काठमाडौं- भूकम्प मापन केन्द्रले भारतको मणिपुरमा सोमबार बिहान गएको भूकम्प र नेपालमा गइरहेका साना भूकम्पबीच कुनै सम्बन्ध नभएको बताएको छ। मणिपुर भूकम्पको टेक्टोनिक जोन एउटै भए पनि शक्ति सञ्चय र भूकम्प जाने प्रक्रिया फरक भएको केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्प गएको स्थान युरोएसियन र इन्डियन प्लेटो अन्तर्गतकै टेक्टोनिक जोनमा पर्छ।
'बर्मादेखि अफगानिस्तानबीचको २४ सय किलोमिटर हिमालय शृंखला भूकम्पका लागि सधैं जोखिम क्षेत्र मानिन्छ,' उनले भने, 'यी सबै क्षेत्र भूकम्पका दृष्टिले त्यत्तिकै जोखिम मानिन्छन्। यी क्षेत्रमा बारम्बार सानाठूला भूकम्प गइरहेका छन्।'
अधिकारीले प्लेटो तिनै भए पनि शक्ति सञ्चय भएर भूकम्प जाने तरिका भने बेग्लै भएको बताए। 'नेपालमा इन्डियन प्लेटोले युरोएसियनलाई तलबाट ठेल्छ र शक्ति सञ्चय हुन्छ। भूकम्प त्यही शक्ति निस्केपछि भूकम्प जान्छ। त्यसले उत्तरको भाग तल र दक्षिणको भाग माथि उठ्छ। बर्मामा जाँदा पनि इन्डियनले ठेल्छ र युरोएसियन पनि ठेल्दा त्यो ठाउँमा गाँठो पर्छ। ठेलेको ठाउँको पूर्वको भाग दक्षिण पश्चिमतर्फ धकेलिन्छ र शक्ति सञ्चय हुन्छ। त्यही शक्ति बाहिर निस्किएर भूकम्प जान्छ,' उनले भने।
अधिकारीका अनुसार आसाम र बर्मा क्षेत्रमा ९ सय वर्षयता ठूलो भूकम्प गएको छैन। 'त्यो क्षेत्रमा महाभूकम्प (८ म्याग्निच्युडभन्दा माथिको) गएको छैन। त्यसैले त्यो क्षेत्र अझै जोखिममा छ,' उनले भने।
अधिकारीका अनुसार त्यसो त नेपालको गोरखादेखि पश्चिम र भारतको देहरादुनदेखि पूर्वमा पा"च सय वर्षयता ठूलो भूकम्प गएको छैन। जबकि यस क्षेत्रमा पनि धेरै शक्ति सञ्चयको अनुमान गरिएको छ। 'सन् १५०५ मा पश्चिम नेपालको बझाङमा ८.५ रिक्टर स्केलको भूकम्प गएको थियो। त्यसयता महाभूकम्प गएको छैन,' उनले भने। २०३७ सालमा बझाङ ७.३ रिक्टर स्केलको भूकम्प गएको थियो। अन्तर्राष्ट्रिय वैज्ञानिकहरुले यस क्षेत्र भूकम्पका दृष्टिले जोखिमपूर्ण रहेको जनाउँदै आएका छन्।
प्राविधिक भाषामा ६ देखि ७ म्याग्निच्युडलाई शक्तिशाली, ७ देखि ८ लाई ठूलो भूकम्प र आठ माथिकोलाई महाभूकम्प र ५ देखि ६ लाई मध्यम खालको भूकम्प भनिन्छ।
काठमाडौंबाट करिब सात सय किलोमिटर दुरीमा भारतको मणिपुर राज्यको राजधानी इम्फालको २९ किलोमिटर उत्तरपश्चिममा सोमबार बिहान ४ः५० बजे ६.८ म्याग्निच्युडको भूकम्प गएको हो। 'यो नियमित भूकम्प जाने क्षेत्रमा पर्छ,' केन्द्रका अर्का भूकम्पविद मुकुन्द भट्टराईले भने, 'यसअघि पनि यस क्षेत्रमा ठूलासाना भूकम्प गइरहेका छन्।'
उनका अनुसार सन् १९५० र १८९७ मा भारतको आसाममा ठूला भूकम्प गएका थिए। यी भूकम्प ८ म्याग्निच्युडभन्दा ठूला रहेको अनुमान गरिन्छ। यिनले नेपालमा समेत प्रभाव पारेका थिए।
विदेशी सञ्चार माध्यमले सोमबार सा"झसम्म भूकम्पबाट मर्नेको संख्या ९ पुगेको जनाएका छन्। यीमध्ये छ जना भारतमा र तीन जना बंगलादेशमा मरेका छन्। भौतिक पूर्वाधारमा क्षतिसमेत पुगेको छ। सोमबारको भूकम्पको झट्का नेपालका पूर्वी र मध्यका जिल्लाहरुमा समेत महसुस भएको थियो।
गत वैशाख १२ गते गोरखाको बारपाकमा ७.८ रिक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि वैशाख २९ गते ६.८ रिक्टर स्केलको भूकम्प दोलखामा गएको थियो। यी दुई ठूला भूकम्पले नेपालमा मर्नेको संख्या करिब ९ हजार पुगेको थियो। झन्डै ९ लाख घर भत्किएका थिए।
'अहिले पनि चार रिक्टर स्केलभन्दा माथि र तीभन्दा साना झट्का दैनिक ५० हाराहारीमा महसुस भइरहेको छ,' भट्टराईले भने। सोमबार सा"झ ६ः४७ मा दोलखामा गएको ४.१ रिक्टर स्केलको भूकम्पसहित वैशाख १२ यता चारभन्दा माथिका ४२३ वटा भूकम्प गएको केन्द्रले जनाएको छ।
त्यसो त वैशाख १२ यता टेक्टोनिक जोन (युरोएसियन र इन्डियन प्लेटोको मिलन विन्दु) मै पर्ने ताजिकस्तान, कास्मिर, पाकिस्तानमा पनि ठूला भूकम्प गएका छन्। २०१५ अक्टोबर २६, ८ अक्टोबर र ७ डिसेम्बरमा पाकिस्तान, कास्मिर र ताजिकस्तानमा ठूला भूकम्प गएका थिए। यसमा परेर सयौंले ज्यान गुमाएका छन्।
'अहिले हाम्रो टेक्टोनिक जोन नै तरंगित भइरहेको छ। सबैतिर सानाठूला भूकम्प गइरहेका छन्,' भट्टराईले भने। उनका अनुसार नेपाली भूभाग पनि तरंगित छ। साना अनुकम्पनहरु आइरहेका छन्।