काठमाडौं- विना अनुमति इन्धन विक्री गरेको फेला परेपछि प्रहरीले विवादास्पद नीजि कम्पनी विराटपेट्रोलियमको पेट्रोल सहितको ट्याङकर नियन्त्रणमा लिएको छ।
प्रहरीले डिल्लीबजार, कालिकास्थानबाट विराटको ट्याङकर नियन्त्रणमा लिएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंले ट्याङकरलाई नियन्त्रणमा लिइ महानगरीय प्रहरी वृत सिंहदरवारमा राखेको छ।
कुनै कानुनी प्रक्रिया पूरा नगरी, सुरक्षा संवेदनशीलतासमेत नहेरी विराटले डिल्लीबजार, कालिकास्थानस्थित प्रस्तावित नेसनल मेडिकल कलेजको कम्पाउन्डबाट उपभोक्तालाई लाइन राखेर जर्किन, ड्रमलगायत भाँडामा समेत पेट्रोल बेचेको अवस्थामा फेला पारेको थियो।
ट्याङकरबाट सिधै ग्यालिनमा पेट्रोल विक्रि गरेको सूचना आए पछि प्रहरीले ट्याङकर नियन्त्रणमा लिइ अनुसन्धान प्रक्रिया अगाडी बढाएको काठमाडौं परिषरका प्रमुख एसएसपी विक्रम सिंह थापाले जानकारी दिए।
सरकारी नियमअनुसार पेट्रोल आयात गरेपछि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले त्यसको मूल्य निर्धारण गर्छ । त्यसपछि नापतौल तथा गुणस्तर नियन्त्रण विभागले तेलको गुणस्तर परीक्षण गरी प्रमाणपत्र दिन्छ । अनि मात्र बेचबिखन गर्न पाइन्छ