करोडौं राजस्व गुम्यो राहतको
१३ पौष २०७२
•
१५ मिनेट पाठ
करोडौं राजस्व गुम्यो राहतको
काठमाडौं- विभिन्न संघसंस्था तथा व्यक्तिले भूकम्पपीडितका लागि ल्याएको राहत सामग्री र त्यसको वितरणसम्बन्धी तथ्यांक नराख्दा सरकारले करोडौं रुपैयाँ राजस्व गुमाएको छ। विनाशकारी भूकम्प गएको ८ महिना बितिसक्दा पनि राहत सामग्री ल्याउने संघसंस्था तथा व्यक्तिले ती सामग्रीमा कर छुट पाउने आधार पेस नगर्दा सरकारले करोडौं रुपैयाँ बराबरको राजस्व पाउन सकेन।




नागरिकलाई प्राप्त कागजातअनुसार भूकम्पपछि १४ वटा भन्सार नाकाबाट मूल्य खुलेका १ अर्ब ५२ करोड ८ लाख ३३ हजार ५ सय ४० रुपैयाँ बराबरको राहत सामग्री नेपाल भित्रिएको छ। ती सामग्रीको राजस्व उठाएको भए सरकारले ४६ करोड ४० लाख ७७ हजार ५ सय ८० रुपैयाँ पाउँथ्यो।

नेपाल भित्रिएकामध्ये आधा राहत सामग्रीको मात्र मूल्य खुलाइएको छ। आधाचाहिँ मूल्य नखुलाई ल्याइएको छ।

अर्थ मन्त्रालयस्रोत अनुसार मूल्य नखुलेका राहत सागम्री पनि जोड्ने हो भने करिब ३ अर्ब रुपैयाँबराबर राहत सामग्री वैशाख १२ गतेको भूकम्पपछिको दुई महिनामा नेपाल भित्रिएका छन्, जसबाट करिब १ अर्ब रुपैयाँ सरकारलाई राजस्व प्राप्त हुने थियो।

विनाशकारी भूकम्प गएको पुस १२ गते ८ महिना बित्यो। भूकम्पपीडितका नाममा ल्याइएका राहत सामग्री विभिन्न संघ–संस्था तथा व्यक्तिले कहाँ लगेर वितरण गरे, त्यसबारे सम्बन्धित सरकारी निकायसँग कुनै तथ्यांक छैन। न कुनै संस्थाले राहत वितरण गरेको प्रमाण भन्सार विभागमा पेस गरेका छन् न विभागले नै छुटमा भित्रिएका राहत सामग्री पीडितसमक्ष पुग्यो/पुगेन भन्ने सोधीखोजी गरेको छ।

'सरकारले भन्सार छुटमा भित्रिएका राहत सामग्री ३० दिनभित्र सम्बन्धित ठाउँमा पुगेको निस्सा भन्सार कार्यालयलाई बुझाउनुपर्ने निर्णय गरेको थियो तर कसैले बुझाएका छैनन्,' अर्थ मन्त्रालय स्रोतले भन्यो।

भूकम्प गएकै दिन वैशाख १२ गते बसेको मन्त्रिपरिषद बैठकले राहत सामग्रीमा भन्सार छुट दिने निर्णय गरेको थियो। यसलाई वैशाख १७ गते बसेको केन्द्रीय दैवीप्रकोप उद्धार समितिको बैठकले थप स्पष्ट पार्ने काम गरेको थियो।

व्यक्तिगत तथा संस्थागत रूपमा प्राप्त राहत तथा उद्धार सामग्री सरकारले खोलेको केन्द्रीय वा जिल्लास्तरीय वेयर हाउसमा जम्मा भएमा केन्द्रीय दैवीप्रकोप उद्धार समिति र जिल्ला दैवीप्रकोप उद्धार समितिसँग समन्वय गरी वितरण गर्ने निर्णय समितिले गरेको थियो। त्यतिमात्र होइन, समितिले यस्ता सामग्रीको कर, महसुल तथा शुल्क लगत राखी जाँचपास गर्ने निर्णयसमेत गरेको थियो।

'यसरी लगतमा पैठारी भएका मालवस्तु नेपाल सरकारले तोकेको मापदण्डभित्र वितरण गरेपपछि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित गराई ३० दिनभित्र भन्सार कार्यालयमा पेस गरेपछि भन्सार कार्यालयले लगत कट्टा गर्नेछ,' समितिको वैशाख १७ गतेको निर्णयमा स्पष्ट भनिएको छ, 'तोकिएको अवधिभित्र प्रमाणित गरी सम्बन्धित भन्सार कार्यालयमा पेस नगरे भन्सार प्रमुखले नियमानुसार लाग्ने महसुल तथा कर शुल्क एवं जरिवाना असुलउपर गरी कानुनबमोजिम थप कारबाहीसमेत गर्नेछ।'

जेठ २२ गते बसेको मन्त्रिपरिषद बैठकले 'दैवीप्रकोप उद्धार तथा राहत सामग्रीमा लाग्ने राजस्व छुटसम्बन्धी कार्यविधि, २०७२' स्वीकृत गर्यो। जसले राहत सामग्रीमा छुट केही समयका लागि बढाएको थियो। जेठ २० गतेभन्दा अगाडि विदेशबाट चलान भई भन्सार कार्यालयमा आउन बाँकी रहेका भए त्यस्ता सामग्री २०७२ असार ७ भित्र भन्सार कार्यालयमा आइपुगे सरकारको केन्द्रीय वेयर हाउसमा जम्मा गर्नेगरी साबिक प्रक्रियाबमोजिम राजस्व छुट दिएर जाँचपास दिने प्रावधान कार्यविधिमा राखिएको थियो।

'यसरी तयार गरिएको लगत विवरण भन्सार विभागले पाक्षिक रुपमा अर्थ मन्त्रालय र राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई उपलब्ध गराउनु पर्नेछ, उक्त केन्द्रले राहत छुट दिइएको राहत सामग्री र वितरण भएको राहत विवरण पाक्षिक रुपमा भिडाउनु पर्नेछ,' कार्यविधिमा उल्लेख छ। सरकारी निकायसँग व्यक्ति तथा संघ–संस्थाले भन्सार छुटमा के सामग्री भिœयाए भन्ने विवरण छ तर ती सामग्री कहाँ–कहाँ वितरण भए वा भएनन् भन्ने विवरण छैन।

सरकारले स्पष्ट रूपमा भन्सार छुटमा भित्रिएका राहत सामग्री वितरण गरेको प्रमाणीकरण व्यक्ति वा संघ–संस्थाले सम्बन्धित प्रमुख जिल्ला अधिकारीबाट गराएर भन्सार कार्यालयमा नबुझाए नियमअनुसार राजस्व बुझाउनुपर्ने निर्णय गरेको भए पनि यस्ता व्यक्ति तथा संघ–संस्थाको संख्या नगन्य छ। प्रमाण पेस गरेको कागजात भन्सार कार्यालयसँग छैन।

अर्थ मन्त्रालयले राहत सामग्री विदेशबाट ल्याउने व्यक्ति वा संघ–संस्थाले के–कति सामग्री ल्याए भनी तथ्यांक राख्न फाराम नै तयार गरेको थियो। फाराममा पठाउने संघ–संस्था तथा व्यक्ति, सामान प्राप्त गर्ने संघ–संस्था तथा व्यक्ति, सामानको विवरण, परिमाण, अनुमानित मूल्य, मालसामानमा लाग्ने महसुल लेख्नुपर्ने ठाउँ स्पष्ट राखिएको छ। तर, भूकम्प गएपछि सुरुका केही दिनमा भित्रिएका अधिकांश राहत सामग्रीको मूल्य खुलाइएको छैन। पछिपछिका दिनमा भित्रिएका राहत सामग्री पनि केहीको मात्र मूल्य खुलाइएको छ। मूल्य खुलाइएकाको पनि ज्यादै न्यून देखाइएको छ। धेरै ठाउँमा राहत सामग्री वितरण गर्ने स्थान नै उल्लेख गरिएको छैन। त्यति मात्र होइन, राहत सामग्री बु‰ने को हो भन्ने पनि खुलाइएको छैन।

नागरिकलाई प्राप्त कागजातअनुसार राजस्व छुटमा भैरहवा भन्सारबाट २२ करोड ३१ लाख ६७ हजार ४ सय ९२ रुपैयाँ बराबरको राहत सामग्री भित्रिएको देखिन्छ। विराटनगर भन्सारबाट २० करोड ३७ लाख ४७ हजार ३ सय ९४ रुपैयाँ बराबरको राहत सामग्री भूकम्पपीडितको नाममा भित्रिएको छ। यस्तै, वीरगन्ज भन्सारबाट ३२ करोड ९८ लाख ४१ हजार ६ सय र गौर भन्सारबाट १ करोड ६ लाख ८० हजार ५ सय ५६ रुपैयाँ बराबरको राहत भित्रिएको छ।

जलेश्वर भन्सारबाट ४ लाख ६४ हजार १४ रुपैयाँ र कैलाली भन्सारबाट १ करोड ५ लाख ७७ हजार ३ सय ७४ रुपैयाँ बराबरको राहत सामग्री विभिन्न व्यक्ति तथा संघ–संस्थाले राजस्व छुटमा ल्याएका छन्। कञ्चनपुर भन्सारबाट ३२ लाख ६४ हजार २ सय ६३ रुपैयाँ, कृष्णनगर भन्सारबाट २ करोड ५ लाख ९५ हजार ६ सय ६८ रुपैयाँ , मेची भन्सारबाट २६ करोड ६० लाख ७ हजार ७ सय ६८ रुपैयाँ, नेपालगन्ज भन्सारबाट ५ करोड १९ लाख ५० हजार २ सय ३८ रुपैयाँ बराबरको राहत सामग्री भन्सार छुटमा भित्रिएको देखिन्छ।

