काठमाडौं- गैरकानुनी रुपमा ट्यांकरबाट सोझै उपभोक्ताको 'जर्किन' मा सिधै पेट्रोल बिक्री गरेको पाइएपछि सरकारले विराट पेट्रोलियमलाई तेल बिक्रीमा रोक लगाएको छ। विराटले मंगलबार साँझ बिनाअनुमति राजधानीमा पेट्रोल ल्याएर भारतीय ट्यांकरबाट सोझै जर्किन, ड्रमलगायत भाँडा र सवारीसाधनमा चर्काे मूल्यमा बिक्री सुरु गरेको थियो।व्यापारी दीपक मल्होत्राको कालिकास्थानस्थित सिल्भर टावर परिसरमा ट्यांकर लगेर सर्वसाधारणलाई जर्किन र ड्रममा पेट्रोल बेचिरहेको अवस्थामा फेला परेपछि प्रहरीले ट्यांकर नियन्त्रणमा लिएको थियो।
वाणिज्य मन्त्रालयको अनुमतिका आधारमा भारतबाट खरिद गरी ल्याएको इन्धनबारे नापतौल तथा गुणस्तर विभाग र वाणिज्य विभागलाई समेत पत्तै नदिई सिधै उपभोक्तालाई प्रचलित रेटभन्दा बढी मूल्यमा इन्धन बिक्री गरेको सूचनाका आधारमा प्रहरीले पेट्रोल ट्यांकर नियन्त्रणमा लिएको थियो।
नापतौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले कानुन मिचेर इन्धन बिक्री गरेको देखिएकाले तत्काल विराटलाई इन्धन बिक्रीमा रोक लगाइएको जानकारी दिए। 'नियम–कानुन नगरी अवैध रुपमा तेल बेचेको थाहा पाएपछि तत्काल रोक्न लिखित निर्देशन दिएका हौं,' उनले भने, 'विराटले के कसरी तेल ल्यायो, त्यसको विवरण माग गरिएको छ। उसले पेस गरेको विवरणका आधारमा तेल बिक्रीको अनुमति दिने वा नदिने पछि निर्णय हुनेछ।'
महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रमुख डिएसपी प्रजित केसीका अनुसार ट्यांकरबाट प्रतिलिटर १ सय ८५ रुपैयाँका दरले पेट्रोल बिक्री गरेको सूचना आएपछि ट्यांकर नियन्त्रणमा लिएर प्रारम्भिक छानबिन गरिएको थियो।
विराटका अधिकारीले प्रहरीलाई इन्धन ल्याउन आपूर्ति मन्त्रालय र नेपाल आयल निगमबाट पाएको अनुमतिपत्र देखाए पनि कति मूल्यमा बिक्री गर्ने उल्लेख नभएको र इन्धन बिक्री प्रक्रियाविपरीत निजी कम्पाउन्डमा जोखिमपूर्ण रुपमा इन्धन बिक्री गरेको खुलेको थियो।
प्रहरीले ट्यांकर नियन्त्रणमा लिएपछि सुरेश घिमिरे नामका व्यक्ति उक्त इन्धन आफूले ल्याएको भन्दै छुटाउन प्रहरी कार्यालय पुगे पनि प्रहरीले दिएन, बुधबार गुणस्तर विभागलाई बुझाइदियो।
प्रचलित मूल्यभन्दा बढी मूल्य लिएर ट्यांकरबाटै इन्धन विक्री गरेको फेला परेपछि ट्यांकर नियन्त्रणमा लिएर गुणस्तर विभागलाई बुझाएका छौं,' डिएसपी केसीले भने।
पुडासैनीका अनुसार विराटले ल्याएको पेट्रोलको नमुना परीक्षणका लागि विभागमा ल्याइएको छ। 'शुक्रबार परीक्षण हुन्छ,' उनले भने, 'त्यतिन्जेलका लागि उक्त पेट्रोल बिक्री हुँदैन।'
