धरहरा कहिले बन्छ?
२३ पौष २०७२
•
६ मिनेट पाठ
धरहरा कहिले बन्छ?
काठमाडौं- भूकम्पले ढलाएको धरहरा पुनर्निर्माण कहिले हुने अहिलेसम्म टुंगो लाग्न सकेको छैन। व्यवस्थापनको जिम्मा सार्वजनिक निजी साझेदारीअनुसार गरिरहेको एक निजी कम्पनीले बनाउने दायित्व हुँदासमेत पुनर्निर्माणको तयारी हुन नसकेको हो।

धरहरा ढल्दा मृत्यु भएकालाई क्षतिपूर्ति दिनसमेत आनाकानी गरिरहेको अवस्थामा पुनर्निर्माणको चरणमा लग्नसमेत सकेको छैन। ११ वर्षदेखि काठमाडौं महानगरपालिकासँग सम्झौता गरेर २० वर्षका लागि व्यवस्थापन जिम्मा लिएको साइडवाकर्स ट्रेडर्स प्रालिले पनि बनाउन आँट भने गरेको छैन। महानगरपालिकालाई पुनर्निर्माण गर्न अनुमति मागे पनि उसले कामको योजनाबारे भने खुलाएकै थिएन।

'कम्पनीले बनाउँछु भन्दै आएको छ तर कसरी बनाउन दिने महानगरले टुंगो लगाउन पाएको छैन,' महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भने, 'अन्य केही कम्पनीहरुले पनि बनाउँछु भन्दै आएका छन् तर सम्पदा कसरी त्यसै बनाउन दिने?'

'धरहराको निर्माण कसरी गर्ने' भन्ने कुरा नै टुंगो लाइनसकेका बेला निर्माणमा जिम्मा लगाउन नसकिएको उनले बताए। 'हामीले धरहराको निर्माणका लागि त्यसको ड्रइङ/डिजाइन बनाइदिन पुरातत्व विभागलाई अनुरोध गरिसकेका छौं,' उनले भने, 'कम्पनीले पुनर्निर्माणका लागि अनुमति मागेको छ। त्यसमा सहमति दिन आग्रह गरेका थियौं तर आएन।'

यसअघि मंसिर २३ गते महानगरपालिकाले विभागसँग पुनर्निर्माण गर्न ड्रइङ र डिजाइन मागिसकेको थियो। विभागले पुस १९ गते महानगरपालिसँग निजी कम्पनीको सम्झौता, धरहराको डिजाइन, लागत इस्टिमेट लगायतको जानकारी मागेको छ।

'ऐतिहासिक धरोहर पुनर्निर्माण गर्न एउटा संस्थाले मात्र के गर्न सक्छ?,' तामाङले भने, 'त्यसैले यो राष्ट्रको सम्पति भएपछि विशेष चासो राखिनुपर्छ।' पुरातत्व विभागले निर्माणका लागि अनुमति दियो भने मात्र काम केही अगाडि बढ्न सक्ने महानगरको आश छ।

देशभरमा भूकम्पले क्षति गररेका सम्पदाहरुको पुनर्निर्माण तथा मर्मतसंभारका लागि चालू आर्थिक वर्षमा करिब ७८ करोड रुपैयाँ बजेट सरकारसँग निकासाका लागि मागिरहेको विभागले धरहरा कहिले निर्माण गर्ने भन्नेबारे टुंगो लगाएको छैन। विभागका महानिर्देशक भेषनारायण दाहालले १ सय १५ वटा कार्यक्रमका लागि उक्त रकम निकासाको माग भइरहेको नागरिकलाई जानकारी दिए।

'अहिले हामी विश्व सम्पदा क्षेत्रका सम्पदाहरुको पुनर्निर्माणको काममा लागिरहेका छौं,' उनले भने, 'यो सकिएलगत्तै फागुन महिनातिर धरहरालगायत अन्य क्षेत्रको छलफलमा लाग्नेछौं।'

विभागले धरहरा निर्माण गर्न महानगरपालिकालाई स्वीकृति दिए मात्रै काम हुने भए पनि पुनर्निर्माण गर्ने कि नगर्ने भन्नेबारे टुंगो नभएको उनले जानकारी दिए। 'धरहरा भएको ठाउँमै पुनर्निर्माण गर्ने वा नगर्ने भन्ने कुराहरु पनि चलिरहेका छन्,' उनले भने, 'तर यसबारेमा टुंगो लाग्न बाँकी छ।'

क्षतिपूर्ति दिनका लागि आनाकानी गरिरहेको साइडवाकर्सले भने पुनर्निर्माण गर्न तयार रहेको बताएको छ। कम्पनीका अध्यक्ष सिद्ध गुरुङले महानगरपालिकासँगको सम्झौतामा क्षतिपूर्ति दिनुपर्ने भन्ने उल्लेख नभएकाले दिन नपर्ने बताए तर भत्किएमा बनाउनुपर्ने भएकाले कम्पनी तयार रहेको उनले बताए।

'धरहरा ठूलो राष्ट्रिय महत्वको संरचना हो,' उनले भने, 'यसबारेमा राज्य तहबाट पनि केही हुनुपर्छ।'

वैशाख १२ गतेको भूकम्पलाई थेग्न नसकेर ढलेको धरहराले करिब ५० जनाको ज्यान लियो भने कतिपयलाई घाइते बनाएको थियो। मानवीय जोखिम न्यूनीकरणका लागि एक पटकमा १५ जनाभन्दा बढी धरहरा चढाउन नपाइने व्यवस्था भए पनि सोभन्दा बढी संख्यामा चढेको प्रत्यक्षदर्शीहरुकै भनाइ थियो।

धरहराले ज्यान लिनेलाईसमेत क्षतिपूर्ति दिन आनाकानी भइरहँदा महानगरपालिकाले केही गर्न सकेको छैन।

२० वर्षका लागि धरहरा व्यवस्थापनको जिम्मा लिएको सो कम्पनीले पहिलोपटक २०६१ सालमा सम्झौता गरेको थियो। त्यसपछि विभिन्न पूरक सम्झौतापछि पनि साइडवाकर्सले सम्झौताअनुसारको काम गर्न सकेको छैन।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस