पानी परेन, चिसो अब बढ्दैन !
१८ पौष २०७२
•
८ मिनेट पाठ
पानी परेन, चिसो अब बढ्दैन !
काठमाडौं- पुसको १७ औं दिनसम्म पानी परेको छैन। यसको संकेत हो, 'चिसो अब बढ्दैन।' ठोकुवा गर्न भने सकिन्न भन्छिन्, जल तथा मौसम विज्ञान विभागकी मौसमविद प्रतिभा मानन्धर।




उनको विश्लेषणमा पुस महिनाभर पानी परेन भने ११ गतेदेखि देशका अधिकांश स्थानमा उक्लिरहेको न्यूनतम तापक्रम ओरालो लाग्ने सम्भावना हुन्न। उनी भन्छिन्, 'सामान्यतया पुसमा पानी परेन भने तापक्रम घट्दैन, बरु अझ बढ्छ,' उनले भनेजस्तो भयो भने भूकम्पपीडितले चिसोबाट केही राहत पाउनेछन्।

'तर मौसम हो, भन्नै सकिन्न, अपर्झट कतैबाट त्यस्तो कुनै प्रणाली नेपाल भित्रियो भने पानी पर्न पनि सक्छ तर आजको मितीसम्म पानी पर्ने संभावना भने देखिदैन,' मानन्धरको विश्लेषण छ, 'पुस महिनाभित्रै पानी परिहाल्यो भने तापक्रम फेरि घट्न सक्छ। यसले भूकम्पपीडितलाई थप पीडा दिन सक्छ।

'पुसमा नपरेर माघमा पानी पर्योम भने तापक्रम बिस्तारै बढ्न सक्छ,' मानन्धर भन्छिन्। पुसमा हुने वर्षाले भने थप पीडा दिन सक्ने उनको तर्क छ।

अघिल्लो वर्ष मंसिर १५ देखि पुस १५ सम्म तीनपटक पानी परेको थियो। यसपटक यी दिन सुक्खा रहे जसले अबको १३ दिनभित्र पनि पानी पर्ने सम्भावना कम भएको तर्क मानन्धरको छ।

मानन्धरले यसो भनिरह"दा त्यही विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद विभूति पोखरेल पछिल्ला दिन पश्चिमी वायुको प्रभाव बढेको बताउ"छिन्। 'भर्खर जनवरी १ ९पुस १७० भा'छ, जनवरी १५ सम्म हेर्नुपर्छ,' उनले माघ १ सम्म चिसो बढ्ने सम्भावना औंल्याउँदै भनिन्। पोखरेलले थपिन्, 'तापक्रम खासै नघट्लाजस्तो लाग्छ तर पनि पश्चिमी वायुको प्रभाव छ, भन्न सकिन्न।'

यस वर्ष पुस ७, ८ र ९ गते प्रायः सबैतिरको न्यूनतम तापक्रम घट्यो। यी तीन दिनलाई यस वर्षको अहिलेसम्मकै चिसो दिन मान्छन्, मौसमविद। काठमाडौंकै न्यूनतम तापक्रम पुस ९ गते शून्यमा झरेको थियो। यसपछिका दिनमा तापक्रम नियमित रुपमा बढिरहेको छ। शुक्रबारसम्म आइपुग्दा काठमाडौंको न्यूनतम तापक्रम ४।२ डिग्री सेल्सियसमा उक्लिएको छ।

भूकम्प प्रभावित प्रायः जिल्लाको ९रसुवा र दोलखाबाहेक० न्यूनतम तापक्रम काठमाडौंको भन्दा बढी देखिन्छ। विभागले उपलब्ध गराएको अघिल्लो वर्षको तथ्यांकले यसको पुष्टि गरेको छ। प्रभावित जिल्लामध्ये न्यूनतम तापक्रम सबैभन्दा तल जाने जिल्लामा दोलखा, रसुवा र काठमाडौं पर्छन्। पुस ८ र ९ गते दोलखा, जिरीको न्यूनतम तापक्रम माइनस ५।१ मा झरेको थियो। अघिल्लो वर्ष सबैभन्दा कम माइनस २।४ मात्र थियो। यसले पनि दोलखा अघिल्लो वर्षभन्दा चिसिएको देखिन्छ। जिरीको तापक्रम फागुन लागेपछि मात्र उकालो लागेको देखिन्छ गत वर्ष।

विभागले उपलब्ध गराएको तथ्यांकअनुसार अघिल्लो वर्ष पुस २८ गते रसुवा, टिमुरेको न्यूनतम तापक्रम १।३ मा झरेको थियो। २९ गतेदेखि यो तापक्रम नियमित बढेको देखिन्छ। तर उत्तरी भेगको न्यूनतम तापक्रम भने यो भन्दा निकै कम हुनसक्ने अनुमान मौसमविदको छ। भूकम्प प्रभावित जिल्लाको न्यूनतम तापक्रम सरसर्ती हेर्दा रसुवा र दोलखाका पीडित चिसोबाट सबैभन्दा बढी प्रभावित छन्।

अघिल्लो वर्ष सिन्धुपाल्चोक, बाह्रबिसेको न्यूनतम तापक्रम पुस २७ देखि मात्र उकालो लागेको देखिन्छ। अघिल्लो वर्ष पुस २६ गते ३।९ डिग्री सेल्सियसमा झरेको न्यूनतम तापक्रम २७ गतेदेखि मात्र बढ्न थालेको थियो। यही अवस्था यसपटक पनि रहने हो भने सिन्धुपाल्चोकका भूकम्पपीडितले अझै १०र१२ दिन अत्यधिक चिसो सामना गर्नुपर्ने देखिन्छ।

यसैगरी, धादिङ, धुनीबेसीमा अघिल्लो वर्ष पुस २५ गते सबैभन्दा कम न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो। पुस २६ गतेदेखि तापक्रम लगातार उकालो लागेको थियो। गोरखाको अवस्था पनि ठ्याक्कै त्यस्तै थियो। पुस २५ गते ५ डिग्री सेल्सियसमा झरेको तापक्रम २६ बाट बढेको देखिन्छ। यसअघिका दिनमा न्यूनतम तापक्रम बढने र घट्नेक्रम नियमित देखिन्छ।

यसैगरी, रामेछाप मन्थलीको अघिल्लो वर्षको न्यूनतम तापक्रम पुस २५ गते सबैभन्दा कम ६ डिग्री सेल्सियस पुगेपछि बिस्तारै उकालो लागेको देखिन्छ। विभागले मन्थलीको गत मंसिर १५ देखि पुस १५ बीचको तथ्यांक उपलब्ध गराएको छैन।

नुवाकोटको न्यूनतम तापक्रम माघ ५ मा ६ डिग्री रहेकामा त्यसपछि नियमित रुपमा बढेको थियो। भूकम्प प्रभावित पहाडी केही जिल्लाको अघिल्लो र यस वर्षको तथ्यांक हेर्दा कम्तीमा पुस २५ पछि तापक्रम बिस्तारै बढ्दै जाने देखिन्छ।

मौसमविद पोखरेलले भनेजस्तै कुनै पनि बेला तापक्रम घट्ने र बढ्ने सम्भावना सधैं रहन्छ।

'दुईरतीन दिनदेखि पश्चिमी वायुको प्रभावले हल्का बादल लागिरहेको छ तर यसले पानी पार्छजस्तो लाग्दैन। यो बादल तिब्बत हुँदै बाहिरिएको छ,' उनले भनिन्, 'पानी परेर आकाश सफा भयो भने तापक्रम घट्न सक्छ। अघिल्लोपटक तापक्रम झर्दा आकाश पूरै सफा थियो तर दुई दिनसम्म न्यानो हुने सम्भावना छ।'

पोखरेलका अनुसार बादलले गर्दा पनि भूकम्प प्रभावितलगायत सबै जिल्लाबासीले अहिले हल्का तातो महसुस गरिरहेको हुनुपर्छ। 'यसले अधिकतम तापक्रम हल्का घटाएको छ,' उनले भनिन्, 'यो अवस्था अझै दुई दिनसम्म रहन्छ।'

उच्च हिमाली क्षेत्रमा भने हिमपातको सम्भावना कायमै रहेको पोखरेलले सुनाइन्। तत्कालको मौसमी भविष्यवाणी जे भए पनि मौसमविदहरु माघ १ अघि चिसो घट्छ भनेर ठोकुवा भने गर्न सक्दैनन्।

'संसारभर मौसमको चरित्र फेरिएको छ। अमेरिकामा त्यस्तै छ। अस्ट्रेलियामा त्यस्तै छ। कुनै नया" खालको प्रणाली आयो र पानी पार्योो भने फेरि चिसो बढ्न सक्छ,' विभागकी मौसमविद मानन्धरले लख काटिन्।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस