कोहलपुर–निर्माणाधीन पुलको नालामा डुवेर नेपालगन्जमा एक युवकको मृत्यु भएको छ। नेपालगन्ज–५ सल्याबागस्थित निर्माण भैईरहेको पुलको नालामा डुवेर नेपालगन्ज–१५ भट्टीटोलका ४० वर्षीय अर्जुन चौहानको मृत्यु भएको हो।शनिबार राति बजारबाट घर फर्कने क्रममा नालामा डुवेर चौहानको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक बीरबहादुर थापाले बताए। मदिरा सेवन गरी नाला पार गरेर घरतर्फ फर्कदै गर्दा पानीमा डुवेर मृत्यु भएको उनले जनाए। चौहनाको शव पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पतालमा राखिएको छ ।
अर्को समाचार
नालामा डुबेर युवकको मृत्यु
अर्को समाचार
मदिराले मातिएका शर्माकाे नालामा डुबेर मृत्यु
पर्सा- तीन फिट गहिरो नालामा डुबेर गएराति वीरगन्जमा एक ३० वर्षीय युवकको मृत्यु भएको छ । अत्यधिक मदिरा सेवन गरेका वीरगन्ज उपमहानगरपालिका वडा नं ६ गणेशमान चोक निवासी ३० वर्षीय गोपाल शर्माको नालामा डुबेर मृत्यु भएको हो ।
वीरगन्जको महावीर मन्दिर नजिकैको तीन फिट गहिरो नालामा लडेका शर्मा अत्यधिक मदिरा सेवनका कारण बाहिर निस्किन नस्दा नालाको पानीमै डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय बिर्ताका इन्चार्ज प्रहरी निरीक्षक जीवलाल जुडालीले जानकारी दिए ।
नालामा डुबेरको शव बटुवाले देखेपछि आज बिहान प्रहरीलाई जानकारी भएको हो । मृतक शर्माको शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले बताएको छ । रासस

यो पनि पढौँ
ट्रेन्डिङ