नेपाल कानून व्यवसायी परिषदले काठमाडौँका न्यायाधीशलाई घुस प्रस्ताव गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई सूचना जारी गरेर स्पष्टीकरण मागेको छ। अधिवक्ता पोखरेलले न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेको अडियो करिब एक महिनाअघि सार्वजनिक भएको थियो।
अडियो सार्वजनिक भएपछि परिषदले छानविन सुरु गरेको हो। परिषदले अधिवक्ता पोखरेलको नाममा सातदिने सूचना प्रकाशित गर्दै घुस माग्ने काम आचारसंहिता विपरीत भएकाले जवाफ दिन भनेको छ। पोखरेलले जारी गरको म्याद बुझ्न नमानेर कार्यालय नै बन्द गरेर सम्पर्क विहीन भएपछि परिषदले मंगलबार गोरखापत्र दैनिकमा सूचना जारी गरेको हो।
सूचना निकाल्नुअघि पोखरेलको घर, कार्यालय र झापास्थित पुरानो स्थायी ठेगानामा समेत म्यादको पत्र पठाइएको थियो। उक्त पत्र फिर्ता आएपछि सार्वजनिक सूचना निकालिएको हो। ‘तपाईं रुद्रप्रसाद पोखरेलले कानून व्यवसायको सिलसिलामा कार्य गर्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग सिभिल सहकारीका सञ्चालक ईच्छाराज तामाङसमेत उपर काठमाडौँ जिल्ला अदालतमा चलेको ठगी मुद्दामा निजलाई धरौटीमा छुटाउनका लागि मोलमोलाई गरी तपाईं र न्यायाधीशबीच फोन वार्ताको सन्दर्भमा तपाईंलाई कार्वाही हुनु पर्ने होरहोइन?’
सार्वजनिक सूचनामा उल्लेख छ, ‘अनुशासन समिति (कार्य व्यवस्था) नियमावली, २०५८ को नियम ६९३० बमोजिम यो सूचना प्रकाशित गरिएको छ। आजका मितिले मितिले ७ दिन भित्र जवाफ पेश गर्नु होला अन्यथा कानून बमोजिम भई जाने व्यहोरा सूचित गरिन्छ।’
सिभिल सहकारीका तत्कालीन अध्यक्ष इच्छाराज तामाङविरुद्ध काठमाडौँ जिल्ला अदालतमा चलिरहेको मुद्दामा आरोपित तामाङलाई धरौटीमा छाड्न अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई घुसको प्रस्ताव गरेको अडियो सार्वजनिक भएको हो। अडियो सार्वजनिक भएदेखि पोखरेल सम्पर्क विहीन छन्।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले काठमाडौँका जिल्ला न्यायाधीश राजकुमार कोइरालाको घुस लेनदेनबारेको अडियोबारे छानवीन भइरहेको बताएका छन्।
मन्त्री कोइरालाले जिल्ला न्यायाधिश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घुस लेनदेनबारे अडियो सार्वजनिक भएकाले त्यसको सत्यतथ्य पत्ता लगाउन छानवीन समितिनै गठन गरिएको स्पष्ट पारे।
बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले न्यायालय सुधारका लागि सरकारले अभियाननै संचालन गरिएको दाबी गरे। न्यायाधिशको नियुक्ती नै गलत ढंगले हुने भएकाले न्यायालयमा विकृति र विसंगति बढ्दै गएको उल्लेख गर्दै मन्त्री कोइरालाले त्यसलाई हटाउनका लागि सरकारले निर्देशिका बनाउने कामलाई अघि बढाएको स्मरण गराए।
उनले भने, ‘विगत केही समयदेखि यतिधेरै न्यायलयहरुप्रतिको आस्था गिर्दै गएको छ। जुन अडियो बाहिर सार्वजनिक भएको छ। त्यसको सत्यतथ्य खोजविन गर्दैछौं। कति ठिक, कति बेठिक भनेर छानवीन गर्न समितिनै गठन गरिएको छ। त्यो घटना बाहेकलाई हेर्ने हो पनि न्यायालय भित्र विकृति र विसंगति थियो। त्यसका विरुद्ध आन्दोलन पनि भयो। त्यसलाई सुधार गर्नका लागि अभियाननै संचालन गरिएको छ। त्यसको सुरुवात नियुक्ती बाटै हुने भएकाले सुधारका लागि निर्देशिका बनाउने काम सुरु गरिएको छ।’
मन्त्री कोइरालाले न्यायालय भित्रको गिर्दे आस्थालाई जोगाउन सरकार लागि परेको पनि बताए।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...