ग्यासको तौल र गुणस्तर कम
१२ पौष २०७२
•
१० मिनेट पाठ
ग्यासको तौल र गुणस्तर कम
काठमाडौं- तीन महिनादेखि ग्यास नपाएर छट्पटिएका उपभोक्ता एउटा सिलिन्डर पाउनेबित्तिकै बोकेर घरतिर लाग्छन्। बल्लबल्ल पाइएको ग्यास पनि उम्केला भनेर उनीहरू आफूले लिएको ग्यास कति केजी र ग्यासको गुणस्तर कस्तो भनेर सोधिखोजीसमेत गर्दैनन्।उपभोक्ताहरु आफूले लिएको सिलिन्डरमा कति ग्यास छ, त्यो पनि जोख्दैनन्। न त ग्यासको गुणस्तरबारेमै जानकार हुन्छन्। भारतीय नाकाबन्दीपछि ग्यास आयात रोकिएर नेपालीको चुलो निभेका बेला बल्लबल्ल पाएको ग्यास जोख्नु र गुणस्तरबारे परीक्षण परैको कुरा हो।




यही मौका छोपेर उद्योगीले ग्यासको गुणस्तर र तौलमा ठगी गरेर मोटो रकम कुम्ल्याउँछन्। दस वर्ष पुराना सिलिन्डर अनिवार्य रुपमा 'हाइड्रोलिक' गर्नुपर्ने भए पनि आधाभन्दा बढी उद्योगले त्यसो गर्दैनन्। जसले गर्दा तोकिएभन्दा कम अर्थात ७ दशमलव १ किलो कहिल्यै हुन्न।

आपूर्ति मन्त्रालय स्रोतका अनुसार आधाभन्दा बढी सिलिन्डरको हाइड्रोलिक परीक्षण नै हुँदैन। हाइड्रोलिक नगरिएका सिलिन्डरको पिँधमा दुई केजीसम्म लेदो हुन्छ। त्यही लेदोमाथि नयाँ ग्यास भरेर बजारमा पठाउँछन्।

नेपाल आयल निगमका अनुसार दस वर्षमा पहिलो पटक हाइड्रोलिक परीक्षण गर्नुपर्छ। त्यसपछि ५ वर्ष र अन्तिममा ३/३ वर्षमा परीक्षण गर्नुपर्ने नियम छ। तर, अहिले केही कम्पनीबाहेक कसैले पनि हाइड्रोलिक परीक्षण गर्दैनन्। हाइड्रोलिक परीक्षण नगर्दा उद्योगलाई ठूलो फाइदा हुने गरेको नापतौल तथा गुणस्तर नियन्त्रण विभागका महानिर्देशक विश्ववाबु पुडासैनीले नागरिकलाई बताए। अहिले बजारमा ६१ लाख सिलिन्डर छन्। त्यसमध्ये उपभोक्ताको घरमा २० लाख, डिपोसँग २० लाख र उद्योगसँग २१ लाख हाराहारी सिलिन्डर छन्।

तीमध्ये १० लाख सिलिन्डर मात्र हाइड्रोलिक परीक्षण भएको विभागले जनाएको छ। बाँकी ५१ लाख सिलिन्डर हाइड्रोलिक परीक्षणबिनै ग्यास भरेर बजार पठाइन्छ। स्रोतका अनुसार एउटा सिलिन्डरमा दुई केजीभन्दा बढी लेदो हुन्छ।

नापतौल तथा गुणस्तर नियन्त्रण विभागले आधा केजी सिलिन्डरमा ७ दशमलव १ केजी छ कि छैन भनेर जोख्ने काम गर्छ। भरिएको सिलिन्डर जोख्दा तोकिएको परिमाण हुने विभागले जनाएको छ।

नापतौल विभागलाई नै सिलिन्डरभित्र दुईदेखि साढे २ केजीसम्म लेदो हुन्छ भन्ने जानकारी नै हुँदैन। वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशक हरिनारायण बेल्बासेले एउटा सिलिन्डरमा ३ सय ग्रामदेखि ५ सय ग्रामसम्म लेदो पाइएको बताए। 'अधिकांश सिलिन्डरमा लेदो हुन्छ,' बेल्बासेले भने, 'उद्योगले हाइड्रोलिक नगर्दा उपभोक्ता मर्कामा परेका छन्।'

'सरकारले ग्यास उद्योगलाई ७ दशमलव १ केजी मात्र ग्यास भर्ने अनुमति दिएको छ। तर, उद्योगीहरु सिलिन्डरको पिँधमा भएको लेदो कहिल्यै सफा गर्दैनन्,' उपभोक्ता अधिकार अनुसन्धानका अध्यक्ष माधव तिमल्सेनाले बताए। 'अहिलेका सिलिन्डरमा तोकिएको परिमाण हुँदैन,' उनले भने, 'दुई केजीसम्म लेदो र ५ केजी मात्रै ग्यास हुन्छ।'

नियमअनुसार सिलिन्डर बनेको दस वर्षपछि पहिलोपटक हाइड्रोलिक टेस्ट गर्नुपर्छ। त्यसपछि प्रत्येक पाँच वर्षमा टेस्ट गर्नुपर्ने नियम छ। 'उद्योगीले हाइड्रोलिक टेस्ट नै गर्दैनन्,' नेपाल गुणस्तर तथा नापतौल विभाग स्रोतले भन्यो, 'बीस वर्षसम्म उद्योग आफैंले गर्नुपर्छ। त्यसपछि हाम्रो रोहवरमा टेस्ट गर्नुपर्ने हो। तर गर्दैनन्।'

विभागका महानिर्देशक पुडासैनीका अनुसार दस वर्षसम्म सिलिन्डर निर्माता कम्पनीले नै ग्यारेन्टी लिएको हुन्छ। त्यसपछि प्रत्येक पाँच वर्षमा सिलिन्डरको हाइड्रोलिक टेस्ट गर्नुपर्नेमा अहिलेसम्म उद्योगीले विभागलाई खबर नगरेको उनले बताए।

देशभरका ५५ उद्योगमध्ये धेरैसँग हाइड्रोलिक टेस्ट गर्ने मेसिन छैन। वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार हाइड्रोलिक टेस्ट गर्दा सिलिन्डर फेल भए नष्ट गर्नुपर्ने हुन्छ। यसो गर्दा क्षति हुने भएकाले टेस्ट नगर्ने चलन छ।

हाइड्रोलिक टेस्ट भनेको फेल वा पास छुट्याउने प्रक्रिया हो। नतिजा राम्रो नआउने देखेपछि टेस्ट नै नगर्ने गरेको उद्योगी आफैं स्विकार्छन्। एउटा सिलिन्डर टेस्ट गर्न ५० रुपैयाँभन्दा बढी खर्च लाग्छ। नतिजा खराब देखिए सिलिन्डर नष्ट गर्नुपर्छ। त्यसबापत उद्योगीले नयाँ सिलिन्डर जोड्नुपर्छ। त्यो उद्योगीको नोक्सानी हो। यसबाट जोगिन टेस्ट नगरेको विभागले बतायो।

लोड, अनलोड गर्दा सिलिन्डरमा असर पर्न सक्छ। यो क्रममा ससाना प्वाल पर्ने र ग्यास चुहिएर विस्फोटसमेत हुने हुनाले हाइड्रोलिक टेस्टलाई महŒव दिनुपर्ने पुडासैनीले बताए। एलपी ग्यासभित्र फलाम, धुलो र लेदो हुन्छ। त्यसले सिलिन्डर प्वाल पार्न सक्छ। प्वाल परेको सिलिन्डर उपभोक्ताको भान्छामा पुगे पड्कन सक्ने उनको भनाइ छ।

विभागका अनुसार नेपालमा ग्यास उद्योग स्थापना भएको ४० वर्ष नाघिसकेको छ। तर, केहीबाहेकले हाइड्रोलिक टेस्ट नै नगर्ने विभागको भनाइ छ। पिँधको फुटरिङ र माथिको नेकरिङ गरिएका सिलिन्डरबाट पनि ग्यास बाहिर आउने सम्भावना बढी हुन्छ।

सिलिन्डरको पिँध भाग विद्युतीय ताप (वेल्डिङ) बाट काटेर पुनः अर्को पिँध राख्ने काम फुटरिङ र माथिल्लो भागलाई काटेर पुनः राख्ने काम नेकरिङ हो। यो क्रममा दुईपटक गरिने वेल्डिङले सिलिन्डर कमजोर बनाउने र पछि विस्फोटसमेत हुन सक्ने जानकार बताउँछन्। त्यस्ता सिलिन्डर सामान्यभन्दा अलिकति बढी चाप हुनासाथ चुहिन र पड्कन सक्छ।

सात किलो थाम्ने सिलिन्डरलाई २५ किलोको प्रेसर दिएर टेस्ट गरिन्छ। ट्रकमा लोड गर्दा सिलिन्डर यताउता ठोकिन्छ र प्रेसर १५ किलोसम्म पुग्छ। यति हुँदा पनि सिलिन्डर नपड्कियोस् भनेर २५ किलो प्रेसरमा टेस्ट गर्नुपर्ने हुन्छ।

सरकारी तथ्यांकअनुसार फुटरिङ र नेकरिङ गरेका ५–६ लाख ग्यास सिलिन्डर बजारमा छन्। मापदण्ड अनुसार आयु र हाइड्रो परीक्षणको मिति सिलिन्डरको मूलभागमा राख्नुपर्ने हुन्छ। तर पिँधमा वा समाउने ठाउँमा राख्ने चलन छ।

एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले आफ्नो कम्पनीले दस वर्षमा हाइड्रोलिक टेस्ट गर्ने गरेको बताए। 'नापतौल विभागलाई बोलाउनुपर्छ भन्ने कानुनमा छैन,' उनले भने, 'विभागको उपस्थितिबिनै पनि टेस्ट हुन्छ।' चौबीसभन्दा बढी ग्यास उद्योग खुलेको दस वर्षभन्दा बढी भएको छ। ती सबै कम्पनीले हाइड्रोलिक टेस्ट गर्ने उनको भनाइ छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस