परासी—नवलपरासीको गैँडाकोटस्थित सहज सामुदायिक अस्पताललाई एम्बुलेन्स खरिदका लागि चार लाख सहयोग प्राप्त भएको छ।
अस्पतालका लागि एम्बुलेन्स खरिद गर्न नवलपरासी घर भई हाल अमेरिकामा रहेका रामराज पोखरेलले आफ्नो हजुरबुबाको स्मृतिमा रु चार लाखको चेक अस्पताललाई दिएको अस्पतालका अध्यक्ष करुणासागर सुवेदीले बताए।
यसैबीच नवलपरासीको गैँडाकोटस्थित सहज सामुदायिक अस्पताललाई नगरस्तरीय अस्पतालका रुपमा विकास गरिने भएको छ। हालको अस्पताललाई थप ५१ श्ययाको व्यवस्थासहित नगर अस्पतालका रुपमा विकास गरिने तयारी गरिएको अस्पतालले जनाएको छ। सहज अस्पतालमा पुरानो सेवालाई थप व्यवस्थित गराउँदै थप फिजियोथेरापी, जनरल ओटी सेवा प्रारम्भ गर्न लागिएको अस्पतालले जनाएको छ। रासस