यस्तै सर्लाहीबाट १२ लाख ६० हजार रुपैयाँ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट ७ करोड ८१ लाख ६३ हजार १ सय ९७ रुपैयाँ बराबरको राहत सामग्री भन्सार छुटमा भित्रिएको छ। 'भित्रिएकामध्ये आधा राहत सामग्रीको मात्र मूल्य खुलेको देखिन्छ। अनुमानित मूल्य राखिएका राहत सामग्रीको पनि ज्यादै न्यून मूल्य मात्र राखिएको छ, जसलाई पत्याउनै गाह्रो पर्छ,' स्रोतले भन्यो।

वैशाख १२ गते भूकम्प गएपछि पीडितका लागि विभिन्न १८ देशबाट १५ लाखभन्दा बढी ब्लांकेट र ५ लाखभन्दा बढी पाल तथा त्रिपाल राजस्व छुटमा नेपाल ल्याइएको थियो। अन्तर्राष्ट्रिय संघ–संस्थाले भूकम्पपीडितलाई विभिन्न प्रकारका १ लाखभन्दा बढी सोलार बत्ती पठाएका थिए। विभिन्न भन्सार नाकाबाट ४३ लाख ७६ हजार २ सय ३२ भन्दा बढी किचन सामग्री पूर्ण भन्सार छुटमा नेपाल भित्रिएको देखिन्छ। यस्तै ठूलो मात्रामा चिउरा र चामल पनि राहतका लागि भन्दै भन्सार छुटमा भिœयाइएको थियो।

सरकारी निकाय, संघ–संस्था तथा व्यक्तिले केजी, बाकस, कार्टुन, पत्ता उल्लेख गरी ठूलो मात्रामा औषधि भिœयाएका छन्। जसअनुसार ३ लाख २४ हजार १ सय ४५ केजी, ३ लाख ७८ हजार ७ सय ८० पत्ता, ५३ हजार ७६ कार्टुन र १ हजार ९६ बाकस औषधि भूकम्पका घाइतेका लागि राहत भन्दै भन्सार छुटमा नेपाल भित्रिएको छ। यसबाहेक थप दुई गाडी औषधि पनि भूकम्पका घाइतेको नाममा भन्सार छुटमा भित्रिएको छ।

भूकम्पपीडितका लागि भन्सार छुटमा १६ करोड ४८ लाख ९६ हजार ६ सय ९० रुपैयाँ बराबरको ब्ल्यांकेट विभिन्न व्यक्ति तथा संघ–संस्थाले ल्याएका छन्।

मूल्य नखुलेको ब्ल्यांकेट यसमा पर्दैन। प्रमाण पेस नगर्नेसँग राजस्व उठाउने नियम कार्यान्वयन गर्ने हो भने मूल्य खुलाइएका ब्ल्यांकेटबाट मात्र ४ करोड रुपैयाँभन्दा बढी राजस्व उठ्ने स्रोत बताउँछ। यस्तै भन्सार छुटमा १ करोड ५० लाख ६१ हजार २ सय ५१ रुपैयाँ बराबरको ६ लाख केजीभन्दा बढी चिउरा भूकम्पपीडितका नाममा भित्रिएको छ।

स्रोतका अनुसार विभिन्न व्यक्ति तथा संघ–संस्थाले भूकम्पपीडितका लागि भन्दै ६ करोड ६२ लाख ७३ हजार ४ सय १९ रुपैयाँ बराबरको औषधि भन्सार छुटमा भिœयाएका छन्। मूल्य नखुलाइएको औषधि यसमा जोडिएको छैन। यस्तै ६ करोड ४० लाख ७१ हजार ९ सय ८१ रुपैयाँ बराबरको २ करोड केजीभन्दा बढी चामल भन्सार छुटमा भित्रिएको छ। भन्सार छुटमा भूकम्पपीडितका लागि विभिन्न व्यक्ति तथा संघ–संस्थाले ४८ करोड ७३ लाख २५ हजार ४ सय ६७ रुपैयाँ बराबरको टेन्ट तथा त्रिपाल भित्राएका छन्। जसको राजस्व २२ करोड हुने स्रोत बताउँछ। यस्तै भन्सार छुटमा साढे ३ करोड रुपैयाँ बराबरको विभिन्न किचन सामग्री भित्रिएका छन्।

'यति ठूलो संख्यामा राहत सामग्री भित्रिएको छ। ती सही ठाउँमा वितरण भए–नभएको बताउन सक्ने कोही छैन। वितरण गरेको प्रमाण पेस गर्ने पनि छैनन्। राजस्व छुटमा भित्रिएका सामग्री सरकारी मापदण्डअनुसार वितरण नभएको भए राजस्व बुझाउनुपर्छ,' स्रोतले भन्यो।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस