बालिका बलात्कार भएको ६ महिनापछि घटना सार्वजनिक भएको छ। मोरङको कानेपोखरी गाउँपालिकाकी ८ वर्षीय बालिका बलात्कार भएको घटना असार अन्तिममा सार्वजनिक भएको हो।
६ महिना अघि भएको बलात्कार घटना गाउँमै मिलापत्र गराएको पाइएको छ। असार ३० गते पीडित बालिकाका बुवाले कानेपोखरी गाउँपालिका–६ का ४३ वर्षीय काजीमान पुरीविरुद्ध जाहेरी दिएका थिए। पुरीविरुद्ध परेको जाहेरीका आधारमा उनलाई सोमबार पक्राउ गरिएको मोरङ प्रहरीका डिएसपी राजन कार्कीले जानकारी दिए।
गत माघ ५ गते पुरीले बालिकालाई आफ्नो घरमा लगेर करणी गरेको र सोही दिन स्थानीय अगुवाहरुसमेत मिलेर पीडितको परिवारलाई घटना सार्वजनिक नगर्न र मिल्न दबाब दिएको पाइएको प्रहरीले जनाएको छ। पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि मौखिम रुपमा मिलापत्र भएको थियो।
‘बालिका करणी गरेको जाहेरी परेपछि पुरीलाई पक्राउ गरिएको हो,’ डिएसपी कार्कीले भने, ‘६ महिना अघिको घटना रहेछ। पीडित बालिकाका बुवाले जाहेरी दिएपछि मात्रै घटना सार्वजनिक भयो। घटना लगत्तै पीडित र उनकी आमालाई क्षतिपूर्ति दिने गरी सहमती भएको कुरा आएको छ। यस घटनाको प्रहरीले अनुसन्धान थाली सकेको छ।’
पीडित बालिकाका बुवा कामले जिल्ला बाहिर बस्ने गर्थे। घरमा श्रीमती र छोरी मात्रै बस्दै आएका थिए। बालिकाका बुवा घरमा आएपछि मात्रै घटना बाहिरियो। काम विशेषले गर्दा बाहिर बस्ने गरेको हुँदा घटनाको भएको समयमा आफू यहाँ नभएको बताउँदै, बालिकाका बुवाले भने, ‘घर आए पनि घटनाका विषयमा थाहा पाएका कसैले पनि सुनाएनन्। न त श्रीमतीले नै भनिन् न त छोरीले नै भनिन्।’ घर आउँदा छोरी बिरामी भएपछि मात्रै घटना थाहा भएको उनले सुनाए।
‘छोरीलाई पिसाबमा समस्या भएपछि उपचार गर्ने क्रममा घटनाबारे छोरीले सुनाइन्,’ बालिकाका बुवाले भने, ‘घटनाबारे सोधखोज गर्दा पुरीलगायत केही स्थानीयले मिल्न दबाब दिएको पाएँ।’ आमा–छोरीले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएको श्रीमतीले सुनाएको बताउँदै, बालिकाका बुवाले भने, ‘उनीहरुको समूहले ज्यान मार्नेसम्मको धम्की दिएपछि डरले घटना सार्वजनिक नगरी बसेका रहेछन्।’