सशस्त्र प्रहरी बल रौतहटले एक भारतीय सहित दुई जनालाई पक्राउ गरेको छ। नेपाल भारत सीमानाकाबाट करिब तिन किलो गाँजासहित सशस्त्र प्रहरी बल रामपुर खापको टोलीले दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रौतहटको माधव नारायण नगरपालिका ७ का राजेश साह र भारत बिहारको पूर्वी चम्पारण जिल्लाको सन्तपुर पोस्ट कोरैया जमुनियाका ३२ वर्षीय मनिशंकर साह रहेका छन्।
सशस्त्र प्रहरी बलको रामपुर खाप बिओपिबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अनिल कुमार सिंहको कमान्डमा खटिएको टोलीले नेपालबाट भारततिर जाँदै गरेको बिआर ०६ वाई ५४८५ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा गाँजा बरामद भएको हो। प्लास्टिकको कालो झोलामा लुकाइछिपाई भारततिर लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बलले मोटरसाइकलसहित दुवै जनालाई पक्राउ गरेको हो।
पक्राउ गरिएका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको बिओपि प्रमुख कृष्ण नन्दन यादवले जानकारी गराएका छन्।