तस्करीको इन्धनमा गृह प्रशासन नरम
१२ पौष २०७२
•
८ मिनेट पाठ
तस्करीको इन्धनमा गृह प्रशासन नरम
काठमाडौं- भारतीय नाकाबन्दीसँगै इन्धन अभावका कारण न्यून सवारीसाधन मात्र चलेको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखा ट्राफिक नियम पालनामा लचिलो बन्दै मोटरसाइकलमा ३ जना चढ्न र सार्वजनिक सवारी साधनको छतमा यात्रु राख्न दिएको छुट आइतबारबाट हटायो।




'सडकमा जाम हुन थालिसक्यो, अब त सवारी नियम पालन गर्नुपर्योा नि!' ट्राफिक प्रहरी महाशाखा प्रमुख जयबहादुर चन्दले भने, 'पहिला सडक सुनसान नै थियो, अहिले त ७० प्रतिशत सवारीसाधन चल्न थालिसके।'

महाशाखाको तथ्यांक नेपालमा इन्धन आपूर्तिको जिम्मेवारी पाएको नेपाल आयल निगमको तथ्यांकसँग भने मेल खाँदैन। निगमका अनुसार उपत्यकामा सामान्य अवस्थामा ३ लाख ५० हजार लिटर पेट्रोल र ४ लाख ५० हजार डिजेलको माग छ।

निगमको तथ्यांकअनुसार भारतबाट नेपालमा केवल १८ प्रतिशत इन्धन भित्रिइरहेको छ। उसले दैनिक ५० हजार लिटर पेट्रोल र २ लाख ५० हजार लिटर डिजेल मात्रै वितरण गरिरहेको छ।

यातायात व्यवस्था विभागको तथ्यांकमा बागमती अञ्चलमा मोटरसाइकल र चारपांग्रे गरी १० लाख सवारीसाधन दर्ता छन्। त्यसमध्ये सामान्य अवस्थामा उपत्यकाका तीन जिल्लामा ८ लाख ५० हजार सवारीसाधन चल्छन्। महाशाखाको तथ्यांकलाई आधार बनाउने हो भने नाकाबन्दी भए पनि उपत्यकामा करिब ६ लाख सवारीसाधन दैनिक चलिरहेका छन्।

उपत्यकाको सवारी चापको प्रतिशतसँग मागको इन्धनको तालमेल मिलाउने हो भने अहिले दैनिक करिब ३ लाख लिटर पेट्रोल खपत भइरहेको छ। यही तथ्यांकले देखाउँछ, उपत्यकाको दैनिक २ लाख ५० हजार लिटर पेट्रोल र २ लाख लिटर डिजेल मागको पूर्ति तस्करीको इन्धनले धानेको छ।

...

नाकाबन्दी प्रारम्भ भएलगत्तै चितवनको ठोरी अनि झापाको काकडभिट्टा लगायत नाका हुँदै नेपालमा इन्धन तस्करी सुरु भएको थियो। मधेस आन्दोलनका कारण अवरोध भएका राजमार्गमा सुरक्षा एस्कर्टिङ सहित उपत्यका भित्रिने सवारीसाधन यात्रुभन्दा बढी इन्धनका ग्यालिन र ड्रमले भरिँदासमेत तस्करी र कालोबजारी नियन्त्रणको जिम्मेवारी पाएको गृह प्रशासन मौन नै थियो।

उपत्यकामा एक सय ४ रुपैयाँको सरकारी रेटको इन्धन बजारमा ६ सय रुपैयाँ प्रतिलिटरसम्म खुला बिक्री बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो लियो। अख्तियारले गृह अधिकारीसँगै उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रशासन र प्रहरीका प्रमुखलाई बोलाएर 'कि तस्करी रोक या जागिर छाड' भन्ने निर्देशन दिएपछि उपत्यकाका नाकामा इन्धनमाथि सुरु भएको कडाइ अहिले सुस्त छ।

महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख प्रमुख एआइजी प्रतापसिंह थापाले प्रारम्भमा नाकामै इन्धन जफत गरिएपछि संशोधन गरी कालोबजारी नियन्त्रण केन्द्रित गरी प्रहरी परिचालन बढाएको बताए।

उपत्यका भित्रिने नाकामै इन्धन जफत गर्दा व्यक्तिगत प्रयोजनका लागि ल्याइएका इन्धन समेत रोकिएपछि नाकामा नियन्त्रणमा नलिई उच्च मूल्य लिई कालोबजारी गर्ने समूह र व्यक्ति केन्द्रित पक्राउ अभियान सञ्चालन गरिएको उनले दाबी गरे।

इन्धन कालोबजारीमा संलग्नलाई नछाडिएको दाबी गर्दै उनले भने, 'प्रयोजन खुलाउन नसक्नेहरुलाई पक्रिरहेका छौं, व्यक्तिगत प्रयोगको प्रयोजन खुलाउनेलाई कडाइ गरिएको छैन।' तर इन्धन कालोबजारीको दररेटर र थानकोटबाट उपत्यका भित्रिने सवारीसाधनको छतको दृश्यले भने उनको दाबीको खण्डन गर्छ।

थानकोट हुँदै काठमाडौं भित्रिने सवारीसाधन इन्धन भरिएको ड्रमले भरिभराउ हुँदासमेत जाँचपड्तालमा बसेका सुरक्षा निकाय देखेको नदेख्यै गर्छ। उपत्यकामा पछिल्लो समय तस्करीको तेल भित्रिने क्रम ह्वात्तै बढ्दा प्रतिलिटर ६ सय रुपैयाँसम्म बिक्री हुने पेट्रोलको भाउ घटेर २ सय ५० मा झरिसक्यो र झर्ने क्रम जारी छ।

उच्च सुरक्षा अधिकारीका अनुसार गृहको निर्देशन अनुसार केही दिन प्रहरीले उपत्यकामा इन्धन भित्रिने मुख्य नाका थानकोटमा कडाइ गर्दै एकै दिन ३० हजार लिटरसम्म इन्धन जफत गर्दै कारोबारी पक्रँदा उपत्यकामा इन्धन अभाव बढ्यो।

स्रोतका अनुसार 'नेपाल–भारत सीमाबाट तस्करी हुँदै भित्रिइरहेका इन्धनमा कडाइ गर्दा बजारमा अभाव हुने र त्यसले उपभोक्तामा आक्रोश बढाउँदा प्रशासन र सरकारमा दबाब बढ्ने भन्दै गृहमा भएको सुरक्षा बैठकमा तस्करीको इन्धन नियन्त्रणमा नरम नीति लिने सहमति भएपछि अहिले नाकामा पक्राउको क्रम ठप्प भयो।

'उपत्यका भित्रिएका तस्करीको इन्धन लगातार २ दिन नियन्त्रणमा लिँदा मूल्य ३ सय ५० बाट बढेर ६ सय ५० सम्म पुग्यो,' ती सुरक्षा अधिकारीले भने, 'तत्काल भारतबाट इन्धन आयात सहज नहुने र तस्करीको इन्धनसमेत रोक्दा बजार ठप्पै हुने भएपछि नाकामा पक्राउ नगर्न निर्देशन आएपछि अहिले नाकामा पक्राउ गरिएको छैन।'

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले कालोबजारी नियन्त्रणप्रति सरकार गम्भीर र नियन्त्रणमा सक्रिय रहेको दाबी गरे पनि उपत्यकामा व्यक्तिगत प्रयासमा भित्रिने इन्धन नियन्त्रणमा भने केही खुकुलो व्यवहार गरिएको स्वीकार गरे। सरकारी प्रयासमा माग अनुसार आपूर्ति हुन नसकेपछि खाँचो टार्न व्यक्तिगत प्रयोजनका लागि इन्धन ल्याउनेमाथि कारबाही नगरिएको दाबी गर्दै उनले भने, 'व्यक्तिगत प्रयोजनका लागि इन्धन ल्याउनेप्रति गृहले नरम नीति लिएको हो, तर उच्च मूल्य लिएर कालोबजारी गर्ने समूह र व्यक्तिविरुद्ध भने मन्त्रालयको नीति कडा नै छ।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस