काठमाडौँ-काठमाडौँ उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी जाडो महसुस भएको छ। उपत्यकामा आज न्यूनतम तापक्रम ०.९ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।जाडो मौसम सुरु भएसँगै उपत्यकासहित देशभर क्रमशः चिसो बढ्दै गएको छ । अघिल्लो मङ्सिर २९ तथा पुस १ र २ गते पनि अत्यधिक चिसो (न्यूनतम तापक्रम २ डिग्रीसम्म) पुगेको थियो ।
मौसमविद् शान्ति कँडेलका अनुसार अघिल्लो बर्ष सन् २०१४ को यही समयमा सबैभन्दा कम न्यूनतम तापक्रम १.४ डिग्री सेल्सियस मापन गरिएको थियो । यो वर्ष २०१५ मा भने आज सबैभन्दा कम तापक्रम ०.९ मा झरेको हो ।
सामान्यतयाः जाडो मौसममा डिसेम्बरको अन्तिम साता र जनवरीको पहिलो सातामा बढी जाडो हुने गर्दछ । मौसमविद् कँडेलले अबको १५ देखि २० दिनसम्म चिसो बढ्ने र त्यसपछि मौसम सामान्य हुँदै जाने बताए। मौसम सफा भए पनि निरन्तर जाडो बढ्नुको कुनै कारण नभई यो नियमित प्रक्रिया भएको उजले उल्लेख गरे।
चिसो बढेसँगै विभिन्न रोगको जोखिम बढ्ने भएकाले पूर्व सावधानी अपनाउन सर्वसाधारणलाई मौसमविद्को सुझाव छ । बिहानीपख र बेलुका विशेष ध्यान पुर्याउन आग्रह गर्दै मौसमविद् कँडेलले चिसोका कारण रुघाखोकी, निमोनिया, दम, हृदयाघात, उच्च रक्तचापलगायत समस्या आउने उल्लेख गरे। आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १५ डिग्री सेल्सियस रहेको पनि महाशाखाले जनाएको छ । रासस