काठमाडौं-यो वर्षको पहिलो उल्का वर्ष सोमबार बिहान हुँदैछ । बिहान पौने ४ बजेदेखि पौने ८ बजेसम्म अत्याधिक हुने छ । यसपटकको उल्का वर्षाको स्रोत बुटिज(भूतप) तारामण्डल हो ।'आकाश खुला र सफा भएको ठाउँबाट राम्रोसँग देखिन्छ,' नेपाल खगोल समाज(नासो)का अध्यक्ष सुरेश भट्टराईले भने, 'इस्वी सम्वतको पहिलो उल्का वर्षा हो ।' प्रतिघण्टा ५० भन्दा बढी तारा खसेको देखियो भने त्यसलाई उल्का वर्षा भन्ने गरिन्छ ।
पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई हामी उल्का वर्षा भन्दछौं । उल्का वर्षालाई नेपाली जनजिब्रोमा 'तारा खसेको' वा 'तारा पोइल गएको' पनि भनिन्छ ।