वन क्याम्पस विद्यार्थी भर्नामा दुई विश्व विद्यालयबीच हानथाप
१६ पौष २०७२
•
६ मिनेट पाठ
वन क्याम्पस विद्यार्थी भर्नामा दुई विश्व विद्यालयबीच हानथाप
चितवन–हेटौंडाको वन क्याम्पसमा विद्यार्थी भर्नाको विषयलाई लिएर त्रिभुवन विश्व विद्यालय (त्रिवि) र कृषि तथा वन विश्व विद्यालय (एएफयु)बीच यो वर्ष पनि विवाद भएको छ। त्रिविले सो क्याम्पसमा नयाँ विद्यार्थी भर्ना गर्न नपाउने एएफयुको जिकिर रहँदै आएको छ। स्नातक तहमा यो वर्ष एएफयुले नयाँ भर्ना गरे लगत्तै त्रिविले पनि नयाँ विद्यार्थी भर्ना गर्न सुचना निकालेको छ।




एएफयुले हेटौंडा क्याम्पसमा यो वर्षका लागि स्नातक तहमा ८० जना विद्यार्थी भर्ना गरी सकेको डिन रमेशकुमार पाण्डेले जानकारी दिए । त्रिवि अन्तर्गतको वन विज्ञान अध्ययन संस्थान पोखराले पनि हेटौंडामा स्नातक र स्नातकोत्तर तहमा विद्यार्थी भर्ना लिन सुचना जारी गरेको छ । एएफयुले बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गरेर भर्ना रोक्न त्रिविलाई अपिल गरेको छ ।

'विस २०६९ सालको माघ ११ मा तत्कालिन शिक्षा मन्त्री तथा सहकुलपतिको रोहबरमा त्रिवि र एएफयुका पदाधिकारीहरुका बीचमा नै त्रिविले विस ६९ सालदेखि कृषि क्याम्पस रामपुर र ७० सालदेखि वन क्याम्पस हेटौंडामा भर्ना नलिने सहमति भएको हो,' एएफयुका उपकुलपति आइपी ढकालले भने । त्रिविले चितवनमा कृषि तथा पशु विज्ञान विषयमा भने नयाँ भर्ना लिन छाडेको छ ।

त्रिविको आङ्गिक क्याम्पसमा रहेको चितवनको कृषि ताथ पशु विज्ञान अध्ययन संस्थान रामपुर कृषि क्याम्पस तथा हेटौंडाको वन क्याम्पसलाई समावेश गरेर सरकारले कृषि तथा वन विश्व विद्यालय गठन गरेको हो । विस २०६७ सालमा ऐन बने पनि अहिलेसम्म सम्पति हस्तान्तरण हुन सकेको छैन । हेटौंडामा भर्ना विवाद कायमै छ । एएफयुले पनि हेटौंडामा ६९ सालबाट भर्ना लिदै आएको छ ।

एएफयु अन्तर्गत हेटौंडामा स्नातक, स्नातकोत्तर र विद्यावारिधीसम्म पढ्ने विद्यार्थी अहिले ३५० जना रहेको एएफयुका रजिष्ट्रार सुर्यकान्त घिमिरेले जानकारी दिए । त्रिवि र एएफयु दुवैले विद्यार्थी भर्ना गर्दा भौतिक संरचनाहरु अपुग भएको उनले बताए । यसो गर्दा अध्ययन अध्यापनमा असर परेको र गुणस्तरीय शिक्षा दिन गाह्रो भएको एएफयुले बिहीबार जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

विस ६९ सालको सहमति सम्झाउँदै भर्ना लिन वर्षेनी आग्रह गरे पनि वन विज्ञान अध्ययन संस्थान पोखराका पदाधिकारीहरुले अटेर गरेको आरोप एएफयुका अधिकारीहरुको रहेको छ । वन विज्ञान अध्ययन संस्थानका अधिकारीहरुले यो पटक त्रिविकै उपकुलपतिको निर्देशनलाई वेवास्ता गरेको एएफयुका उपकुलपछि आइपी ढकालको भनाइ छ ।

भरतपुरको पत्रकार सम्मेलनमा एएफयुका अधिकारीहरुले त्रिवि उपकुलपति तिर्थ खनियाले वन विज्ञान अध्ययन संस्थान पोखराका डिनलाई पुस ५ गते पठाएको एउटा पत्र वितरण गरेका छन् जस्मा हेटौंडामा विद्यार्थी भर्ना स्थगित गर्न भनिएको छ । शिक्षा मन्त्रलायले त्रिवि उपकुलपतिलाई दिएको निर्देशन अनुरुप डिनलाई सो आदेश दिइएको थियो ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले त्रिवि उपकुलपतिलाई मंसिर २० मा पत्र काटेर हेटौंडाको भर्ना रोक्न निर्देशन दिएपछि डिनलाई आदेश गएको थियो । भर्नाका विषयमा मन्त्रालयले विशेष समिति गठन गरेको र त्यो समितिले राय नदिने बेलासम्म त्रिवि अन्र्तगतको वन विज्ञान अध्ययन संस्थान डिनको कार्यालयबाट हेटौंडामा हुने भर्ना स्थगित गर्न शिक्षा मन्त्रीले निर्देशन गरेका छन् ।

तर त्रिवि अन्तर्गतको डिन कार्यालयले हेटौंडाको भर्ना प्रकृया नरोकेको एएफयुका अधिकारीहरुको दावि छ । हेटौंडाले पुस २५ मा प्रवेश परीक्षा लिने भएको छ । वन विज्ञान अध्ययन संस्थान पोखराका डीन चिरञ्जीवी उपाध्याय त्रिवि सभा (सिनेट)को निर्णय अनुसार आफुले भर्नाको सुचना निकालेको बताउँछन् ।

'सिनेटले हेटौंडामा पनि विद्यार्थी भर्ना गर भन्ने आदेश दिएको छ । मैले त्यसैलाई पालना गरेको हो । नयाँ निर्देशनसहितको पत्र काटिएको छ रे भन्ने सुनेको छु । मलाई प्राप्त भएको छैन' त्रिवि अन्तर्गतको वन विज्ञान अध्ययन संस्थान पोखराका डीन चिरञ्जीवी उपाध्यायले भने । त्रिविको कामले शैक्षिक क्षेत्रमा अराजकता र अन्यौल भित्रने खतरा रहेको एएफयुका उपकुलपति ढकालले बताए ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस