काठमाडौं– सशस्त्र प्रहरीका प्रमुखमा नियुक्त भएकोमा दुर्जकुमार राइलाई बधाई दिन नेपाल प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल आफ्नो व्याचका एआइजीसहितका उच्चप्रहरी अधिकारी लिएर सशस्त्र हेडक्वाटर हलचोक पुगेका छन्।

नयाँ सशस्त्र नियमावलीमा आपराधिक गतिविधीमा संलग्न रहेको आशंका लागे पक्राउ र पक्राउ पुर्जी जारी गर्ने अधिकार सशस्त्रले समेत पाएपछि दुबै संगठनको तल्लो तहसम्मका कर्मचारीको सम्बन्ध चिसो भएको थियो। कैलाली प्रर्दशनमा सशस्त्र प्रहरीको ब्यबहारपपछि दुबै संगठनको सम्बन्ध थप चिसो भएको थियो। भ्रष्टाचारको अभियोगको अनुसन्धानमा कोषराज वन्त तानिएर निलम्बन भएसँगै सशस्त्रको नेतृत्व फेरिएपछि सशस्त्रका नयाँ प्रमुख र प्रहरी प्रमुखबीच शुभकामना आदानप्रदानबाट सम्बन्ध सुधारको प्रारम्भ भएको थियो।
प्रहरी संगठनमा अफुसँगै तालिम लिएका राईलाई औपचारिक बधाई दिन अर्याल आफ्नो व्याचका एआइजी र हेडक्वार्टरका डिआइजीसहितको टोलीनै लिएर मंगलबार सशस्त्र बलको प्रधान कार्यालय हलचोक पुगेका थिए। प्रहरी संगठनमा हुँदा राई, अर्याल र प्रहरीका एआइजीहरु एकै व्याचका हुन्। सशस्त्र गठन भएपछि राई एक तह बढुवा लिएर सशस्त्रमा गएका थिए। सशस्त्र गठनपछि दुबै प्रहरी संगठनमा एकै व्याचका प्रहरी अधिकारी आइजीपी भएको यो पहिलो पटक हो।
अर्यालको साथमा प्रहरीका एआइजी विज्ञानराज शर्मा, प्रतापसिंह थापा, केदार साउद, वीरेन्द्रबाबु श्रेष्ठ र रमेशशेखर बज्राचार्य, डिआइजी कमलसिंह बमलगायतका प्रहरी अधिकारी संलग्न थिए। प्रहरीका आइजीपीको नेतृत्वमा बधाई दिन आएको टोलीलाई स्वागत गर्न राई आफ्नो कार्यालय बाहिर आएका थिए। अर्यालले उनलाई पुष्पगुच्छा दिएर बधाई दिएपछि दुबै प्रहरीका अधिकारीले संगठनको सम्बन्धका बारेमा औपचारिक छलफलसमेत गरेका थिए।
संगठनको बन्दोबस्तीको सामान खरिदमा फर्जी बिल प्रयोग गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोषराज वन्तलाई निलम्बन गरेपछि मन्त्रिपरिषद्ले पुस ३ मा राईलाई सशस्त्र प्रमुखको कायमुकायम बनाउँदै दज्र्यानी चिन्ह दिएको थियो।