नियमअनुसार विदेशबाट पेट्रोल ल्याउनासाथ नमुना परीक्षणका लागि गुणस्तर विभागमा पठाउनुपर्ने हो। तर, विराटले शक्तिको आडमा वाणिज्य र गुणस्तर विभागलाई बेवास्ता गरेको थियो।
विराटले ल्याएको तेल काठमाडौं भित्रिनेबित्तिकै निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले महँगोमै पेट्रोल पम्पबाट बिक्री गर्ने व्यवस्था मिलाउन आफू मातहतका कर्मचारीलाई निर्देशन दिएका थिए। निगमका कर्मचारीले त्यसो गर्न नसकिने भन्दै टिप्पणी उठाउन नमानेपछि विराट सार्वजनिक स्थलबाटै बिक्री गर्न थालेको थियो।
निगमस्रोतका अनुसार आफूसँग प्रतिस्पर्धामा उत्रेको कम्पनीले ल्याएको तेल निगमसँग अनुबन्धित पम्पबाट बिक्री गराउन खड्काले दबाब दिँदै आएका छन्। 'आफैंसँग प्रतिस्पर्धा गर्ने कम्पनीसँग खड्काले मोटो रकम खाएर पम्पबाटै तेल बिक्री गर्न दबाब दिएका छन्,' स्रोतले भन्यो, 'विराटले ल्याएको पेट्रोल कानुनी रुपमा कुनै पनि पम्पबाट बिक्री गर्न मिल्दैन।'
खड्काले सोमबार बिक्रीका लागि नेपाल आयल निगमको अधिकृत बिक्रेतालाई बिक्री गर्न दिने गरी निर्णयका लागि टिप्पणी उठाउन तोकआदेश गरेका थिए। तर, निगम अर्थविभागले सम्बन्धित मन्त्रालयको स्वीकृति र निगम सञ्चालक समितिको निर्णयविपरीत आफूले काम नगर्ने बताएपछि बिक्री रोकिएको हो। 'सोमबार राति टिप्पणी उठाएर निर्णय गर्नका लागि दबाब दिइएको थियो,' निगम स्रोतले भन्यो, 'तर अर्थ विभागप्रमुख नागेन्› साहले नमानेपछि रोकियो।'
अवैधानिक काम गर्न आफूलाई दबाब परेपछि साहले सरुवा माग गरेका थिए। सरुवा दिन कार्यकारी निर्देशकले नमानेपछि साह मंगलबारदेखि बिदामा बसेको स्रोतले जनाएको छ। 'उहाँले आन्तरिक नियन्त्रण विभागमा सरुवा माग गर्नुभएको थियो,' निगमका एक अधिकारीले भने, 'तर जिएमले नमानेपछि मंगलबारदेखि बिदाको निवेदन पेस गर्नुभएको छ।'
इन्धन संकट समाधानका लागि सरकारले गएको कात्तिक २ मा राजपत्रमा सूचना प्रकाशित गरी निजी क्षेत्रलाई इन्धन आपूर्ति गर्न प्रस्ताव मागेको थियो। सरकारले गरेको वैकल्पिक व्यवस्थाको फाइदा उठाएर खड्काले दसैंको सप्तमीको दिन राति २ बजे विराट पेट्रोलियमलाई २० करोड अग्रिम भुक्तानी दिई पेट्रोलियम पदार्थ ल्याउन अनुमति दिएका थिए। अनुमति पाएको लामो समयसम्म पनि इन्धन नल्याएको विराटले पछि इन्धन ल्याउन नसक्ने जनाउँदै सम्झौता रद्द गरेको थियो।
विराटले ल्याएको पेट्रोल बिक्रीका लागि अनुमति दिन खड्काले माथिल्लो निकायमा समेत दबाब दिएका थिए। नेपाल आयल निगमले १ सय ४ रुपैयाँमा बिक्री गरेको पेट्रोल विराटले भने २ सय २० मा बिक्री गर्न आयल निगमसमक्ष प्रस्ताव गरेको थियो। आपूर्ति मन्त्रालयले विज्ञसँग छलफल गर्दा विराटले गरेको प्रस्ताव अत्यधिक चर्को भएकाले तत्कालै बिक्री गर्न नमानेको स्रोतले जनाएको छ।
विराटले करलगायत अन्य शुल्क यथार्थभन्दा गलत विवरण राखेर मूल्य प्रस्ताव गरेको निगम स्रोतले बताएको छ। विराटले उत्पादन शुल्क ७९ रुपैयाँ ७९ पैसा राखेको छ। निगमले १२ रुपैयाँ ६६ पैसा राखेको नाफा विराटले भने २० प्रतिशतका दरले २८ रुपैयाँ ८८ पैसा राखेको वाणिज्य स्रोतले जनाएको छ। आयल निगमले एक रुपैयाँ ९८ पैसामा ढुवानी गरेकोमा विराटले ११ रुपैयाँ ६४ पैसा राखेको छ।
निगमले सम्पूर्ण सरकारी राजस्व र कर ३१ रुपैयाँ ७१ पैसा तिर्ने गरेकामा विराटले ४० रुपैयाँ ८५ पैसा राखेको छ। भन्सार र भ्याट भनेर ३१ रुपैयाँ ६५ पैसा र भ्याट ९ रुपैयाँ दुई पैसा राखेको छ। प्रशासन शुल्कका रूपमा निगमले जम्मा ५० पैसा राखेको छ, तर विराटले भने १५ रुपैयाँ राखेको छ जसमा भारतमा १३ र नेपालमा दुई रुपैयाँ राखेको छ। निगमले टेक्निकल लस जम्मा ६० पैसा छ, तर विराटको भने १ रुपैयाँ ९० पैसा छ। आयल निगमले दुई रुपैयाँ राखेकोमा विराटले ऋण ब्याजबापत एक रुपैयाँ ५० पैसा जोडेको छ।
यो सबै मूल्य आयल निगमको भन्दा चर्को हुनुका साथै त्यसमा अतिरिक्त अन्य शुल्कसमेत जोडेको वाणिज्य स्रोतले जनाएको छ। स्रोतका अनुसार विराटले भ्याट भनेर दुई ठाउँमा जोडेको छ। एक ठाउँमा भन्सार र भ्याट भनेर ३१ रुपैयाँ ६५ पैसा राखेको छ भने फेरि छुट्टै १३ प्रतिशत भ्याट भनेर २२ रुपैयाँ ५३ पैसा प्रस्ताव गरेको छ। विराटले थप डेमरेज एन्ड डेस्टिनेसन चार्ज भनेर दुई रुपैयाँ ३९ पैसा थप राखेको छ।
चर्को मूल्यमा तेल बेच्न प्रस्ताव गरी बिक्रीका लागि दबाब दिए पनि आपूर्ति मन्त्रालयले जनतालाई मर्का पर्ने निर्णय नगर्ने भन्दै बसेको थियो। 'पेट्रोल भिœयाएपछि विराट र निगमले नोजल अनुमतिका लागि नीतिगत निर्णय गर्न दबाब दिइरहेका छन्,' आपूर्ति मन्त्रालयका एक अधिकारीले भने, 'दररेटको ख्यालै नगरी अनुमति दिने कुरै हुँदैन।'
विराटलाई २० करोड रुपैयाँ अग्रिम भुक्तानी दिनेबारे टिप्पणी उठाउन नमान्दा निर्देशक दीपक बराललाई त्यतिबेलै कार्यकारी निर्देशकको कार्यालयमा सरुवा गरिएको थियो। 'विराटलाई बिनाआधार २० करोड रुपैयाँ दिनुहुन्न भनेपछि बराल सरुवा भएका हुन्,' स्रोतले भन्यो, 'अहिले महँगोमा ल्याएको तेल बिक्री गर्न साहलाई टिप्पणी उठाउन निर्देशन दिएका हुन्। साहले टिप्पणी उठाउन नसकिने भन्दै सरुवा मागिरहेका छन्।'