काठमाडौं- भारत हुँदै काठमाडौंमा नियन्त्रित लागुऔषध कारोबार गर्ने तीनवटा समूहलाई महानगरीय प्रहरी वृत्त थानकोटले पक्राउ गरी आफैं अनुसन्धान अगाडि बढाएको छ। वृत्तले एक सातामा गाँजा, कोरेक्स, नाइट्रोजन ट्याब्लेटसहित कारोबारीलाई पक्राउ गरी अनुसन्धान थालेको हो।चिनीको कार्टुनमा लुकाएर ल्याएको ९८ वटा कोरेक्स, गोलभेडाको बोरामा राखिएको नाइट्रोजन ट्याब्लेट र डेढ किलो गाँजासहित कारोबारी पक्राउ परेका थिए। वृत्तका डिएसपी डिल्लीराज रेग्मीका अनुसार पुस १० मा नेपालगन्जबाट काठमाडौं आएको सार्वजनिक बसमा चिनीको बोरामा लुकाएर ल्याएको ९८ वटा कोरेक्ससहित सुरेश गिरी र कुशल भट्टराई पक्राउ परेका थिए।
त्यसको तेस्रो दिन थानकोट वृत्तले नै ३५ बोतल कोरेक्स र ९० ट्याब्लेट नाइट्रोजनसहित दुईजना कारोबारीलाई पक्रेको थियो भने १५ गते बाराबाट काठमाडौं भित्याइएको १ सय ९९ एम्पुल डाइजिपाम, १ सय ९९ एम्पुल डाइजेल्याब, ३ सय ८७ एम्पल न्युफिन र ३ सय ९९ एम्पुल फेरागनसहित कारोबारी पक्राउ परेका थिए। थानकोटले धादिङबाट डेढ किलो गाँजा मोटरसाइकलमा राखेर काठमाडौं आएका विशाल तामाङ र राजु खड्कालाई समेत पक्रेको थियो।
लागुऔषध कारोबार नियन्त्रण र अनुसन्धानका लागि प्रहरीकै अनुभवी जनशक्तिसहितको लागुऔषध नियन्त्रण ब्युरो क्रियाशील छ। तर, यी कुनै पनि घटना ब्युरोसम्म पुगेका छैनन्। थानकोट वृत्त आफैंले कारोबारीलाई हिरासतमा राखेर मुद्दा अगाडि बढाइरहेको छ।
थानकोट वृत्त मात्रै हैन, लागुऔषध कारोबारको जालो तोड्न प्रहरीकै कमान्डमा ब्युरो क्रियाशील भए पनि लागुऔषध पक्राउ र अुनसन्धानमा अन्य प्रहरी कार्यालयले समन्वय गर्दैनन्। ब्युरोले केन्द्रीय तहसँगै स्थानीय तहमा समेत स्याटेलाइट कार्यालय राखेको छ तर उसले न पक्राउ अगाडि कुनै जानकारी पाउँछ न पक्राउपछि समयमै पूर्ण जानकारी।
स्थानीय प्रहरी कार्यालयमा दैनिक आउने गुनासो र उजुरीका कारण उनीहरु पक्राउ परेका व्यक्तिको बयान र बरामद सामग्रीको विवरणभन्दा अगाडि अनुसन्धान बढाउन भ्याउँदैनन्। लागुऔषध कारोबारका सामान्य कारोबारी पक्राउपछि विस्तृत अनुसन्धानबाट लागुऔषध पठाउने डिलर, काठमाडौंलगायत मुख्य सहरमा ओसार्ने भरिया र ती स्थानमा सक्रिय स्थानीय डिलरसम्म प्रहरी पुग्न सक्छ।
आफ्नै संगठन मातहतको निकाय भए पनि स्थानीय प्रहरीले पक्राउ गर्ने लागुऔषधका कारोबारीबारे ब्युरोमा सामान्य जानकारी मात्रै जान्छ, समयमै विस्तृत विवरण पुग्दैन। लागुऔषध कारोबारमा संलग्न सबै तहका व्यक्तिको पहिचान र पक्राउका लागि गोप्य राख्नुपर्ने विवरण स्थानीय प्रहरी कार्यालयबाट पहिल्यै सार्वजनिक हुन्छ र अनुसन्धान भरियाभन्दा अगाडि बढ्नै पाउँदैन।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी विश्वराज पोखरेलले लागुऔषधसहित पक्राउ परेका आरोपी स्थानीय प्रहरीकै हिरासतमा रहने र अनुसन्धानसमेत उसैले गर्ने बताए। बरामद र पक्राउ घटनाबारे ब्युरोमा जानकारी गराइएको र आवश्यक परे अनुसन्धानमा उनीहरुको समेत सहयोग लिइने उनले जानकारी गराए। 'मुद्दा चलाउने अधिकार हामीमै रहेकाले पक्राउ परेका आरोपीको अनुसन्धान र मुद्दा प्रक्रिया हामी नै अगाडि बढाउँछौं,' पोखरेलले भने, 'आवश्यक परे अनुसन्धानमा ब्युरोको सहयोग लिन्छौं।'
ब्युरोका अधिकारी भने आफ्नै संगठनका स्थानीय प्रहरी कार्यालयको व्यवहारप्रति असन्तुष्ट छन्। घटनाको जस लिने होडमा पक्राउको समयमा ब्युरोले जानकारी नै नपाउने, विवरण सार्वजनिक भएपछि मात्रै ब्युरोका अधिकारीले थाहा पाउँदा अनुसन्धान प्रक्रियामा अपनाउनुपर्ने गोप्यता सबै खुलेर कारोबारी जोगिनसक्ने उनीहरुको मत छ।
रक्सी भयो विशेष रसायन
सात वर्षअगाडि महानगरीय प्रहरी वृत्त महाराजगन्जले धादिङबाट गाँजा ल्याई काठमाडौंमा प्रशोधन र प्याकिङ गर्ने कारखानामा छापा मार्दा चरेससहित चार ग्यालेन तरल पदार्थ फेला पर्योल। छापा मार्न संलग्न वृत्तका प्रहरीले ग्यालेनको तरल पदार्थ चरेस बनाउन प्रयोग हुने विशेष प्रकृतिको रसायन भएको सार्वजनिक गरे। पछि परीक्षण गर्दा सो विशेष प्रकृतिको रसायन नभई घरेलु रक्सी रहेको खुल्यो।
लागुऔषधबारे कमै जानकारी हुने प्रहरी पक्राउ र छापामा संलग्न हुँदा लागुऔषधको प्रकृति पहिल्याउन कठिन पर्ने र मुद्दा प्रक्रिया नै प्रभावित हुने गरेको यो एउटा उदाहरण मात्रै हो। पक्राउको प्रक्रियादेखि नै ब्युरोको जनशक्ति खटिन सक्ने हो भने कारोबारमा संलग्न व्यक्तिको पृष्ठभूमि, उनीहरुको सन्जाल र कारोबारमा संलग्न सबै तहका व्यक्ति पहिल्याउन सकिने ब्युरोका अनुभवी अधिकारी बताउँछन्।
विशेष प्रकृतिको अप्रेसनमा विज्ञ समूह रहेको ब्युरोलाई संलग्न नै नगराई पक्राउ र बरामद गर्दा यस्ता धेरै त्रुटि हुने गरेको प्रहरी अधिकारी बताउँछन्। कारोबारमा संलग्न महत्वपूर्ण व्यक्ति पक्रन निरन्तर निगरानी, सूचना संकलन र पहिचानपछि मात्रै प्रहरी अप्रेसन गर्दा प्रभावकारी हुन्छ। स्थानीय निकायले यी सबै प्रक्रिया पूरा नगरी सूचनाको आधारमा छापा मार्दा महत्वपूर्ण व्यक्ति उम्कनसक्ने लागुऔषध अनुसन्धानबारे जानकारी प्रहरी अधिकारी बताउँछन्।
केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कमलसिंह बम सानो परिमाणको लागुऔषध बरामद र कारोबारी पक्राउका घटना जिल्ला आफैंले गर्ने गरे पनि ठूलो प्रकृतिको घटनामा ब्युरोको संलग्नता अनिवार्य रहेको बताउँछन्। जिल्लालाई लागुऔषधबारे मुद्दा चलाउने अधिकार भएकाले मुद्दा आफैं अगाडि बढाए पनि अनुसन्धानमा ब्युरो अधिकारीको संलग्नतालाई केन्द्रले प्राथमिकता दिएको बताउँदै बमले भने, 'ठूला घटनामा समन्वय हुने गरे पनि साना घटनामा समन्वयको अभाव हुन सक्छ, कतै त्यस्तो देखिए सुधार्नुपर्छ।'