काठमाडाैं-स्याङ्जाको श्री कृष्ण गण्डकी गाविस–६ मा रहेको ध्रुबज्योती माध्यमिक विद्यालयका पूर्व विद्यार्थीले एम्बुलेन्स सेवा सुरू गर्न २६ लाख रूपैयाँ संकलन गरेका छन्।ग्रामीण भेगमा बिरामिका लागि सहज यातायात सुबिधा नहुँदा समस्या भोग्नु परेको भन्दै देश भित्रै र बाहिर रहेका पूर्व विद्यार्थीले एम्बुलेन्स सेवा सुरू गर्ने पहल थालेका हुन्। उनीहरूलाई रकम संकलन सामाजिक सञ्जाल निकै सहयोगी बन्यो।
दक्षिण कोरियामा रहेर एम्बुलेन्स सेवा सञ्चालनका लागि अार्थिक संकलनको अगुवाइ गरेका पूर्व विद्यार्थी राजेश पाण्डेयका अनुसार एम्बुलेन्स सेवा सुरू भएपछि सस्तो दरमा ग्रामीण भेगका बिरामीले स्वास्थ्य लाभ लिन सहज अावतजावतको सुबिधा पाउनेछन्। उनले अरू केही रकम खाँचो परेको भन्दै रकम संकलन अभियान जारी रहेको बताए।
विद्यार्थीको समूहले सामाजिक सञ्जालको माध्यमबाट रकम संकलनको अभियान चलाएका थिए। फेसबुक, भाइबर, ट्विटर र इमेल पत्राचारबाट उक्त रकम संकलन गरिएको पाण्डेले बताए।
ध्रुबज्योती माविका पूर्व विद्यार्थीहरूको सञ्जालका अध्यक्ष मनोज कालिराजले अरू केही रकम थपेर तत्काल एम्बुलेन्स खरिद गरिने बताए। कृष्ण गण्डकी क्षेत्रका बिर्घा, मिर्मी, अरबेनी, कोटाकोट लगायतका ग्रामीण क्षेत्रमा एम्बुलेन्सले बिरामीलाइ सेवा दिने उनले बताए।
कोरियामा रहेका पाण्डेसहित बेलायतमा रहेका भिम थापा र हेम थापाको अगुवाइ र नेपालमा रहेका टोप सारू, हिरा थापा लगायतका पूर्व विद्यार्थीहरूको सक्रियतामा एम्बुलेन्स सेवा सुरू गर्न लागिएको हो।