सिरियालीलाई भिसा बन्द
१८ पौष २०७२
•
८ मिनेट पाठ
सिरियालीलाई भिसा बन्द
काठमाडौं- सिरियाली नागरिकका हकमा खुकुलो भिसा प्रावधानप्रति अन्य राष्ट्रले चासो राखेपछि नेपालले सिरियाली नागरिकले अध्यागमन नाकामा पाउँदै आएको अनअराइभल भिसा सुविधा बन्द गरेको छ।सिरियामा रहेको आतंकवादी संगठन इस्लामिक स्टेटले त्यसको दुरुपयोग गर्नसक्ने भन्दै भारत, अमेरिका, बेलायतलगायत देशले नेपालको ध्यानाकर्षण गराएपछि गृह मन्त्रालयले अनअराइभल भिसा पाउने मुलुकको सूचीबाट सिरियालाई हटाउने निर्णय गरेको हो। जनवरी १ (पुस १७) बाट सो निर्णय कार्यान्वयनमा आइसकेको छ। सरकारले आइएसआइएसको प्रभाव बढेको इराकका नागरिकका हकमा यसअगाडि नै अनअराइभल भिसा सुविधा बन्द गरिसकेको छ।

हालसम्म नेपालमा कुनै सुरक्षा खतरा नदेखिए पनि आइएसआइएसले छिमेकी मुलुक भारतमा आक्रमणको धम्की दिँदै आएको छ। दक्षिण एसियाका पाकिस्तान, बंगलादेश, श्रीलंकालगायत देशमा समेत प्रभाव विस्तार गर्न कमान्डर नियुक्त गरेपछि आइएसआइएसविरुद्ध कारबाही अभियान चलाइरहेका अमेरिका र बेलायतले नेपालको भिसा प्रणालीप्रति चासो राखेको स्रोतले जानकारी दियो।

ती राष्ट्रले नेपालको परराष्ट्र मन्त्रालयलाई भिसा प्रणालीबारे चासो राख्दै पत्र पठाएपछि परराष्ट्र मन्त्रालयले गृहको ध्यानाकर्षण गराएको थियो। अन्य देशले परराष्ट्र मन्त्रालयमा पत्राचार गर्दै भिसा प्रणालीबारे चासो देखाएपछि परराष्ट्रले सिरियाली नागरिकको हकमा अनअराइफल भिसा सुविधा हटाउन मंसिर २८ मा पत्र पठाएको थियो।

गृह स्रोतका अनुसार पछिल्लो समय आइएसआइएसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आक्रमण गर्ने घोषणा गरेपछि भारतीयपक्षले सिरियाली नागरिकका हकमा नेपालमा रहेको भिसा प्रणालीप्रति बढी चासो देखाएको थियो। आइएसआइएसका सदस्य अनअराइभल भिसा लिएर सहजै नेपाल आउँदा खुला सीमाका कारण भारतमा सुरक्षा खतरा बढ्ने भन्दै भारतले समेत चासो देखाएपछि नेपालले सो सुविधा हटाउने प्रक्रिया अगाडि बढाएको हो।

परराष्ट्रको पत्रपछि पुस ९ गते मन्त्रीस्तरीय निर्णय गरी पुस १७ बाट लागू हुनेगरी निर्णय भइसकेको छ। निर्णयबारे गृहले परराष्ट्रलाई जानकारी गराइसकेको गृहका एक अधिकारीले जानकारी दिए। आइएसआइएसका सदस्यले नेपाललाई ट्रान्जिट बनाउनसक्ने सम्भावना देखिएकाले अध्यागमन नाकामै भिसा दिने प्रक्रिया रद्द भएको अध्यागमनका महानिर्देशक केदार न्यौपानेले जानकारी दिए।

'नेपालमै बसेर शरणार्थी दाबी गर्ने, नेपाललाई ट्रान्जिट बनाएर अन्य देशमा जाने र नक्कली भिसा र राहदानी बोकेर आउनेक्रम बढेपछि अनअराइभल भिसा सुविधा रद्द गरिएको हो,' न्यौपानेले भने।

सिरियाबाट विभिन्न मुलुक हुँदै नेपाल आउने र नेपाल हुँदै युरोपेली मुलुक जाने सिरियाली नागरिकको संख्या बढेपछि गृहले पुस १७ गतेदेखि अध्यागमन प्रवेश विन्दुबाटै भिसा पाउने सुविधा रद्ध गर्दै सम्बन्धित नियोगबाटै भिसा लिएर आउनुपर्ने प्रावधान लागू गरेको हो। उत्तरी सिरियामा आइएसआइएसले कब्जा जमाएपछि सुरक्षित हुन अन्य देश भाग्ने सिरियालीको संख्या बढ्दो छ। शरणार्थीका रूपमा युरोपेली मुलुक जान सिरियाली नागरिक जोखिम मोल्दै नेपालसमेत आइरहेका छन्।

पछिल्लो समय पहिचान बदल्दै नेपाल आउने सिरियाली नागरिकको संख्या बढेको थियो। अध्यागमन कार्यालयका अनुसार एक वर्षबीचमा नक्कली राहदानी लिएर नेपाल आएका यस्ता १५ जना सिरियाली नागरिकलाई पक्राउ गरी छानबिनपछि देश निकाला गरिसकिएको छ।

गृह अधिकारीका अनुसार परराष्ट्रलाई निर्णयबारे जानकारी गराउँदै सम्बन्धित नियोगमा त्यसबारे जानकारी दिन गृहले पत्र पठाइसकेको छ। सिरियामा नेपालले दूतावास स्थापना गरेको छैन। परराष्ट्र मन्त्रालयका अनुसार सिरियामा नन रेजिडेन्टल डिप्लोम्याटिक मिसन मात्रै छ।

अनअराइफल भिसाका कारण आतंकवादी गतिविधि बढिरहेका देशका नागरिक नेपाल आउनेक्रम बढेपछि सरकारले यसअगाडि ११ देशका नागरिकले पाउँदै आएको अनअराइभल भिसा सुविधा खारेज गरेको थियो।

अध्यागमन विभागका अनुसार अफ्रिकी मुलुक नाइजेरिया, घाना, जिम्बाबे, क्यामरुन, सोमालिया, लाइबेरिया, इथोपियाका नागरिकलाई अनअराइभल भिसा सुविधा खारेज गरेको थियो। यसैगरी स्वाजिल्यान्ड, इराक र अफगानिस्तानका नागरिकले समेत अनअराइभल भिसा पाउँदैनन्।

चिनियाँलाई निःशुल्क भिसा

पछिल्लो समय परराष्ट्रमन्त्री कमल थापाको चीन भ्रमण क्रममा भएको सहमतिअनुसार नेपालले चिनियाँ नागरिकलाई निःशुल्क भिसा दिन थालेको छ। परराष्ट्रको सहमतिअनुसार अध्यागमन विभागले सन् २०१६ जनवरी १ (पुस १७) देखि नेपाल आउने चिनियाँ नागरिकलाई निःशुल्क भिसा दिन थालेको हो।

चीन भ्रमणमा गएका थापाले चिनियाँ समकक्षीसँग नेपालमा चिनियाँ पर्यटकको संख्या बढाउन निःशुल्क भिसा दिने सहमति गरेका थिए। यसअगाडि नेपाल घुम्न आउने चिनियाँ नागरिकले दैनिक २ अमेरिकी डलर शुल्क तिर्नुपर्ने कानुनी प्रावधान थियो।

विभाग प्रमुख न्यौपानेका अनुसार नेपाल आउने चिनियाँ नागरिकलाई १ सय ५० दिनका लागि अध्यागमन डेस्कमै भिसा दिने प्रक्रिया कार्यान्वयनमा आइसकेको छ। 'पर्यटकको रूपमा नेपाल आउने चिनियाँ नागरिकलाई अनअराइभल भिसा निःशुल्क दिने काम सुरु भइसक्यो,' न्यौपानेले नागरिकसँग भने।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस