धुँवाधुलोले चिसियो उपत्यका
०५ पौष २०७२
•
५ मिनेट पाठ
धुँवाधुलोले चिसियो उपत्यका
काठमाडौं- धुँवाधुलोका कारण वायुमण्डल प्रदूषित भएर सूर्यको किरण पृथ्वीको सतहमा आउन नसकेपछि उपत्यकाको न्यूनतम तापक्रम ओरालो लागिरहेको मौसमविदले जनाएका छन्। मंसिर २८ देखि तापक्रम लगातार घटिरहेको उनीहरुले जनाएका छन्। मंसिर २८ गते सोमबार उपत्यकाको न्यूनतम तापक्रम छ डिग्री सेल्सियस थियो। आइतबार (पुस ५) सम्म आइपुग्दा यो २.४ डिग्री सेल्सियसमा झरेको छ। आगामी १५ गतेसम्म न्यूनतम तापक्रम उकालो लाग्ने सम्भावना न्यून रहेको मौसमविदले जनाए।




'धुँवाधुलो गर्दा वायुमण्डल प्रदूषण भइरहेको छ। यसले सूर्यको किरणलाई पृथ्वीमा आउनबाट रोकिरहेको छ, जसले गर्दा सतहको तापक्रम घटिरहेको छ,' मौसम पूर्वानुमान महाशाखाका मौसमविद मिनकुमार अर्यालले आइतबार नागरिकसँग भने।

उनका अनुसार इन्धन अभावले गर्दा उपत्यकामा दाउरा बाल्ने क्रम पनि बढेको छ। यो मापन गर्न सकिने अवस्थामा नभए पनि यसले वायुमण्डलमा प्रभाव पारिरहेको छ। धुलो पनि त्यत्तिकै छ। दाउरा बाल्दा निस्किएको धुवाँधुलो रातभर पृथ्वीको सतह नजिक रहन्छ। दिउ"सो अलि माथि जान्छ। तर उपत्यकाबाहिर निस्किन सकिरहेको छैन।

अर्यालका अनुसार त्यही प्रदूषणले सूर्यको किरणलाई सतहमा आउन दिएको छैन। सूर्यबाट आउने किरणको केही हिस्सा वायुमण्डलले सोसिरहेको छ। केहीलाई वायुमण्डलले नै फर्काइदिएको छ। 'त्यसैले पृथ्वीको सतह चिसिएको हो,' उनले भने, 'त्यसैले दिनभर मधुरो घाम लागिरहेको छ।'

अर्यालका अनुसार यतिनै बेला बाहिरबाट कुनै किसिमको मौसम प्रणाली भित्रिन नसक्नाले पनि अहिलेको अवस्था आएको हो। बाहिरबाट कुनै मौसम प्रणाली भित्रिए पानी पर्ने थियो र आकाश सफा हुने थियो। तापक्रम बढ्ने थियो। तर यो सम्भावना तत्काल देखिँदैन।

'यति मात्र होइन, पुस ७ सम्म दिन छोटिने क्रम पनि जारी रहन्छ। एकातिर दिनहरु छोटिँदैछन्। यसले गर्दा घाम लाग्ने समय पनि घटिरहेको छ। त्यसैमा वायुमण्डल प्रदूषित छ। सूर्यको किरण पृथ्वीमा आउन सकिरहेको छैन,' उनले उपत्यकामा चिसो बढ्नुका थप कारण औंल्याउँदै भने।

अर्यालका अनुसार चिसो बढेपछि प्रदूषित हावा उपत्यकाबाहिर जान सक्दैन। बाहिर जानका लागि चर्को घाम लागेर प्रदूषण माथि जानुपर्ने हुन्छ। तापक्रम घटेकाले यो प्रक्रिया पनि अवरुद्ध छ।

उनले तत्काल पानी पर्ने सम्भावना नदेखिएकाले चिसो बढ्ने क्रम १५ गतेसम्म जारी रहन सक्ने जानकारी दिए। 'भारतको जम्मु काश्मिर केही मौसम प्रणालीको विकास भएको देखिन्छ। त्यो प्रणालीले चार दिनपछि पश्चिमीबाट केही बादल नेपाल भित्रिन सक्ने त देखिन्छ, तर त्यो त्यति बलियो छैन। त्यसैले तत्काललाई तापक्रम बढ्ने सम्भावना पनि छैन,' अर्यालले भने।

उनका अनुसार उपत्यकका चारभन्ज्याङ (तीनपिप्ले, सा"गा, थानकोट र चोभार गल्छी) जहा"बाट उपत्यकामा हावा भित्रिन्छ र बाहिर जान्छ, यी स्थानमा तुषारो परिरहेको छ। जिरो डिग्री भएपछि मात्र तुषारो पर्छ।

'तुषारोले यस क्षेत्रको बालीनालीलाई समेत असर गरिरहेको छ,' उनले भने। त्यसो त अघिल्लो वर्षको जाडोमा उपत्यकाको न्यूनतम तापक्रम १.४ सम्म झरेको थियो।

जुम्ला अहिलसम्मकै चिसो
कर्णालीको जुम्लाको आइतबारको न्यूनतम तापक्रम अहिलेसम्मकै कम भएको महाशाखाले जनाएको छ। अर्यालका अनुसार विगतका जाडोहरुमा कहिल्यै जुम्लाको न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियसभन्दा तल झरेको थिएन। तर आइतबार त्यहाँको न्यूनतम तापक्रम माइनस ७.६ डिग्री सेल्सियसमा झरेको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस