राउटेकाे भत्ता खोई?
०१ साउन २०७९
•
६ मिनेट पाठ
राउटेकाे भत्ता खोई?
जाजरकोटबाट दैलेखको भगवतीमाई गाउँपालिका–४ मनघरचौरमा सरेर आएको राउटे समुदायको बस्ती। तस्बिर: नागरिक
राउटे मुखिया सूर्यनारायण शाहीले अघिल्लो वर्षको साउने संक्रान्तिमा दुई वटा खसीको जोहो गरेका थिए। परिवारका सदस्य, इष्टमित्र र समुदायका सबै ‘जनता’लाई निम्त्याएर उनले साउने संक्रान्ति रमाइलोसँग मनाए। यो वर्ष उनको छाप्रोमा एउटै मात्र खसी छ। त्यो पनि उनले गाउँबाट उधारोमा ल्याएका हुन्। ‘सरकारले भत्ता दिएको भए घरघरमा खसी–बोका हुन्थे,’ उनले भने, ‘यो वर्षको साउने पर्व त्यति राम्रो नहुने भयो।’ राउटे समुदायले वैशाख यता सामाजिक सुरक्षा भएका पाएका छैनन्। राउटे समुदायले मासिक ६ हजार रुपैयाँ भत्ता पाउँदै आएको छ।




माघीपछि साउने संक्रान्ति राउटे समुदायले दोस्रो पर्व हो। चाँडपर्व, विवाह र उत्सवका लागि राउटे समुदायले बस्तीको बीचमा ‘साझा घर’ बनाएका हुन्छन्। प्रत्येक घरले पालो मिलाएर बस्तीका सबैलाई त्यहीँ साझा घरमा जम्मा गरेर भोज खुवाउँदै उत्सव मनाउने चलन राउटे समुदायमा छ। ‘समुदायका कसैको विवाह गर्नुपर्‍यो, कुनै चाँडपर्व र उत्सव मनाउनुपर्‍यो भने ‘साझा घर निर्माण हुन्छ,’ राउटे समुदायसँग नजिक रहेर काम गर्दै आएकी सामाजिक विकास मन्त्रालय सामाजिक सुरक्षा तथा महिला विकास शाखाका महिला विकास अधिकृत अनिता ज्ञवालीले भनिन्, ‘यो वर्ष साझा घर बनेपनि समुदायमा खासै उत्साह देखिएको छैन्।’

राउटे समुदायका अर्का मुखिया वीरबहादुर शाहीको ९ जनाको परिवार छ। समुदायकै सबैभन्दा ठूलो परिवार भएकाले यहाँ साउने संक्रान्तिमा पाँच वटासम्म खशी–बोकाको बलि दिइथ्यो। परिवार, इष्टमित्र हुँदै पूरै समुदायलाई निम्त्याएर उनले उत्सव मनाउँथे। यो वर्ष सूर्यनारायणको जस्तै वीरबहादुरको घरमा पनि साउने संक्रान्तिको त्यति खुशीयाली छैन्। ‘भत्ता आउला र खशी किनौंला भनेर बसेका थियौं,’ असारको अन्तिम दिन नागरिकसँग मुखिया वीरबहादुरले भने, ‘भत्ता आएन्, छाप्रामा खशी बाँध्न पाइएन्।’

राउटे समुदाय असार २८ गते जाजरकोटबाट दैलेखको भगवतीमाइ गाउँपालिका–४ स्थित मनघरचौरमा आइपुगेका छन्। असार ३२ गते राउटे समुदायको बस्तीमा पुग्दा उनीहरु साउने संक्रान्तिका लागि छाप्रा निर्माणसँगै सरसफाई गरिरहेका थिए। ‘अरु बेला दुई वटा खामा र धुरी राखेर पाल टाँगेर बासको जोहो गर्थे,’ राउटे समुदायसँगै रहने सामाजिक सेवा केन्द्र (सोसेक)का सामाजिक परिचालक लालबहादुर खत्रीले भने, ‘ठूलो पर्व भएकाले अहिले छाप्रो पनि स्थायी प्रकृतिको बनाएका छन्, घाँस हटाएर लिपपोत गरिरहेका छन्।’

राउटे समुदायका स्पष्ट तीन मान्यता छन्, एकै ठाउँमा नबस्ने, खेतीपाती नगर्ने र लेखपढ नगर्ने। समुदायदेखि टाढाको जंगलमा बस्ने, काठका भाँडासँग अन्न साट्नका लागि मात्रै बस्तीसम्म पुग्ने, रुपैयाँ नछुने यो समुदायमा पछिल्लो दुई दशकयता धेरै परिवर्तन आएको छ। राउटे समुदायले आफ्ना तीन वटा मान्यतालाई नछोडे पनि अन्य समुदायसँगको अधिकतम् घुलमिलका कारण उनीहरुमा सकारात्मक भन्दा पनि नकारात्मक परिवर्तनहरु धेरै देखिन थालेका छन्। राउटे समुदाय आफूहरुलाई ‘राजा’ भन्छन्, अरुलाई ‘रैती’ मान्छन्।

नेपालमा चलेको सशस्त्र द्वन्द्वले राउटे समुदायलाई घना जंगलबाट बाह्य समुदायको बस्ती नजिकैसम्म डोर्‍यायो। बाह्य समुदायको बस्ती नजिकै बस्न थालेदेखिनै उनीहरुले राम्रा भन्दा नराम्रा कुराहरुको सिको गर्न थाले। राउटे समुदायमा मदिरा सदियौंदेखि प्रचलनमा छ। उनीहरु कनिकाबाट जाँड बनाउथे र खान्थे। पछिल्लो समय उनीहरुलाई बजारीया मदिराले आकर्षित गरेको छ। समुदायका दुई–चार जनाबाहेक सबैमा मदिराको लत छ। पैसा छोएमा पाप लाग्छ भन्ने यो समुदाय अहिले पैसाका लागि जस्तोसुकै संझौता गर्न तयार हुन्छ।  

‘सशस्त्र द्वन्द्वले उनीहरुलाई घना जंगलबाट बाह्य समुदायको नजिक ल्याएसँगै राउटे समुदायमा धेरै परिवर्तन आएको छ, त्यो सकारात्मक भन्दा नकारात्मक धेरै छ,’ सोसेकका अध्यक्ष हिरासिंह थापाले भने, ‘अहिले उनीहरु पैसा र मदिराका लागि जस्तोसुकै संझौता गर्न पनि पछि पर्दैनन्।’  

पर्यावरणीय प्रभावका कारण आहारामा कमि हुनु, बाह्य समाजसँगको घुलमिल र जीवनयापनका लागि परनिर्भरता बढ्नुले आदिम मानव सभ्यता बोकेको एक अवशेष राउटे समुदाय परिवर्तनको संघारमा छ। उनीहरु रहरले नभएर बाध्यताले आफ्नै प्राचिन मान्यता र परम्पराबाट पछाडी हट्दै गएका छन्।  

दुई दशक अघिसम्म राउटे समुदायको फोटो खिच्न पाउनुलाई पनि ठूलो उपलब्धी मानिन्थ्यो। उनीहरु पैसा छुन्थेनन्। मुखियाबाहेककाले अन्य समुदायसँग बोल्न पनि बन्देज हुन्थ्यो। काठको मधुस खशीबोकासँग साँट्ने। साना भाँडावर्तनले अन्न खरिद गर्थे। बजारबाट चामलसम्म नकिन्ने यो समुदाय अहिले पूरै परनिर्भर छ। दुई दशककोबीचमा राउटे समुदायमा ठूलो परिवर्तन आएको छ। उनीहरु आधुनिक मानव बन्न त चाहँदैनन्, तर, चाहेर वा नचाहेर आधुनिक जीवनशैली भने अनुसरण गरिरहेका छन्।

राउटे समुदायलाई आधुनिक जीवनशैली अपनाउनका लागि बाध्य पार्ने प्रमुख कारण हो, परनिर्भरता। दुई दशक अघिसम्म बाह्य समाजसँग नबोल्ने र उनीहरुले दिएको खानेकुरासमेत नस्वीकार्ने राउटे समुदाय अहिले पैसाका लागि जस्तोसुकै संझौता गर्न तयार हुन्छन्। काठका भाँडाकुँडा बनाएर अन्नसँग साट्ने राउटे समुदायको पछिल्लो पुस्ताले आफ्नो सीप बिर्सिसकेको छ। हरेक वर्ष उनीहरुको जनसंख्या घट्दै गइरहेको छ। यस्तै अवस्था रहे केही वर्षभित्रै यो समुदाय लोप हुने अवस्थामा छ। अहिले घुमन्ते राउटे समुदायको जनसंख्या १४४ मात्रै छ।

राउटे नीति ल्याइने

कर्णाली प्रदेश सरकारले राउटे समुदायको संरक्षणका लागि राउने नीति ल्याउने भएको छ। कर्णाली प्रदेश सरकारले जंगलमा फिरन्ते जीवन विताउने राउटे समुदायको मुल प्रवाहिकरणका लागि नीति ल्याउने भएको छ। राउटे समुदायको जातीय र मौलिकताको संरक्षण गर्ने, सीपको आधुनिकीकरण गर्ने, बाह्य समुदायबाट हुने नोक्सानी र हिंसाजन्य जोखिमबाट संरक्षण गर्ने, घुम्ती तथा खेलको माध्यमबाट शिक्षण सिकाईका गतिविधिहरु सञ्चालन गर्ने, भाषालाई लिपीवद्ध गर्दै संस्कृतिको संरक्षण गर्नेलगायतका विषयहरु समेटेर नीति ल्याउने सरकारको तयारी छ।

साउने संक्रान्तिका लागि खाद्यान्न लिएर राउटे बस्ती पुगेका कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठले लोपोन्मुख समुदायको संरक्षण राज्यको दायित्व भएको बताए। ‘सुरुमा राउटे समुदायले अहिले भोगिरहेका समस्या र समाधानको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समस्या समाधानका लागि समिति गठन गछौं,’ प्रमुख सचिव श्रेष्ठले भने, ‘समितिको सुझावका आधारमा राउटे नीति तयार पारेर कार्यान्वयन गछौं।’

प्रमुख सचिव श्रेष्ठले हरेक वर्ष राउटे समुदायको जनसंख्या घट्दै जानुको कारण, राउटे समुदायको आवश्यकता र चाहना तथा राज्यले गर्नुपर्ने काम र कर्तव्यसहितको कार्ययोजनाका आधारमा नीति तय गरिने बताए। ‘नेपालकै एकमात्र घुमन्ते समुदायको संरक्षण गर्दै उनीहरुको मुल प्रवाहिकरणका लागि नीति आवश्यक देखिन्छ,’ प्रमुख सचिव श्रेष्ठले भने, ‘यसका लागि सुरुमा समिति गठन गरेर सुझाव संकलन गर्ने र त्यसैका आधारमा नीति तय गर्ने सोच प्रदेश सरकारको छ।’ प्रमुख सचिव श्रेष्ठले राउटे समुदायको सुरक्षा, मदिरा नियन्त्रण, उनीहरुको परम्परागत सीपको संरक्षण, बजारीकरण, शिक्षा, स्वास्थ्य, आवासलगायतका क्षेत्रमा धेरै कामहरु गर्नुपर्ने आवश्यकता आफूले महशुस गरेको बताए।  

सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले राउटे नीति तयारीको चरणमा रहेको बताए। उनले राउटे नीतिलाई अन्तिम रुप दिनुअघि समिति गठन गर्न लागिएको बताए। ‘राउटे समुदायका मुखियासमेतको सहभागीतामा समिति गठन गरेर सुरुमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति तयार गछौं,’ सचिव काप्रीले भने, ‘समितिले दिएको सुझावलाईसमेत समेटेर राउटे नीति कार्यान्वयन गर्ने लक्ष्य प्रदेश सरकारको छ।’

खाद्यान्न तथा कपडा वितरण

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले राउटे समुदायलाई खाद्यान्न सहयोग गरेको छ। लोपोन्मुख राउटे समुदायलाई शनिबार खाद्यान्न सहयोग गरिएको हो। दैलेखको भगवतीमाई गाउँपालिका–४ मनघरचौरमा बसोबास गर्दै आएका उनीहरुलाई मन्त्रालयले चामल, नुन, खुर्सानी तथा राउटे नागरिकहरुले लगाउने कपडा सहयोग गरेको हो।

अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
३ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस