काठमाडौं- भूकम्पको आठ महिनापछि सरकारले पूर्व तयारीबिना भत्केका भौतिक संरचनाको पुनर्निमार्ण सुरु गर्न लागेको छ। काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरबाट पुनर्निमार्ण थाल्ने तयारी गरे पनि सरकारले त्यसको लागतसमेत टुंगो लगाएको छैन।
तर, सरकारले भूकम्प सुरक्षा दिवसको अवसर पारेर माघ २ गते पुनर्निमार्णको सुरुआतको तयारी गरिसकेको छ। समयमा राहत नपाउँदा भूकम्प प्रभावितहरु शीत चुहिने टहरोभित्र रात काटिराखेका बेला सरकारले सुरु गर्न लागेको पुनर्निमार्णको काम पनि औपचारिकतामा सीमित हुने देखिन्छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मध्याह्न ११ः५६ बजे रत्नपार्कस्थित शान्तिवाटिमा रानीपोखरी पुनर्निर्माण शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ। तर, भूकम्पले ढल्ने अवस्थामा रहेको रानीपोखरीको बालगोपालेश्वर मन्दिर बनाउन अहिलेसम्म लागत इस्टमेट र टेन्डरको कुनै काम भएको छैन।
'राष्ट्रपतिले शिलान्यास गर्ने कुरा आएको छ,' महानगरपालिका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भने, 'टेन्डरमा गइसकेका छैनौं, तयारीमा छौं।'
महानगरपालिका स्रोतका अनुसार ड्रइङ र डिजाइनमात्रै तयार भएको अवस्थामा यस्तो तयारी गरिएको हो। 'ठेकेदारले काम गर्ने दिन निश्चित भएकै छैन,' स्रोत भन्छ, 'उद्घाटन मात्र गर्न थियो भने भूकम्प गएको एक महिनामै गर्दा हुन्थ्यो।'
निर्माण क्रममा प्रयोग हुने सामान र लगानी रकमको इस्टमेट भइनसकेको भन्दै स्रोतले भन्यो, 'भूकम्पपछि उक्त मन्दिर पुग्ने बाटो र मन्दिरको जगको राम्रोसँग अध्ययन पनि भएको छैन। बाहिरी क्षतिका आधारमा मात्र ड्रइङ/डिजाइनिङ भयो। यो हतारहतारको काम हो।'
अहिलेकै अवस्थामा टेन्डर भए पनि प्रक्रिया अनुसार ठेकेदार छनोट गर्न डेढ महिना र उसले काम थाल्न थप डेढ महिना लाग्नेछ। पुरातत्व विभागले ड्रइङ र डिजाइन स्वीकृत गरिसकेको छ। विभागको स्वीकृतिमा महानगरपालिकाको लगानीमा पुनर्निर्माण गर्ने योजना छ।
'यससम्बन्धी मलाई थाहा भएन,' महानगरको रत्नपार्क तथा रानीपोखरी इकाई प्रमुख हरिशरण केसीले भने, 'इकाइमा जानकारी छैन।' उनका अनुसार पोखरीबीचको बालगोपालेश्वर मन्दिरका दुई ढोका निस्किएका छन् भने दुई ढोका बांगिएका छन्। मन्दिरलाई फलामको टेका लगाएर राखिएको उनले जानकारी दिए।
सरकारले पुनर्निर्माणको काम काष्ठमण्डपबाट थाल्ने योजना बनाएको थियो। त्यहाँको ड्रइङ र डिजाइन नै तयार हुन नसकेपछि रानीपोखरी छानिएको हो।
पुरातत्व विभाग अधिकारीका अनुसार महानगरपालिकाले बनाउनका लागि अनुमति मागेपछि पुरातात्विक सम्पदामा चोट नपुग्ने गरी पुनर्निर्माण गर्न अनुमति दिएको बताए। महानगरपालिकाले क्षति भएको सम्पदाको पुनर्निर्माण र सौन्दर्यकरण गर्ने योजनाअनुसार कार्यक्रम विभागले स्वीकृत गरिसकेको छ।
प्राधिकरणका प्रमुख तथा कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने १९९० मा भूकम्प आएको दिनका अवसरमा रानीपोखरी पुनर्निर्माण शुभारम्भपछि अभियान थालिने जानकारी शुक्रबार नै दिएका थिए। यस्तो अवस्थामा यसको पुनर्निर्माणको काम कसरी सुरु हुन्छ भन्नेमा शंका उत्पन्न भएको छ।
रानीपोखरीस्थित उक्त मन्दिर पुनर्निर्माणको औपचारिक सुरुआतसँगै राष्ट्रपति भण्डारीले राष्ट्रिय पुनर्निर्माण अभियान थालनीको घोषणा गर्नेछिन्। राष्ट्रपतिको घोषणापछि पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित सबै जिल्लामा काम थाल्ने बताइएको छ। वैशाख १२ र २९ को विनाशकारी भूकम्पले ६ लाखभन्दा बढी घर पूर्ण रुपमा क्षति भएका थिए।