धुन्चे (रसुवा)-एक्कासि मौसममा आएको परिवर्तनसँगै हिमाली क्षेत्रमा गए रातिदेखि हिमपात भएको छ।हिमपातपछि सो क्षेत्रको जनजीवन कष्टकर भएको छ । विशेष गरी लाङटाङ क्षेत्रका बासिन्दाको जनजीवन बढी कष्टकर भएको बताइएको छ । भूकम्पबाट ठूलो क्षति पुगेको लाङटाङमा स्थानीयवासीले जस्ताको टहरो समेत बनाउन भ्याएका छैनन् ।
त्यस्तै चन्दनबारी, ठूलो स्याफ्रु, थुमन, नाकथली, तातोपानी, सिम्बु र गत्लाङ क्षेत्रमा पनि हिमपात भएको छ । समुद्री सतहदेखि करिब दुई हजार ३०० मिभन्दा माथिका क्षेत्रमा हिमपात हुँदा चौपायासमेत कठ्याङ्ग्रिएको नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताए। रासस