अपराधबारे विद्यार्थी पढाउँदै प्रहरी
०६ पौष २०७२
•
५ मिनेट पाठ
अपराधबारे विद्यार्थी पढाउँदै प्रहरी
पाँचथर– 'नमस्कार । म जिल्ला प्रहरी कार्यालय पाँचथरको प्रमुख कृष्णप्रसाद कोइराला। तपाईलाई प्रहरीहरु स्कुलमा आउदा डर लाग्यो होला होइन? सरहरुलाई पक्रन आएजस्तो लाग्यो होला?' भन्ने प्रश्नमा धेरै विद्यार्थीहरुले हो भनेरै जवाफ दिए।प्रहरी अपराध अनुसन्धान र शान्ति सुरक्षाको काममात्र गर्छ, पक्रेर थुनिहाल्छ भन्ने डर पाल्ने विद्यार्थीहरु आफ्नै कक्षा कोठामा प्रहरी देखेपछि छक्क परेका थिए । प्रहरीले पढाउँछ भन्ने विश्वास विद्यार्थीलाई छँदै थिएन । यो दृष्य जिल्लाको पञ्चमी गाविसको गोपेटारमा रहेको शिरिजङ्गा उच्च माध्यमिक विद्यालयको हो। विद्यार्थीलाई सामाजिक सञ्जालको प्रयोग, प्रहरीको जानकारी, अपराध अनुसन्धानको जानकारी गराउन जिल्ला प्रहरी कार्यालयले थालेको विद्यार्थी पढाउने कार्यक्रमको सुरुवातमा यो संवाद भएको हो।

सुरुमा अलमलमा परेका विद्यार्थी विस्तार खुल्न थाले। पछिल्लो समयमा समाजिक सञ्जाल खास गरी फेसबुकमा देखिएको विकृती, मोबाइल फोनको दुरुपयोगबारे विद्यार्थीलाई सचेत गराउने कार्यक्रमको लागि सोमबार प्रहरी टोली उक्त विद्यालयमा पुगेको थियो। जिल्लाका क्याम्पस, उच्च मावि र माध्यमिक विद्यालयहरुमा पछिल्ला दिनमा गएर प्रहरीले विभिन्न किसिमका सचेतना कक्षाको सञ्चालन गरिरहेको छ । उक्त विद्यालयका कक्षा आठ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई प्रहरीले सचेतना कक्षा सञ्चालन गरेको हो। फेसबुकलाई कसरी सुरक्षित राख्ने, फेसबुकबाट हुन सक्ने अपराध, मोवाइल, घरेलु हिंसा, अपराधिक क्रियाकलाप, मोबाइल फोनको दुरुपयोग, प्रहरीको अनुसन्धान तथा अपराध नियन्त्रणबारे विद्यार्थीलाई कोइरालाले कक्षा लिएका थिए। फेसबुक पासवर्ड कसरी राख्ने, कसरी सुरक्षित गर्न सकिन्छ भन्नेमा जोड दिएको थियो । प्रविधिको दुरुपयोग गरेर कसरी अपराध भइरहेको छ भन्ने जानकारी गराइएको थियो।

दैनिक विद्यालयका शिक्षकसँग कोर्सका कुरा पढेका विद्यार्थीहरु चाख लिएर सुनिरहेका थिए। 'प्रहरीले यसरी पढाउँछ भन्ने थाहा नै थिएन । प्रहरीको पोशाक देख्दै डर लाग्थ्यो । तर होइन रहेछ।' कक्षा ११ मा अध्ययन गर्ने सुस्मिता भारतीले नागरिकसँग भनिन्, 'धेरै कुराको जानकारी पाईयो। हामी त अञ्जान रहेछौं, बेला बेला हामीलाई यसरी बाहिरी कुरा सिक्न मन हुन्छ ।' प्रहरीको सचेतना कक्षामा सहभागी करिब एक सय विद्यार्थीको यस्तै प्रतिक्रिया थियो। प्रहरी आफैले तयार गरेको कोर्स कोइरालाले पढाएका थिए। विद्यालयका शिक्षकहरुले पनि कक्षा लिएका थिए। सहभागी विद्यालयका प्राचार्य लोकनाथ भट्राईले आफूले पनि नजानेका विकसित पछिल्ला समयका कुराहरु जान्न पाएको प्रतिक्रिया दिए।

शिरिजंगा उच्च माविमा मात्र होइन प्रहरीले जिल्लाका सबै क्याम्पस, उच्चमावि र मावि पुग्ने योजना बनाएको छ। ग्रामिण तहका विद्यालयलाई प्रथामिकता दिदैँ प्रहरी प्रतिको सकारात्मक धारणा बनाउँदै विद्यार्थीलाई अपराधका विषयमा सचेत गराउन खोजीएको डिएसपी कोइरालाले बताए। 'टिन एजका विद्यार्थीहरुलाई बेलैमा सचेत गराउन खोजिएको हो । यहिलेका विद्यार्थी पछिका सामाजिक अगुवा हुन्छन् भन्ने हिसावले यसो गरिएको छ। स्कुल सम्पर्क कार्यक्रमअन्तर्गत विद्यार्थी माझ सचेतना कक्षा सञ्चालन गरिएको हो,' कोइरालाले भने। उच्च माध्यमिक र माध्यमिक विद्यालयमा पछिल्लो महिनामा जिल्लाका १५ ठाँउमा कक्षा लिइएको बताइएको छ। पाँचथर बहुमुखी क्याम्पस, कञ्चजंगा उच्च मावि, थर्पु उच्च मावि, विष्णु उच्च मावि च्याङ््थापु, सरस्वती मावि मेमेङलगायतका विद्यालयमा प्रहरी पढाउनलाई पुगेको हो। डिएसपी, इक्पेक्टर, प्रहरी नायब निरीक्षकहरुले कक्षा लिइरहेका छन्।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस