल्लाको जगन्नाथ आसपास केन्द्रबिन्दु बनाएर ५.५ रेक्टर स्केलको भूकम्प गएको बताए।उनका अनुसार भूकम्पको धक्का महसुस सुदूरपश्चिमलगायत मध्यपश्चिमका अधिकांश जिल्लामा गरिएको छ । रासस
अर्को समाचार
बाजुरा केन्द्रबिन्दु बनाएर ५.५ रेक्टर स्केलको भूकम्प
अर्को समाचार
सुदूरपश्चिममा ५.५ रेक्टर स्केलको भूकम्प
काठमाडौँ, पुस २५ (नागरिक) - सुदूरपश्चिममा आज दिउँसो भूकम्पको धक्का महसूस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले दिउँसो १ बजेर २९ मिनेटमा बाजुराको उत्तरी क्षेत्र केन्द्रबिन्दु रहेको ५.५ रेक्टरस्केलको भूकम्प गएको बताएको छ। बैतडी, बाजुरा, बझाङलगायतका जिल्लामा भूकम्पको धक्का महसूस गरिएको छ।
अमेरिकी भूगर्भ सर्भे (युएसजीएस) ले भने दैलेखबाट सय किलोमिटर उत्तरमा केन्द्रबिन्दु रहेको ५ रेक्टरस्केलको भूकम्पको धक्का महसूस गरिएको जनाएको छ। भूकम्पको केन्द्रबिन्दू जुम्लाबाट ६८ किलोमिटर टाढा रहेको युएसजीएसले आफ्नो वेबसाइटमा जनाएको छ।
भूकम्पबाट क्षति भए नभएको बारे खबर आइसकेको छैन।

यो पनि पढौँ
ट्रेन्डिङ