नेपालमा २१ देशका लागुऔषध तस्कर
११ पौष २०७२
•
१५ मिनेट पाठ
नेपालमा २१ देशका लागुऔषध तस्कर
काठमाडौं- नेपालमा बन्ने चरेस लागुऔषधको अन्तर्राष्ट्रिय बजारमा पुर्यािउन र अन्य देशमा उत्पादित हेरोइन, कोकिन तेस्रो देश भित्र्याउन नेपाललाई विश्रामस्थल बनाउन २१ देशका लागुऔषध कारोबारी सक्रिय छन्। लागुऔषध नियन्त्रण ब्युरोको सूचीमा नेपालमा प्रत्यक्ष लागुऔषध कारोबारमा २१ देशका नागरिक सक्रिय देखिएका हुन्।सन् २०११ देखि ५ वर्षको कारोबारको तथ्यांकअनुसार नेपालमा भारत, पाकिस्तान, अमेरिका, सियरालियोन, इजरायल, नेदरल्यान्ड, जर्मन, नाइजेरिया, इरान, स्विट्जरल्यान्ड, पोल्यान्ड, अस्ट्रिया, चीन, थाइल्यान्ड, रसिया, चेक रिपब्लिक, इटाली, युक्रेन, टर्की, मलेसिया, नामिबियाका नागरिक सक्रिय देखिएका छन्। जापानको कुख्यात आपराधिक समूह याकुजाका सदस्यसमेत नेपालमा लागुऔषध तस्करीमा क्रियाशील भए पनि पाँच वर्षबीच यो समूहका कुनै सदस्य पक्राउ परेका छैनन्।




लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख डिआइजी केशरीराज घिमिरेका अनुसार नेपालमा प्रारम्भमा लागुऔषध कारोबारमा जर्मनी नागरिकको संलग्नता उच्च थियो। दुई वर्ष अगाडिबाट नाइजेरियन सक्रियता बढ्यो। 'अहिले कुनै एक देशका नागरिकको बाहुल्य देखिएको छैन,' घिमिरेले भने, 'विभिन्न मुलुकका नागरिक पक्राउ परिरहेका छन्।'

नेपालका सक्रिय तस्करमध्ये भारतीय र पाकिस्तानीको संख्या उल्लेख्य छ। यी दुवै देशका नागरिक नेपाललक्षित कारोबारमा समेत सक्रिय छन् भने अन्य देशका नागरिक नेपालमा बन्ने चरेस तेस्रो देश लैजान र तेस्रो देशमा उत्पादित हेरोइन, कोकिन नेपाल हुँदै तेस्रो देश लैजान सक्रिय छन्। पाकिस्तानी नागरिक सेतो र खैरो हेरोइन नेपाल हुँदै तेस्रो देश पुर्यानउन र नेपालकै बजारमा बिक्रीमा समेत संलग्न छन्। भारतीय नागरिक भारतमा बन्ने खैरो हेरोइन र मनोद्दीपक लागुऔषध नेपाल ल्याउन तथा नेपालमा गाँजा र अफिम खेती गरी चरेस निर्माण गर्दै तेस्रो देश पठाउन सक्रिय छन्।

ब्युरोका प्रमुख डिआइजी केशरीराज घिमिरेका अनुसार नेपालमा हुने गाँजा र अफिमको अवैध खेतीमा भारतीय नागरिकले लगानीसमेत गरेका छन्। दार्चुला, बझाङ, डोटी, रुकुम, सल्यान, बाग्लुङ, म्याग्दी, मकवानपुर, धादिङ, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, उदयपुर, सुनसरी, मोरङ, बर्दिया, सप्तरी, रूपन्देही, नवलपरासी, चितवन र सुर्खेतमा हुने गाँजा खेतीमा भारतीय नागरिकको प्रत्यक्ष संलग्नता खुलेको ब्युरोका अधिकारी बताउँछन्।

नेपाल भित्रिने डाइजेपाम, बु्रपिनर्फिनलगायत मनोद्दीपक लागुऔषधको मुख्य स्रोत भारत हो भने कारोबारी भारतीय। भारतीयको संलग्नतामा नेपालमा हुने गाँजाको अवैध उत्पादन स्थलमार्ग हुँदै भारत पुगेर त्यहाँबाट युरोप र अमेरिकी बजार पुग्ने गरेको डिआइजी घिमिरे बताउँछन्।

झापाको काँकडभिट्टा, मोरङको रानी, वीरगन्जको रक्सौल, भैरहवाको सुनौली, कपिलवस्तुको कृष्णनगर, नेपालगन्जको रूपैडिया, कञ्चनपुरको बेलौरी, दोधारा–चाँदनी र कैलालीको गौरीफन्टा नाका उपयोग गरी भारतीय नागरिकले नेपालबाट गाँजा र चरेस लैजाने गरेका छन् भने उताबाट मनोद्दीपक लागुऔषध ल्याउन यही मार्ग प्रयोग हुने ब्युरोको वर्षिक प्रतिवेदन–२०७१ मा उल्लेख छ।

नेपालको हवाईमार्गबाट जापान, अमेरिका, युरोपका विभिन्न मुलुक, क्यानाडा, रसिया, हङकङसम्म पुर्यााउन अमेरिका, सियरालियोन, इजरायल, नेदरल्यान्ड, जर्मनी, इरान, स्विट्जरल्यान्ड, पोल्यान्ड, अस्ट्रिया, रसिया, चेक रिपब्लिक, इटाली, युक्रेन र टर्कीका कारोबारी संलग्न छन्।

उनीहरूले एक खेपमा २ देखि १० किलोसम्म चरेस विभिन्न सामग्रीमा लुकाएर तेस्रो देश पुर्यासउने गरेका छन्। मूर्ति, काष्ठकला, हस्तकला, धार्मिक ग्रन्थसँगै नरिवल, चेवनप्रासलगायत सामग्रीमा चरेस लुकाएर युरोपियन बजार लैजाने प्रयास गर्दा उनीहरू अधिकांश विमानस्थलमा पक्राउ पर्ने गरेका छन्।

थाई, मलेसियन नागरिक तेस्रो देशमा उत्पादित कोकनलाई नेपाल विश्रामस्थल बनाई युरोपियन बजार पुर्यासउन सक्रिय देखिएका छन् भने सियरालियोनका नागरिक नेपाललाई विश्रामस्थल बनाई अफगानी सेतो हेरोइन तेस्रो देश लैजान सक्रिय छन्। जडीबुटी र वन्यजन्तु अंग तस्करी र विदेशी मुद्राको अवैध कारोबारमा चिनियाँ नागरिक बाक्लै संलग्न देखिए पनि लागुऔषध बजारमा भने उनीहरूको संलग्नता खुलेको थिएन।

दुई वर्ष अगाडिबाट नेपालको लागुऔषध बजारमा चिनियाँ कारोबारीसमेत देखिएका छन्। उनीहरू गाँजा, चरेस र मनोद्दीपक लागुऔषध कारोबारमा संलग्न देखिएका छन्। ब्युरोको प्रतिवेदनअनुसार स्थलमार्ग हुँदै नेपालबाट गाँजा र चरेस चीनसमेत पुग्ने गरेको छ। सन् २०१३ मा 'आइस्ड ड्रग्स' बनाउन आवश्यक स्युडोफिडिन रहेको चिसोमा प्रयोग हुने १५ किलो औषधिसहित तीन चिनियाँ नागरिक त्रिभुवन विमानस्थलमा पक्राउ परेका थिए।

नेपालमा बन्ने चरेसको मुख्यबजार जापानसमेत हो। जापानको लागुऔषध बजारमा नेपाली चरेस पुर्याेउन सन् २०१० सम्म कुख्यात जापानी आपराधिक समूह याकुजा समूहका सदस्य प्रत्यक्ष संलग्न हुने गरेका थिए। सन् २०११ पछिको पक्राउ सूचीमा उनीहरू छैनन्। नेपाली चरेस युरोपियन बजारमा पठाउन सबैभन्दा बढी जर्मन कारोबारी सक्रिय हुँदै आएका छन्। उनीहरूको कारोबार अझै टुटेको छैन।

ब्युरोको प्रतिवेदनअनुसार अधिकांश कारोबारीले अफगानी हेरोइनलाई युरोपलगायत मुलुक भिœयाउन नेपाललाई विश्रामस्थलको रूपमा उपयोग गर्दै आएकामा पछिल्लो समय ब्राजिल र पेरुको कोकिनलाई अन्तर्राष्ट्रिय लागुऔषध बजार पुर्याकउनसमेत कारोबारीले नेपालको रुटलाई विश्रामस्थलको सूचीमा राखेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्युरोले २०६९ पुसमा १ किलो, २०७० फागुनमा २ किलो ६ सय ग्राम, २०७१ जेठमा २ किलो ८३० ग्राम कोकिनसहित थाई, नामिबियन, फिलिपिनो र पाकिस्तानी तथा २०७१ चैत २० मा ११ किलो कोकिनसहित मलेसियन नागरिकलाई पक्राउ गरेको थियो।

ब्युरोका अनुसार सेतो हेरोइन कारोबारमा एसियन, अफ्रिकन, युरोपियन मूलका नागरिक बढी संलग्न छन्। उनीहरुले नेपाललाई विश्रामस्थल बनाएर अफगानी हेरोइन भारत, पाकिस्तान, हङकङ, चीन, थाइल्यान्ड, जापान, नेदरल्यान्ड, इरान, अफगानिस्तान, इन्डोनेसिया लगायत देश लैजाने प्रयास गर्दै आएका छन्।

'भारतमा निर्मित निम्नकोटीको ब्राउन सुगर नेपालमा समेत खपत हुने गरे पनि उच्चकोटीको सेतो हेरोइनको अन्तिम गन्तव्य अमेरिका, क्यानाडा, जापान, विभिन्न युरोपियन मुलुक र अस्ट्रेलिया हो,' ब्युरोका प्रमुख डिआइजी घिमिरेले भने, 'केही कारोबारी हवाईमार्गबाट भारतसम्म आएर त्यहाँबाट स्थलमार्ग हुँदै नेपाल आई तेस्रो मुलुकमा हेरोइन ओसारपसारमा समेत सक्रिय पाइएका छन्।'

मुख्यलाई उन्मुक्ति, फन्दामा भरिया
२०७१ चैत २० मा कतार एयरबाट दोहा हुँदै आएकी मलेसियाकी मारिना बिन्ती जमाउद्दिन नेपाललाई विश्रामस्थल बनाएर इटलीको रोम जाने योजनामा थिइन्। उनी ११ किलो कोकिनसहित पक्राउ परेपछि यो जालोमा रहेका मलेसियन, अफ्रिकी र पाकिस्तानी नागरिकको नाम खुले पनि मरिनाको पक्राउबाट अनुसन्धान अगाडि बढ्न सकेको छैन।

नेपालमा पक्राउ पर्ने लागुऔषधका प्रायः अन्तर्राष्ट्रिय कारोबारीको हैसियत मरिनाझँै भरिया मात्रै हो। अन्तर्राष्ट्रिय समूहसँग मिलेर नेपालबाट चरेस पठाउन सक्रिय प्रमुख नेपाली नागरिक पक्राउ पर्ने गरे पनि अन्तर्राष्ट्रिय समूहका प्रभावशाली कारोबारी उम्कने गरेका छन्।

लागुऔषध कारोबारमा संलग्न अन्तर्राष्ट्रिय समूहविरुद्ध ब्युरोले अन्तर्राष्ट्रिय एवं क्षेत्रीय संघ–संस्थासँग समन्वय र सहकार्य गर्दै आए पनि नेपालमा पक्राउ परेकाहरू अधिकांश भरिया मात्रै हुन्।

ब्युरो सूचीअनुसार युएन इन्टरनेसनल नार्कोटिक्स कन्ट्रोल ब्युरो, युएन अफिस फर ड्रग्स एन्ड क्राइम, सार्क ड्रग्स अफिस डेस्क, इन्टरपोलसँगै भारत, अमेरिका, अस्ट्रेलिया, जर्मन, क्यानडा, चीनका लागुऔषधसँग सम्बन्धित निकायसँग समन्वय, सहकार्य र आपराधिक सूचना आदानप्रदान गर्दै आएको ब्युरो अधिकारी बताउँछन्। तर, नेपालमा पक्राउ परेकाबाट अन्तर्राष्ट्रिय बजारमा क्रियाशील केही व्यक्तिको नाम खुले पनि पक्राउको संख्या भने न्यून छ।

लागुऔषध कारोबारमा संलग्न समूह र व्यक्ति निकै संगठित हुने र विभिन्न श्रेणीमा विभाजित भएर सुरक्षित कारोबारमा संलग्न हुँदा प्रमुख व्यक्तिको पहिचानमा कठिनाइ हुने डिआइजी घिमिरे बताउँछन्।

प्रहरी फन्दाबाट जोगिन सहयोगीसँग सम्पर्कका लागि विभिन्न तह र नक्कली पहिचानको उपयोग र आधुनिक प्रविधिको बढ्दो प्रयोगले भरियाभन्दा माथिल्लो तहसम्म पुग्न कठिनाइ हुने गरेको ब्युरोका अधिकारी बताउँछन्।

नेपालमा प्रयोग भइरहेको पुरातन अनुसन्धान पद्धतिसमेत अनुसन्धानलाई परिणाममुखी बनाउन बाधक देखिन्छ। कारोबारी आधुनिक र प्रविधिसम्पन्न भइसकेका छन् तर ब्युरो अझै पनि मानवकेन्द्रित सुराकीकै भरमा अन्तर्राष्ट्रिय समूहका सदस्य पछ्याउन बाध्य छ। लागुऔषध अपराध नियन्त्रण र अनुसन्धानलाई प्रमाणमुखी बनाउन टेलिफोन, मोबाइल इन्टरसेप्सन, विद्युतीय सर्भिलेन्ससम्बन्धी उपकरण, आधुनिक एक्सरे मेसिन, कल डिटेल रेकर्ड र विश्लेषण पद्धति, लिंकचार्ट विकाससम्बन्धी सफ्टवेयर, इमेल निगरानीसम्बन्धी उपकरण, फोन ट्यापिङ र भ्वाइस रेकर्डरसम्बन्धी उपकरण प्रस्ताव गरे पनि कार्यान्वयन हुन सकेको छैन।

सुराकी परिचालन, निगरानी र अप्रेसनका लागि पर्याप्त बजेट, लागुऔषध कारोबारीसम्म पुग्न अपनाउने 'बाइ एन्ड ब्रस्ट' विधिका लागि आवश्यक पर्ने कोषको माग भएको एक दशक नाघ्न लाग्दासमेत अझै अवस्था उस्तै छ।

डिआइजी घिमिरे कारोबारमा बढ्दो आधुनिक उपकरण प्रयोगले अनुसन्धान पद्धतिलाई जटिल बनाउँदै लगेकाले चुनौती सामना गर्न अनुसन्धान निकाय आधुनिक उपकरण र प्रविधिमैत्री हुन आवश्यक रहेको बताउँछन्। 'अत्यन्त संगठित र आधुनिक उपकरणसम्पन्न संगठित समूह भत्काउन पुरातन निगरानी र अनुसन्धान पद्धतिले मात्रै सम्भव हुन्न,' उनले भने, 'पक्राउलाई गुणस्तरीय र परिणाममुखी बनाउन आधुनिक उपकरण र पद्धति अनिवार्य छ।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस